क्यानडाका लागि नेपाली राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर जलरल मेरी जे मे सिमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।
अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी सहयोग नियोग (युएसएआइडी) नेपालको सामाजिक आर्थिक विकासमा महत्वपूर्ण साझेदार भएको बताएका छन्।
भारत र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाउन तथा दुवै देशका जनताबीचको सहकार्य र साझेदारीलाई प्रवर्द्धन गर्दै उनीहरूलाई स्नेहको सूत्रमा जोड्ने विषयलाई उच्च प्राथमिकतामा राख्दै राजदूत शर्माले जनता–जनता, सभ्यता र धर्मको सम्बन्ध कहिल्यै पनि टुट्न नसक्ने, देशमा भिन्नता भए पनि जनतासँगको सम्बन्ध निरन्तर रहने बताउँदै नेपाल–भारत सम्बन्धलाई थप सुदृढ तुल्याउन दुवै देश लाग्नुपर्नेमा जोड दिए।
अमेरिकाका लागि नेपालका राजदूत डा.युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताएका छन्।
शनिबार न्यूयोर्कमा आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएन) राष्ट्रिय समन्वय समितिको दशौँ वार्षिक साधारणसभा तथा पदस्थापन समारोहमा राजदूत खतिवडाले अमेरिका र नेपालबीच राजनीतिक र कूटनीतिक तवरको भन्दा पनि नागरिकस्तरको सम्बन्धसमेत सुदृढ रहेको स्मरण गर्दै नेपाली मूलका अमेरिकी नागरिकलाई त्यसमा थप योगदान गर्न अपिल गरे।