कोरम नपुग्ने समस्याले नियम फेर्नुपर्ने अवस्था !
प्रतिनिधिसभाका समितिहरू कोरम नपुगेर बैठक बस्नै नसक्ने अवस्थामा पुगेको छ।
प्रतिनिधिसभाका समितिहरू कोरम नपुगेर बैठक बस्नै नसक्ने अवस्थामा पुगेको छ।
संसदीय सुनुवाइ समितिको बैठक बस्न कोरम नपुग्दा सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको सुनुवाइ आइतबार हुन सकेन।
युएनको प्रक्षेपणले गरिब अनि शिक्षा क्षेत्रमा पछि परेका नाइजेरिया, युगान्डाजस्ता विपन्न मुलुकको जनसंख्या भने यो शताब्दीको अन्त्यसम्म तीन गुणा बढ्ने भन्छ ।
शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले समितिमा अनिवार्य उपस्थितिका लागि सदस्यहरुलाई निर्देशन दिएकी छिन्। समितिका छलफल तथा बैठकहरुमा सदस्यहरु अनुपस्थित हुन थालेपछि सभापति घर्तीले सक्रिय सहभागीता जनाउन निर्देशन दिएकी हुन्।
संसदीय समितिमा विगत एक महिनादेखि कोरम नपुग्ने समस्या बढेर गएको छ। बैठक बोलाएपछि समितिका सदस्यलाई कुरेर नै घन्टौं समय बित्न थालेको छ। कानुन न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले त कोरम नपुग्ने भएका कारण समितिको पहिलो बैठकसमेत बोलाउन सकेका छैनन्।
सोमबारको संसद बैठकको कार्यसूचिमा देवानी संहिता विधेयक २०७१ माथिको छलफल तोकिएको थियो। पूर्व निर्धारित कार्यक्रमअनुसार संसदको दोस्रो बैठकमा सभामुख ओनसारी घर्तीले सो विधेयकमाथि छलफलमा भाग लिन सांसदहरुलाई समय दिइन्। एक दर्जनभन्दा बढी सांसदले तीन मिनेटको निर्धारित समयमा अा अाफ्नो मन्तव्य राखे।
स्थानीय निकाय निर्वाचन हुन २३ दिन बाँकी रहेको अवस्थामा बिहीबार बसेको संसद् बैठक कोरम नपुग्दा स्थगित भएको छ। एक सातापछि बसेको बैठकमा ९४ जना सांसद मात्र उपस्थित थिए। यसअघि चैत २९ बैठक बसेको थियो।
व्यवस्थापिका संसदको बैठक वैशाख १० गते अाइतबार बस्ने गरी स्थगित भएको छ । बुधबार बस्ने भनिएको बैठक आवश्यक सदस्य संख्या(कोरम) नपुगेपछि बस्न नसकेकाे हाे।
१६ दिनपछि शुक्रबार व्यवस्थापिका संसद्को बैठक बस्दै थियो। लामो बिदापछि बस्न लागेको संसद्का लागि विभिन्न ‘बिजनेस’ तय भइसकेका थिए। तीमध्ये अन्तिममा थियो– कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गर्ने।
आठ खेलाडीले खाता खोल्न नसकेको दुर्लभ खेलमा नेपाली महिला क्रिकेट टोलीले सोमबार श्रीलंकासँग ८ विकेटले आत्मसमर्पण गरेको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली महिला टोली अहिलेसम्मकै कम स्कोर २३ रनमा समेटिएको छ।
महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ।