२३ भाद्र २०८१ आइतबार
image/svg+xml

पोखराको लामाचौरमा भलिवल, साविक विजेता गण्डकी सोझो सेटमै पराजित

साविक विजेता गण्डकी प्रदेश भलिबल टिम लामाचौर कप भलिवल प्रतियोगिमा सोझो सेटमै पराजित भएको छ। चिरपरिचित प्रतिद्वन्द्वी विभागीय नेपाल पुलिस क्लबसँग मंगलबार पुरुषतर्फ प्रतिस्पर्धामा उत्रिएको घरेलु टिम सोझो सेटमै पराजित भएको हो।

गण्डकीमा डेंगी संक्रमण तिब्र

गण्डकी प्रदेशका विभिन्न जिल्लामा पछिल्लो समय डेंगी संक्रमणले तिब्रता पाएको छ। यो वर्ष (२०२४) को अगष्ट महिनामा प्रदेशमा सबैभन्दा बढी संक्रमित भएका छन्। प्रदेशमा सबैगरि ३५ सय ७८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।

पोखरा आउने पर्यटकको तथ्याङ्क राखिने

पोखरामा भित्रिने विदेशी पर्यटकको आधिकारिक तथ्यांक कतै छैन। व्यावसायीले पोखरामा कति पर्यटक आउँछन भनेर यकिन भन्न नसकिने बताइरहेकै हुन्छन। पोखरा महानगरका मेयर धनराज आचार्यले अब पोखरामा आउने पर्यटकको तथ्यांक राख्न सुरु गरिने आश्वासन दिएका छन्।

गण्डकीमा डेंगी संक्रमणः तीनसातामा तीनजनाको ज्यान गयो

तीनसाता अवधिमा डेंगी संक्रमणबाट गण्डकी प्रदेशमा तीनजनाको ज्यान गएको छ। ज्यान गुमाउने मध्ये दुईजना तनहुँ र एकजना कास्कीका बासिन्दा छन्। गण्डकीका विभिन्न जिल्लामा पछिल्लो समय डेंगी संक्रमण ह्वात्तै बढेको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ। पोहोर डेंगीबाट तनहुँमा पाँच र स्याङजामा दुइ गरि ७ जनाले ज्यान गुमाएका थिए।

गण्डकी प्रदेशमा डेंगीः मुस्ताङ बाहेक सबै जिल्लामा संक्रमित

गण्डकी प्रदेशमा डेंगी संक्रमणले तिब्र गति लिएको छ। प्रदेशका ११ मध्ये हिमाली जिल्ला मुस्ताङ बाहेक सबै जिल्लामा डेंगी संक्रमण फैलिएको प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बताएको छ। तनहुँ र कास्कीमा संक्रमण झनै तिब्र रहेको मन्त्रालयको भनाई छ। एडिस जातको लामखुट्टेको टोकाइबाट डेंगी सर्ने गर्छ।

गञ्जिमै मन्त्रालय गएपछि मन्त्री मनाङे फेरी विवादमा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री राजिव गुरुङ (दीपक मनाङे) फेरी विवादमा तानिएका छन्। कहिले खेलकुदका पदाधिकारीलाई लात्तले हानेर त कहिले मन्त्रालयकै कर्मचारी कुटेर बारम्बार विवादमा आइरहने मन्त्री मनाङे अहिले फेरी भित्री बस्त्र (गञ्जी) मात्रै लगाएर मन्त्रालय गएपछि पुनः विवादमा तानिएका हुन्।

गण्डकी प्रदेशः पर्यटकको दैनिक खर्च ५४ देखि ८९ डलर

गण्डकी प्रदेश भित्रिने विदेशी पर्यटकले गर्ने दैनिक खर्च भने समग्र मुलुकको तुलनामा बढी छ। गण्डकी प्रदेश भ्रमण गर्ने विदेशी पर्यटकको बसाई तथा खर्चको प्रवृत्तिबारे विशेष अध्ययन गरेको राष्ट्र बैंकको पोखरा कार्यालयको अनुसन्धान इकाइले गण्डकी प्रदेशमा भित्रिएका विदेशी पर्यटकले दैनिक औसतमा ५४ देखि ८९ अमेरिकी डलरसम्म खर्च गर्ने गरेको उल्लेख गरेको छ।

गण्डकीमा हालसम्म ८४ प्रतिशत धान रोपाई

गण्डकी प्रदेशमा साउनको पहिलो सातासम्म करिब ८४ प्रतिशत धान रोपाई सकिएको छ। गण्डकी प्रदेशमा साउन ६ गतेसम्ममा ८४.२६ प्रतिशत मात्र धान रोपाई सकिएको कृषि विकास निर्देशनालय गण्डकीले जनाएको छ।

गण्डकीको आयोजना अवधारणा पत्र सार्वजनिक

गण्डकी प्रदेशको आयोजना अवधारणापत्र सार्वजनिक गरिएको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयार गरेको आयोजना अवधारणा पत्र विहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सार्वजनिक गरेका हुन्।

गण्डकी सरकारः कांग्रेस–एमालेको समीकरण बन्नै सकस

दुई ठूला प्रतिष्पर्धी दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर संघीय सरकार बन्यो। समीकरण बन्दा सातै प्रदेशमा कांग्रेस–एमाले सम्मिलित सरकार बनाउने सहमति छ। तर गण्डकीमा भने दलहरुबीच भएको सहमति अनुसार कांग्रेस–एमाले सम्मिलित सरकार बनाउन सकस भएको छ।

गण्डकीमा मनसुनको मारः १५ दिनमा ३९ जनाको ज्यान गयो

पछिल्लो १५ दिनमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परेर ३९ जनाको ज्यान गएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी मानवीय क्षति कास्कीमा भएको छ। प्रदेशभित्रका गोरखा तथा हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक प्रदेशका अरु सबै जिल्लामा बाढीपहिरोले मानवीय क्षति भएको प्रहरीले बताएको छ। कास्कीका ११ जनाको विहीबार रातीको अविरल वर्षापछिको पहिरोले घर पुरिँदा ज्यान गएको थियो।

गण्डकीमा मनसुन कहर: चार दिनमा ११ जनाले ज्यान गुमाए

अविरल वर्षापछिको शुक्रबार राती आएको पहिरोले घर पुरिँदा पुरिएर स्याङजा र बागलुङमा गरि चारजनाको ज्यान गएको छ। मृतक मध्ये एकजना बालिका, दुइजना महिला र एकजना पुरुष रहेको प्रहरीले बताएको छ। गण्डकी प्रदेश प्रहरीका कार्यालयका अनुसार बाढी पहिरोमा परेर गण्डकी प्रदेशमा चारदिन अवधिमा ११ जनाको ज्यान गएको छ।

गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जालाई

घरेलु टोली कास्कीलाई ६ विकेटले पराजित गर्दै गण्डकी प्रदेश पुरुष टि–२० क्रिकेटको उपाधि स्याङ्जाले हात पारेको छ। उपाधिसंगै स्याङजाले नगद १ लाख र उपविजेता कास्कीले नगद ५० हजार रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्।

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङजा र कास्की भिड्ने

गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेटको फाइनलमा स्याङ्जाले स्थान पक्का गरेको छ। स्याङ्जा समुह ‘बी’ को खेलमा अपराजित रहँदै ६ अंक बटुलेर फाइनलमा स्थान पक्का गरेको हो। बिहिबार हुने फाइनलमा स्याङजाले घरेलु टोली कास्कीको सामना गर्नेछ। कास्कीले यसअघि नै समुह ‘ए’बाट फाइनलमा स्थान पक्का गरिसकेको थियो।

गण्डकी प्रदेशः ४५ प्रतिशत बजेट खर्च

गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको ११ महिनामा ४५ प्रतिशत मात्रै खर्च भएको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ अन्तर्गत गत साउनदेखि असार मसान्त सम्ममा ४५.४८ प्रतिशत मात्र बजेट खर्च गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्