१२ असार २०८१ बुधबार
image/svg+xml

सोलुमा तीन दिनदेखि आवागमन ठप्प

हिमाली जिल्ला सोलुखुम्बुमा तीन दिनदेखि आवागमन ठप्प भएको छ। अविरल वर्षासँगै मौसम प्रतिकूल बनेपछि सडक तथा विमानस्थल सञ्चालनमा आउन सकेका छैनन्।

चोर्दा चोर्दै एक युवक पक्राउ

सोलुखुम्बुमा एक युवा चोर्दै गर्दा पक्राउ परेका छन्। सल्लेरी स्थित सोलुखुम्बु म्याचिङ सेन्टरमा चोरीका लागि घर्रा तान्दै गर्दा सोलुदुधकुण्ड नगरपालिका ८ केरुङ मेराङदिङका अन्दाजी २० बर्षिय प्रकाश मगर पक्राउ परेका हुन्।

वडा कार्यालय सोलुखुम्बुमा, सेवा काठमाडौंमा पनि

सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका वडा नम्बर ९(लोखिम) कार्यालयले काठमाडौंमा पनि कार्यालय खडा गरी वडावासीलाई सेवा दिन थालेको छ।

सोलुका स्थानीय तहमा पोस्टमार्टमको सास्ती

गाउँगाउँमा सरकार, टोलटोलमा ग्रामीण सडक पुगे पनि सोलुखुम्बुका नागरिकले अझै पनि पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको छ। जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा भएकाले लाखौं तिरेर हेलिकोप्टरमार्फत लास जिल्ला सदरमुकाम तथा राजधानीसम्म लैजानुपर्ने बाध्यता रहिआएको छ। आत्महत्यासहित शंकास्पद मृत्युपछि पोस्टमार्टम अनिवार्य हुनु र जिल्लाभर जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा सञ्चालनमा रहेकाले दुर्गम भेगका नागरिकले पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको हो।

सोलुका संगीतकर्मी श्रीमानको मृत्यु

पूर्वको हिमाली जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ४ पोखरेमा जन्मेका संगीतकर्मी श्रीमान् (थुलुङ ) राईले आफ्नो कर्मथलो पश्चिम पोखरा बनाए। सङ्गीत साधनमा अनवरत अघि बढेका उनै श्रीमान् अब यो संसारमा रहेनन्। गायक तथा सङ्गीतकमर्मी र प्रशिक्षक समेत रहेका उनको बुधबार राति पोखरामा स्कुटर दुर्घटनामा ज्यान गयो।

महाकुलुङमा एभरेस्ट बैंकको शाखा

जिल्लाको विकट मानिएको दूधकोशी पारिको स्थानीय तह महाकुलुङ गाउँपालिकामा एभरेस्ट बैंकले शाखा स्थापना गरेको छ। शाखाको बुधबार गाउँपालिका अध्यक्ष सागर किराँतीले आफ्नो खाता खोलेर कारोबार शुभारम्भ गरेका हुन्।

खाजाले तान्यो विद्यार्थी

सोलुखुम्बुको सोताङस्थित पाथीभरा आधारभूत विद्यालयमा खाजाको व्यवस्था गरिएपछि विद्यार्थी नियमित स्कुल आउन थालेका छन्। गैरसरकारी संस्था रिड नेपालको आर्थिक सहयोग र सोताङ गाउँपालिकाको सामग्री व्यवस्थापनमा गत मंसिरदेखि दिउँसो खाजा खुवाउने गरिएपछि विद्यार्थी नियमित आउन थालेका विद्यालयले जनाएको छ।

बेलिब्रिजका लागि सामग्री ढुवानी सुरु

सोलुखुम्बुको दिप्लीघाटमा राखिने बेलिब्रिजका सामग्री ढुवानी सुरु गरिएको छ । जयरामघाटस्थित सुनकोशी नदीमा राखिएको मौज्दात बेलिब्रिजका सामग्री दिप्लीस्थित दूधकोशी नदीमा राख्न ढुवानी सुरु गरिएको प्रदेश १ का सांसद उत्तम बस्नेतले जानकारी दिए । जयरामघाटमा मोटरेबल निर्माण भएपछि ब्रिजका सामग्री मौज्दातको रुपमा रहेका थिए ।

सोताङमा कृषि विकास बैंक

सोलुखुम्बुको सोताङ गाँउपालिकामा कृषि विकास बैंकको शाखा उद्घाटन गरिएको छ । मंगलबार गाँउपालिका अध्यक्ष वीरबहादुर राईले उक्त शाखा उद्घाटन गरेका हुन् । राईले बैंक सञ्चालनमा आएपछि बैंकिङ वातावरण सहज हुने बताए ।

बाँदरले हैरान किसान

सोलुखुम्बुको नेचासल्यान गाउँपालिका क्षेत्रमा बाँदर आतंक बढेको छ। गाँउपालिकाका बेंसीगाँउ, पोखरे, खाल्ले, ठाटिडाँडा, पुरानागाँउ, जुकेपानी, खाल्पा, थामडाँडा लगायतका ठाँउमा बाँदरको आतंक बढेको हो। बाँदरले खेतबारीका आलु, मकै, धान, गँहु लगायतका बालीनाली अन्नबाली खाएर सखाप पार्ने गरेको पीडित स्थानीयले बताएका छन्। पहिले खेतबारीका बालीनाली मात्र नष्ट गर्ने बाँदर अहिले घरभित्रै पसेर खाद्यान्न खान थालेको स्थानीयको भनाइ छ।

सोलुखुम्बुमा दुईफिट बाक्लो हिउँ

खुम्बु क्षेत्रमा दुईफिट बाक्लो हिउँ जमेको छ। बुधबारदेखि मौसममा आएको प्रतिकूलतासँगै बुधबार रातिबाट भएको हिमपातले सोलुखुम्बुभरिकै जनजीवन कष्टकर बनेको छ।

अस्पताल बनाउन पाँच लाख सहयाेग

थुलुङ दूधकोसी गाउँपालिका–९ का विद्यालय तथा शिक्षकहरूले अस्पताल निर्माणका लागि पाँच लाख रुपैयाँ सहयोग गरेका छन्।

मिक्सरले थिच्दा ठेकेदारको मृत्यु

सोलुखुम्बुमा ढलानमा प्रयोग गरिने मिक्सरले थिचेर ठेकेदारको मृत्यु भएको छ। सोमबार सोलुदूधकुण्ड नगरपालिका ७ स्थित गार्मा माध्यमिक विद्यालयको निर्माणाधिन ४ कोठे भवनको ढलान सकेर मिक्सर गाडीमा लोड गर्ने क्रममा पल्टेर थिच्दा धनकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको हो।

पर्यटकीय क्षेत्र पत्तालेमा मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पत्तालेमा भ्यू टावर निर्माणका लागि एक करोड विनियोजन गर्ने आश्वासन दिएका छन्। गत माघ २७ गते हिउँ खेल्नका पत्ताले आइपुगेका राईले पत्तालेको बृहत्तर विकासका लागि प्रदेश सरकारले लगानी गर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्