३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

संसद् अवरुद्ध पार्ने प्रवृति राष्ट्रहीत नभई राष्ट्रघात हो: उपप्रधानमन्त्री निधि

उप प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले नेकपा एमालेलाई संसद् अवरुद्ध गरेर जनतालाई झुट र भ्रमको खेती नगर्न आग्रह गरे । संसद् अवरुद्ध गर्नु भनेको संसदीय, लोकतान्त्रिक र संवैधानिक तीनवटै प्रक्रिया अवरुद्ध पार्ने काम भएको छ, नेपाली काँग्रेस गुल्मीका पूर्वपार्टी सभापति चन्द्रबहादुर केसीका पिता स्वर्गीय ज्ञानबहादुर केसीको ११ औं दिनको पुन्यतिथिका स्मृतिमा गुल्मीको भाडगाउँमा आज आयोजित शोकसभामा उनले भने — “उक्त प्रवृतिले राष्ट्रहीत नभइ राष्ट्रघात गर्ने काम मात्र भएको छ ।”

सहमतिबाट गतिरोध अन्त्य हुन्छ: उपप्रधानमन्त्री महरा

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक सहमति र सहकार्यबाट विद्यमान गतिरोध अन्त्य गरेर अगाडि बढ्ने बताएका छन्।

पूर्व उपप्रधानमन्त्री केसी माइक्राे बसबाट खसे, केएमसी अस्पतालमा उपचार हुँदै

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन्।

सरकारको काम संविधान संशोधन र निर्वाचन: उपप्रधानमन्त्री निधि

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले वर्तमान सरकारको संविधान संशोधन र निर्वाचन गराउनु दुईवटा मुख्य काम भएकाले यसैमा लागिपरेको बताएका छन्।

यस्तो छ उपप्रधानमन्त्री महराको शुभकामना सन्देश

अहिले हामी संविधान कार्यान्वयनको दिशामा छौं, समयभित्रै निर्वाचन गराउनुपर्ने हाम्रो जिम्मेवारी छ भूकम्पपछिको पुनःनिर्माण तथा राहत हाम्रो अर्को मुख्य जिम्मेवारी भएकाले यसका लागि हामीबीचको एकता र सहकार्यले यी र यस्ता जिम्मेवारी पूरा गर्न प्रेरणा दिइरहने जारी विज्ञप्तिमा जनाइएको छ।

उपप्रधानमन्त्री निधिद्वारा बिजेपी अध्यक्ष तथा भारतीय पूर्व प्रधानमन्त्रीसँग भेटघाट

सरकारको विशेष दूतको रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सोमबार भारतका पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय कांग्रेसका नेता मनमोहन सिंह तथा सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह तथा महासचिव राम माधवसँग भेटवार्ता गरेका छन्।

पूर्व प्रधानमन्त्री सिंह र उपप्रधानमन्त्री निधिबीच भेटघाट

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत गएका उपप्रधानमन्त्री निधिले आज पूर्व प्रधानमन्त्री सिंहसँग उहाँकै निवासमा भेटवार्ता गरेका हुन्।

चीन भ्रमण फलदायी र सफल: उपप्रधानमन्त्री महरा

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चीन भ्रमण अन्यन्तै फलदायी र सफल भएको बताएका छन्।

भारतीय प्रधानमन्त्री मोदी र उपप्रधानमन्त्री निधिबीच भेट

प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन्। शनिबार मोदी-निधि भेट भएको हो।

उपप्रधानमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच भेट

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

उपप्रधानमन्त्री निधि भारत प्रस्थान

सरकारको विशेष दूतको रूपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत प्रस्थान गरेका छन्। पाँच दिने भारत भ्रमण सिलसिलामा त्यहाँ उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नेछन्।

उपप्रधानमन्त्री निधि आज भारत जाँदै

सरकारको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार भारत प्रस्थान गर्दैछन्। संविधान जारी भएपछि बिग्रेको नेपाल–भारत सम्बन्धलाई थप मजबुत पार्न, भारतीय राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिन र प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका एजेन्डा तय गर्न उनलाई विशेष दूतका रुपमा सरकारले भारत पठाएको हो।

प्रधानमन्त्रीकाे विषेशदूतका रूपमा उपप्रधानमन्त्री महरा चीन प्रस्थान

परिवर्तित राजनीतिक स्थिति तथा नयाँ सरकार गठन भएको सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयअनुसार उपप्रधानमन्त्री महरा राजनीतिक भेटघाटका लागि चीन प्रस्थान गरेका हुन्।

सम्बन्ध सुमधुर बनाउन छिमेकी देशको भ्रमणः उपप्रधानमन्त्री निधि

काठमाडौं– उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधिले निकट भविष्यमा हुने भारत र चीन भ्रमण दुई छिमेकी देशबीचको सम्बन्धलाई अझ सुमधुर गर्नका लागि केन्द्रित हुने बताएका छन् ।

दुई उपप्रधानमन्त्री भारत र चीन जाँदै

सरकारले दुई छिमेकीसँग सम्बन्ध सुमधुर बनाउने उद्देश्यले दुई उपप्रधानमन्त्री भारत र चीन पठाउने भएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले छिमेकीसँग सम्बन्ध सुधार र आपसी मित्रता कायम गर्न गृहमन्त्रीसमेत रहेका विमलेन्द्र निधिलाई भारत र अर्थमन्त्री कृष्णबहादुर महरालाई चीन पठाउन लागेको हो। उनीहरू आगामी भदौमा प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा ती देश जाँदै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्