२० आश्विन २०८१ आइतबार
image/svg+xml

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको छ।

सन्दीपको मुद्दा पेशी आज

क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज आईतबारलाई तोकिएको छ।तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू आशावादी छैनन्।

विदामा बस्ने जाेशीकाे निर्णय, ओमप्रकाश मिश्रले पेशी तोक्ने

संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम अस्वीकृत गरेपछि वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्ने भएका छन्।

आइजिपीविरुद्धको मानहानि रिटको पेशी सर्‍यो

सर्वोच्च अदालतको बाध्यात्मक आदेश कार्यान्वयन नगरेको भन्दै प्रहरी महानिरीक्षक प्रकाश अर्यालविरुद्ध दर्ता भएको मानहानि रिटको पेशी बुधबार सरेको छ। प्रधान न्यायाधीश गोपाल पराजुलीले पेशी सारेर शुक्रबारका लागि तोकेका हुन्।

ललितपुरका पराजित एमाले उम्मेदवारको मुद्दा पेशी अाज

स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बनेका हरिकृष्ण ब्यञ्जनकारले पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।

सर्वोच्चले तोक्यो कार्कीको पेशी, बारले चाहेको थियो स्थगन

योग्यता पूरा नगरी लोकमान सिंह कार्की संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा नियुक्त भएकोविरुद्ध जाहेर रिट निवेदनमाथि सर्वोच्च अदालतले बहसका लागि आज बिहीबार पेशी तोकेको छ।

कृष्ण अधिकारी हत्या प्रकरण: दोस्रो पेशी पनि सर्‍यो

चितवन जिल्ला अदालतमा दर्ता भएको बहुचर्चित गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धि मुद्दाको आइतबार हुने सम्भावित फैसला पनि टरेको छ। जिल्ला न्यायाधीश विदामा बसेपछि आउँदो पुस २५ गतेका लागि सो मुद्दाको नयाँ पेशी तय भएको छ।

कृष्ण अधिकारी हत्या प्रकरण: फेरि पेशी सर्‍यो

जिल्ला अदालतका न्यायाधीश अनुपस्थित हुँदा मंगलबार फैसला हुने सम्भावना रहेको गोरखा फुजेलका कृष्ण अधिकारी हत्या सम्बन्धि चर्चित मुद्दाको फैसलाको दिन फेरि लम्बिएको छ। सो मुद्दाको नयाँ पेशी मंसिर १२ लाई तय भएको छ। असोज ११ मा भएको सो आदेश अनुसार कात्तिक पाँच गते पक्ष विपक्षका कानुन व्यवसायीले अदालतमा लिखित बहस नोट पेश गरेका थिए। लिखित बहस नोट पेश भएपछि अदालतले मंगलबारलाई मुद्दाको पेशी तोकेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्