ब्याट्सम्यान हाबी हुने कोहलीकोे दाबी
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले क्रिकेट समर्थकले आशा गरेअनुरूप नै इङ्ल्यान्ड र वेल्समा यसै महिना हुने विश्वकप क्रिकेटमा अत्यधिक रन बन्ने बताएका छन्।
भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले क्रिकेट समर्थकले आशा गरेअनुरूप नै इङ्ल्यान्ड र वेल्समा यसै महिना हुने विश्वकप क्रिकेटमा अत्यधिक रन बन्ने बताएका छन्।
क्रिकेट खेलको विकासका लागि रुपन्देहीमा क्रिकेट एकेडेमी बढ्न थालेका छन् गौतम बुद्ध इन्टरनेशनल क्रिकेट एकेडेमी सैनामैनाले रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ४ मा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट एकेडेमी निर्माण गर्ने भएको हो।
इङ्ल्यान्ड क्रिकेट टोलीका प्रमुख छनोटकर्ता एड स्मिथले मंगलबार तीव्र गतिका बलर जोफ्रा आर्चरलाई अद्भुत क्षमताकै कारण इङ्ल्यान्डको विश्वकप टोलीमा समावेश गरिएको बताएका छन्।
विश्वकप नजिकिदै गर्दा पाकिस्तानकोे राष्ट्रिय क्रिकेट टोलीमा फेरबदल भएको छ।
निर्धारित मितिभन्दा २ दिनपछि सुरु हुन लागेको तेस्रो प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको खेलतालिका र प्रायोजक सार्वजनिक गरिएको छ।
सर्वोच्च अदालतले नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचित कमिटीका वरिष्ठ उपाध्यक्ष विनोद मैनालीले आफ्नो सदस्यता कायम गरिपाऊँ भन्दै दायर गरेको रिटमा विपक्षीको नाममा कारण देखाउ आदेश दिएको छ।
पहिलो खेलमा भारतसँग ६ विकेटले पराजित भएको नेपालले शुक्रबार पाकिस्तानसँग खेल्नेछ। उता नेपालमाथि ८ विकेटको जित निकालेको बंगलादेशको प्रतियोगितामा पहिलो जित हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेसनलको सहकार्यमा हुने तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता स्थगित भएको छ।
फाप्ला मैदानको जग्गाको स्वामित्व संघीय सरकारअन्तर्गत रहेको जिल्ला प्रशासन कार्यालय कैलालीको नाममा रहेकाले बजेट खर्च गर्न समस्या भएको सामाजिक मन्त्रालयले बताएको छ।
क्रिकेटमा नेपालले धेरै फड्को मारिसकेको छ। जिल्ला तहमा क्रिकेटको क्रेज बढ्दै गएको छ। त्यसको पछिल्लो उदाहरण नै क्रिकेट मैदानको धमाधम निर्माण हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान, जहाँ नेपालले विभिन्न डिभिजनका खेल, विश्व क्रिकेट लिग र एसिसीका विभिन्न प्रतियोगितामा सफलता चुमेको छ।
मनमोहन मेमोरियल अन्तर प्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश नं २ ले जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा प्रदेश २ ले सुदुरपश्चिम प्रदेशलाई ४ विकेटले पराजित गर्दै उपाधि जितेको हो। टस जितेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले ३० ओभरमा नौ विकेट गुमाउँदै १३३ रनको योगफल बनाएको थियो।
राजधानीमा जारी अन्तरप्रदेश यु–१६ क्रिकेट प्रतियोगिताको उपाधिका लागि प्रदेश–२ र सुदूरपश्चिम आमनेसामने हुने भएका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सोमबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूरपश्चिमले प्रदेश १ लाई ३० रनले पराजित गर्दै अर्को सेमिफाइनलको विजेता प्रदेश–२ सँगको भेट पक्का गरेको हो।
सुदूरपश्चिम र प्रदेश–२ राजधानीमा जारी यु–१६ अन्तरप्रदेश क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा तेस्रो प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता जेठको पहिलो साता हुने भएको छ।