घर फिर्नु भनेको मर्नु हो!
फ्याङटारको तामाङ बस्तीले गाउँ छाडेको १५ दिन बित्यो । पहिलो ३ दिन बस्तीबाट २ किलोमिटर माथीको भैँसे पुगेर ज्यान जोगाएका १३ परिवार अहिले आफन्तको शरणमा लुदिन गाउँ आसपासमा छन्।
फ्याङटारको तामाङ बस्तीले गाउँ छाडेको १५ दिन बित्यो । पहिलो ३ दिन बस्तीबाट २ किलोमिटर माथीको भैँसे पुगेर ज्यान जोगाएका १३ परिवार अहिले आफन्तको शरणमा लुदिन गाउँ आसपासमा छन्।
पृथ्वीराजमार्गको झ्याप्लेखोलामा पहिरोमा पुरिएकामध्ये गोरखाबाट गएको बस र बुटवलबाट गएको विङगर भन्दा पछाडिपट्टि पोखराबाट गएको स्वीफ्ट होलिडेजको बस थियो । विदेशी र स्वदेशी गरि २० जना यात्रु लिएर गएको उक्त बस ठूलो दुर्घटनाबाट जोगिएको थियो । गोरखा र चितवनबाट गएका दुइ सवारी पहिरोमा पुरिएका थिए ।
आइतबार एक विज्ञप्ति निकाली पूर्वराजा शाहले रोकथाम र सजगताका लागि पर्याप्त व्यवस्थामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
हिमालपारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा फेरि हिमपहिरो झरेको छ। शुक्रबार दिउँसो धौलागिरी हिमाली श्रृंखलाबाट झरेको हिमपहिरोले मानवीय र भौतिक क्षति भने गरेको छैन। तर, बोक्सी खोलामा खसेको पहिरोले स्थानीयमा त्रास छाएको छ। स्थानीय प्रशासनले कालिगण्डकीमा वहाव बढ्न सक्ने भन्दै सचेत हुन आग्रह गरेको छ।
तनहुँको घाँसीकुवामा बुधबार बेलुकी भीषण पहिरो जाँदा पृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारी तनहुँमा रोकिएका छन्।
कसोकसो नरबहादुर पार्की र कलक सार्की भने बाँचे। सरकारबाट मृतकका परिवारले पाउने राहत पाए पनि घर बनाउन पाउनुपर्ने अनुदानचाहिँ अझै पाएका छैनन्। अनुदानको आशमा जिल्ला प्रशासन कार्यालय धाउन भने छाडेका छैनन्।
निरन्तरको वर्षापछि पहिरो झर्ने त्रासले आफ्नो घर छाडेर सुरक्षित ठाउँमा बसाई सरेको भएपनि त्यही ठाउँ पहिरोले पुरिँदा बागलुङमा आठजनाको ज्यान गएको छ भने अरु दुइजना बेपत्ता छन। मंगलबार बिहानको पहिरोमा परेर ६ जना बालबालिका सहित आठजनाको मृत्यु भएको प्रहरीले बताएको छ।
अविरल वर्षापछिको पहिरोमा परेर ज्यान गुमाएका पीडितका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे सहित जिल्ला सुरक्षा समितिका पदाधिकारी पहिरो पीडितका घरमै पुगेर पीडितका आफन्तलाई राहत रकम हस्तान्तरण गरेका हुन्।
अविरल वर्षापछिको पहिरोले घर पुरिँदा एक जनाको ज्यान गएको छ। कास्की प्रहरीका अनुसार पहिरोले पुरिएर पोखरा महानगरपालिका–२७ सहेलापाटाका २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको हो।
अविरल वर्षपछिको पहिरोले घर बगाउँदा गण्डकी प्रदेशका विभिन्न जिल्लामा आठजना बेपत्ता भएका छन। गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार पहिरोले घर बगाउँददा तनहुँ र स्याङजामा ३–३ जना तथा पर्वतमा दुई गरि आठजना बेपत्ता भएका हुन्।
मङ्गलवार रातिदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परी बेपत्ता भएका एकै परिवारका ३ जनासहित ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
पहिरोविज्ञहरूका अनुसार ढुंंगा, माटो वा चट्टानले बनेको जमिनको भिरालो भाग खस्ने वा चिप्लिने प्रक्रियालाई पहिरो वा भूस्खलन भनिन्छ।
मनास्लु हिमालबाट हिमपहिरो खसेर असन्तुलित बनेको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित सामागाउँमा रहेको वीरेन्द्र ताल विस्तारै सामान्य अवस्थामा फर्कन थालेको छ ।
मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो।
आज बिहान माथिबाट हिमपहिरो खसेपछि चुमनुब्री गाउँपालिकामा पर्ने उक्त ताल फुटेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नागरिक न्युजलाई बताए।