९ मंसिर २०८१ आइतबार
image/svg+xml

छठका लागि भूवनेश्वरी मन्दिरमा सरसफाइ

करिब डेढ दशकदेखि यस मन्दिर क्षेत्रमा छठ पर्वका दिन व्रतालुले पूजा गर्ने तथा नदीबाट सूर्यलाई अघ्र्य चढाउने गर्दै आएका छन्।

नेपाल पूर्वाधार सम्मेलन बिहीबारदेखि

सम्मेलनले नवीन वित्तीय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, निजी क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रूपान्तरणलगायतका विषयमा नीतिगत सुधारको अवधारणालाई पुनर्जीवित गर्ने अपेक्षा राखिएको छ।

खानेपानी तथा सरसफाइ विधेयक,२०७७ संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सांसदहरुले उठाएका जिज्ञासामा मन्त्री चौधरीले नागरिकको मौलिक हकका रुपमा रहेको स्वच्छ खानेपानी पाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि यस विधेयकमा प्रबन्ध गरिएको बताए।

रेस्टुरेन्टमा बास ठेला र घुम्ती पसलमा भोजन

नेपालगन्ज घुम्न आउनेहरू रेस्टुरेन्टमा बास बसे पनि खानका लागि सडकछेउमा ठेला र घुम्ती पसलमै पुग्छन्।

राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन प्रशासन कार्यालयको आग्रह

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले दीपावली, सरसफाइ र राष्ट्रिय झण्डा फहराउने सहितका कार्य गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन आग्रह गरेको छ।

सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाइ

बाँकेको नरैनापुरमा रहेको उक्त मन्दिर दर्शन गर्न जाने धार्मिक पर्यटकको संख्या पछिल्लो समयमा एक्कासी बढेको छ। नेपालगन्जबाट पुर्वी–दक्षिणमा पर्ने उक्त मन्दिर पहाडको चुचुरोमा अवस्थित छ।

१८ महिनामा सक्नुपर्ने योजना दुई वर्षमा पनि पूरा भएन

१८ महिनाभित्र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल बजार तथा आसपासका वडामा खानेपानी वितरण गर्ने लक्ष्यसाथ २०७५ साल चैत १४ गते सुरु गरिएको योजनाको काम हालसम्म ९० प्रतिशत सकिएको छ।

बिरुवा रोप्ने मात्र नभई संरक्षणमा ध्यान दिन आग्रह

नेपाल स्काउटको ७०औँ स्थापना दिवसका अवसरमा प्रदेश तदर्थ समितिले आज बुटवल उपमहानगरपालिका–१३ स्थित पाणिनि उद्यानमा आयोजना गरेको वृक्षरोपण तथा सरसफाइ कार्यक्रममा उनले बिरुवा रोप्ने मात्रै नभई संरक्षणमा ध्यान दिन आग्रह गरिन्।

निषेधाज्ञामा रोकिएन सडक सरसफाइ

पहिलो लहरको सुरु हुँदा मास्ककै भरमा असुरक्षित सडक सफाइ गरेका उनले लामो समयसम्म त्यति जोखिम मोलेर काम गर्नु परेन। उनीसहित यहाँका सडक सफाइ कर्मचारीले कोरोनाका कारण विश्व नै आक्रान्त बनेका बेला स्वास्थ्य सुरक्षाका सामग्री सहयोग पाए। अहिले उनी मात्र होइन, यहाँका सबै सडक सफाइ कर्मचारी सुरक्षाका उपाय अवलम्बन गर्दै काम गरिरहेका छन्।

खानेपानीमन्त्री थापालाई काेराेना सङ्क्रमण

खानेपानी तथा सरसफाइमन्त्री मणिचन्द्र थापालाई कोभिड–१९ को सङ्क्रमण भएको छ। उनको पिसिआर परीक्षणमा क्रममा आज बिहान सङ्क्रमण पुष्टि भएको उनका स्वकीय सचिव राजेन्द्र गौतमले जानकारी दिए।

विष्णुमती नदी सरसफाइ अभियान

संघीय सांसद जीवनराम श्रेष्ठको पहलमा बुधबार बिहान ७ बजेदेखि ९ बजेसम्म शोभा भगवती मन्दिरपरिसरबाट विष्णुमति नदी सरसफाइ गरी सो अभियान सुरु गरिएको हो। विष्णुमतिवरिपरिको वातावरणलाई स्वच्छ राख्न सरसफाइ अभियान सञ्चालन गरिएको सांसद श्रेष्ठले बताए।

सरसफाइ राम्राे भएका भन्दा नभएका क्षेत्रमा कोरोनाबाट मृत्यु कम !

भारतका वैज्ञानिकले संक्रमण सम्बन्धमा गरेकाे एक अनुसन्धानले आश्चर्यजनक तथ्य पत्ता लगाएकाे छ।

साढे १२ अर्ब खर्च भयो, वाग्मतीको रुप उस्तै

बाग्मती नदी सरसफाइ र सौन्दर्यीकरणको लागि १२ अर्बभन्दा धेरै खर्च भएको छ। सरकारले बाग्मतीलाई स्वच्छ र हराभरा बनाउन अर्बाैं रुपैयाँ खर्च गरे पनि अहिलेसम्म यसको स्वरुपमा परिर्वतन आएको छैन। महालेखापरीक्षकको कार्यमूलक लेखापरीक्षण प्रतिवेदनले बाग्मती सरसफाइ र सौन्दर्यीकरणमासरकार र दातृ निकायबाट आर्थिक वर्ष ०७५/७६ सम्म १२ अर्ब ४७ करोड ८७ लाख रुपैयाँ खर्च भइसकेको जनाएको छ।

कोभिड–१९ मा सफाइकर्मीलाई आपराधिक उपेक्षा

कोरोना भाइरस (कोभिड–१९) चीनको वुहानबाट सुरु भएर संसारको २०९ देश र क्षेत्रमा फैलिसकेको छ। कोभिड–१९ मा डाक्टर, नर्स, सुरक्षाकर्मी, मिडियाकर्मीको साथ–साथै सफाइकर्मी आफ्नो जीवनलाई जोखिममा राखेर अग्रभागमा डटेर काम गरिरहेका छन्। एकातीर अस्पतालमा डाक्टर, नर्स र बाँकी कर्मचारीलेकोरोना बिरामीलाई उपचार गरिहेका छन् अर्कोतीर सफाइकर्मी देशभर सफाइ गरेर कोरोना फैलिनबाट रोक्दैछन्।

हाम्रा 'हावि'जावीले बुझुपर्ने कोरोना

गोरा, चिल्ला, सधैं कपाल चिन्डे स्वरूपमै प्रस्तुत हुने हावी मन्डेल हलिवूडका यस्ता हस्ती हुन् जसलाई सरसफाइप्रति सामान्यभन्दा कति हो कति अत्यधिक मात्रामा सजग रहने 'सिक्सिके' प्राणीका रुपमा हेरिन्छ। डील अर नो डील, अमेरिका गट ट्यालेन्ट जस्ता विश्वप्रसिद्ध टेलिभिजन सोहरुका प्रस्तोता, जज रहेका हावीले यो पगरि पाउनुको विशेष कारणहरु छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्