१२ असार २०८१ बुधबार
image/svg+xml

राष्ट्रपति: कस्तो र कसको?

नेपालको प्रथम राष्ट्रपति मधेसी समुदायबाट प्रतिनिधित्व भयो। दोस्रो राष्ट्रपतिका रूपमा महिला र खस-आर्यको प्रतिनिधित्व भएको छ।

दोस्रो मेयर कप प्रतियोगिता तिलागुफामा सुरु

‘मानिसको स्वास्थ्य र मुलुकको इज्जतका लागि खेल क्षेत्रको महत्व छ। खेलकुद क्षेत्रमा लागेर पनि आफ्नो भविष्य निर्माण गर्न सकिन्छ भन्ने वातावरण बनाउनुपर्छ। यसका लागि कर्णाली प्रदेश सरकार कर्णालीमा शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रको विकासका लागि प्रतिबद्ध छ।’

खेल पत्रकार सम्मानित

पारामाउन्ट एकेडेमीले अभिभावक दिवसको अवसरमा विभिन्न राष्ट्रिय दैनिकका आठ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ।

अभिभावकविहीनका अभिभावक मेयर दुर्गा

‘ममी बुवा हुनुहुन्न। आफन्तका केही दिन बसे एक छाक खान पनि मुस्किल थियो,’ पुलिस बन्ने सपना बोकेकी संझनाले नागरिकसँग भनिन्, ‘बाल संरक्षण केन्द्रमा आएपछि मैले आफूलाई सुरक्षित ठानेकी छु। पढाइ पनि अघि बढाएकी छु। साथीभाईको सहयोग र मेयर सरले दशैं, माघि लगाएतका सबे त्यौहार हामीसँगै मनाउनु हुन्छ। यसले हामीलाई सुरक्षित पारिवारिक वातावरणको अनुभव दिएको छ।’

सामुदायिक वनका समस्या समाधान गर्न तयार छौँ: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सामुदायिक वनका समस्याको समाधान गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताएका छन्।

होमवर्क नगरेको भन्दै १५० पटक उठबस गराउँदा छात्रा बिरामी

होमवर्क नगरेको निहुँमा धरान १५ स्थित नवज्योति स्कुलका शिक्षिकाले १ सय ५० पटक उठबस गराएर यातना दिँदा एक विद्यार्थी बिरामी भएकी छिन्।

भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको दबाब!

भक्तपुरका विद्यालयका शिक्षकहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न अभिभावकको ठूलो दबाब भएको बताएका छन्।

मापदण्ड अपनाएर काठमाडौंमा असोजदेखि विद्यालय खुल्ने

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा अभिभावक, शिक्षक, विद्यार्थी, स्थानीय तहका शिक्षा हेर्ने प्रतिनिधि र जिल्ला विकास तथा समन्वय एकाइका प्रमुखहरूको सहभागितामा सोमबार दिउँसो बसेको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।

बाल सिकाइमा अभिभावक

कोभिडको महामारीले पारेको प्रभाव, कोभिड फैलन रोक्न बालबालिकाले अपनाउन सक्ने सतर्कता र गर्न सक्ने कार्यबारे छलफल गर्ने, घर/परिवार, समाजबाट सिक्ने वातावरण निर्माण गर्ने हो भने बालबालिका विद्यालयमा जान पाएनन् भनेर धेरै चिन्ता गरिरहन पर्दैन।

डामाडोल शैक्षिक क्षेत्र

अकस्मात् सिर्जना भएको समस्याका कारण गत वर्ष परीक्षाको मापदण्ड विकसित गर्न नसकिएको भए पनि यस वर्ष विगतका कमजोरीमा सुधार ल्याउने पर्याप्त समय थियो। विडम्बना, यसपटकको एसइई नतिजा समेत झनै अविश्वसनीय बन्न पुग्यो।

स्वास्थ्यको सुझावलाई बेवास्ता, अलमलमा अभिभावक

नेपालमा कोभिड १९ को दोस्रो लहरको चपेटामा बालबालिका पनि पर्न थालेका छन्। तर विद्यालय बन्द गर्ने कि नगर्ने भन्नेबारे शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सिसिएमसीले ठोस निर्णय गर्न नसक्दा अभिभावकसमेत अन्योलमा छन्।

अभिभावकविहीन बालबालिकाको कारुणिक कथा

पर्वतको जलजला गाउँपालिका–२ गौराटोलकी ईशा पाख्रिनकी आमा सपनाले सुटुक्क दोस्रो विवाह गरिन्। राति सँगै एउटै बिस्तारामा सुतेकी आमाले छोडेर गएको तीन वर्ष बितिसक्यो। आमाको काखमा गुटमुटिने ईशा जन्मदिने बुबालाई समेत चिन्दिनन्। ज्याला मजदुरीका लागि पूर्वी नेपालबाट आएका बुबाले आमालाई छोड्दा उनी १ वर्षकी थिइन्।

बुबाआमाले बिर्सेका छोराछोरी

पर्वतमा बाबुआमाले सानैमा छाडेका बालबालिका अहिले सहाराको भरमा बसिरहेका छन् । कहिले कस्को त कहिले कस्को सहारमा बसेका उनीहरुलाई पढ्न, लेख्न र खानबस्न पनि कठिन छ ।

अभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली

पर्वतको जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन्। स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक आफन्तविहीन बनेका हुन्।

विद्यालय भवन निर्माणमा अभिभावकको विरोध

अभिभावकले विरोध गरेपछि सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविको भवन निर्माणको काम अघि बढन सकेको छैन । संघीय सरकारको ३६ लाख रुपैयाँ लागतको चारकोठे भवनको काम विवाद उत्पन्न भएपछि करिब डेढ महिनादेखि निर्माण कार्य बन्द भएको छ ।निर्माण समिति गठन नगरी प्रअ र निवर्तमान विद्यालय व्यवस्थापन समितिले अभिभावकको सहमति बिना भवन निर्माण सुरु गरेको भन्दै विवाद उत्पन्न भएको छ । भवनको जग खनेपछि स्थानीय अभिभावकले विरोध गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्