१९ आश्विन २०८१ शनिबार
image/svg+xml

स्थलमार्गको सकसले हवाई यात्रामा चाप, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १९घण्टा चलाइयो

नियमित रुपमा दिनमा १४ घण्टा संचालनमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सोमबार भने १९ घण्टा चल्यो। पछिल्लो समयको वर्षा र त्यसले निम्त्याएको विपदले गर्दा स्थलमार्गको यात्रा अनिश्चित छ। वर्षाका कारणले तीनदिनसम्म रोकिएका हवाई उडान पनि सोमबार बिहानैदेखि सुचारु भएका थिए। रोकिएको हवाइ यात्रा खुल्नु तथा स्थलमार्गको यात्रा अनिश्चित र असुरक्षित बन्दै जाँदा अहिले हवाइमार्गमा अहिले यात्रु चाप अधिक छ।

पर्यटन क्षेत्रको चिन्ता: हवाई दुर्घटनाले आगामी सिजन प्रभावित हुन सक्छ

दुईसाता अवधिमा समग्र मुलुकलाई नै स्तब्ध बनाउनेगरि दुईवटा हवाई दुर्घटना हुँदा त्यसको दीर्घकालिन असर पर्यटन क्षेत्रमा पर्ने व्यावसायीको चिन्ता छ। दुइसाता अवधिमा भएका दुर्घटनामध्ये हेलिकप्टरमा चारजना चिनियाँ नागरिक परेका थिए। नेपाल घुम्न आएका पर्यटक नै हेलिकप्टर दुर्घटनामा परेको सन्देश प्रवाह हुँदा पर्यटन क्षेत्र झनै मारमा परेको व्यावसायीको भनाई छ।

पर्यटन क्षेत्रको चिन्ताः न बाटो, नत आकाश सबैतिर असुरक्षा

पछिल्लो समय सार्वजनिक यातायातका क्षेत्रमा दुई ठुला दुर्घटना घटे। हवाई र स्थलमार्गको यातायात क्षेत्रमा भएका यी दुर्घटनापछि यतिबेला सबैतिर प्रश्न उब्जेको छ–नेपालमा स्थल र हवाई दुवैखाले मार्गको यात्रा जोखिमपूर्ण बन्यो। सामाजिक सञ्जालदेखि सबैतिर यतिबेला स्थल र हवाईमार्गको सुरक्षा र जोखिमबारे टिप्पणी गर्न थालेका छन्। अझ पर्यटन क्षेत्रले त झनै यी ठुला दुर्घटनाले ठूलो असर पार्ने भन्दै गुनासो गरेको छ।

नवविवाहितलाई बुद्ध एयरको हवाई टिकट सित्तैमा

बुद्ध एयरले नवविवाहित चार जोडीलाई काठमाडौं–पोखरा रुटमा दुइतर्फी हवाईटिकट निशुल्क उपलब्ध गराउने भएको छ।

हवाई टिकटमा भ्याटः चिनियाँ उडान रोकिए पर्यटन क्षेत्र प्रभावित हुने

हवाइ टिकटमा भ्याट लागु भएपछि पर्यटन व्यावसायीले विरोध जनाइरहँदा पछिल्लोपटक चीनले हवाई टिकटमा लगाएको भ्याटको प्रावधान नहटाए नेपालमा उडान रोक्ने चेतावनी दिएको भन्दै पर्यटन व्यावसायी थप सशंकित भएका छन। चिनियाँ पर्यटनसँग ठूलो अपेक्षा राखेका पर्यटन व्यावसायी केहीगरि चिनियाँ उडान प्रभावित भए त्यसले पर्यटन क्षेत्रलाई ठूलो धक्का पुग्ने उनीहरुको भनाई छ।

बन्द भएको ६ वर्षपछि पुनः सुरु भयाे भोजपुर–विराटनगर उडान

उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु भएपछि यात्रुमा उत्साह देखिएको छ।

सुत्केरी महिलाको हवाई उद्धार

कालीकोटबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ। जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका ४ की २० वर्षीया लक्ष्मी शाहीलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल सुर्खेत लगिएको हो।

बिहीबार खुलेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान शुक्रबार पुनः रोकियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानमा पुन: अवरोध आएको छ। बाक्लो तुवाँलोका कारण बिगत एक सातादेखि विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा अवरोध आइरहेको थियो। अघिल्लो शुक्रबारदेखि रोकिएको उडान हिजो विहीबार खुलेपनि शुक्रबार पुन अवरुद्ध भएको विमानस्थलले बताएको छ।

अनिश्चित बन्दै पोखराको हवाई उडान

वायु प्रदूषणले भिजिविलिटी अपुग हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अझै अवरुद्ध छ। पोखराको वायुमण्डलमा रहेको बाक्लो तुवाँलो तत्काल हट्ने अवस्था नदेखिँदा हवाई उडान अझै अनिश्चित बन्दै गएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भनाई छ। पछिल्लो पाँचदिन अवधिमा गत आइतबार मात्र मध्यान्हपछि विमानस्थल खुलेर केही उडान भएपनि त्यसपछि पनि विमानस्थल खुल्न सकेको छैन। सोमबार र मंगलबार पनि विमानस्थल खुल्न सकेन

नेपाली सेनाले माग्यो ३१९ जनाका लागि आवेदन

जंगी अड्डाले आज सूचना प्रकाशित गर्दै ती क्षेत्रमा ३१९ जना सैनिक कर्मचारीका लागि आवेदन माग गरेको हो।

६ सय ७८ जना गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार

सरकारले हालसम्म ६ सय ७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गरेको छ।

हिजबुल्लाहका रकेट र मिसाइल युनिटका उप कमाण्डर मारेको इजरायलको दाबी

हिजबुल्लाहको रकेट र मिसाइल युनिटका उप कमाण्डर अली अबेद अख्सान नइम दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा मारिएको इजायलले दाबी गरेको छ।

प्रतिकूल मौसमले एयर चाइनाको जहाज डाइभर्ट, कतिपय होल्डमा

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुँदा केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको जानकारी दिएका छन्।

रूसी आक्रमण पछि यूक्रेनमा फेरि तनाव, पोल्यान्ड पनि अलर्ट

रूसले फेरि यूक्रेनको राजधानी किभमाथि आक्रमण गरेको छ। रूसी सेनाले किभमाथि हवाई आक्रमण गरेको पुष्टि गरेको छ।

जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल

सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गराउन नसक्दा पर्यटन क्षेत्र समस्याग्रस्त बनेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्