८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्।

तुलसी खेलकुद विभाग संयोजक

आइटिएफ तेक्वान्दोकी खेलाडी तुलसी थापामगर गिरिजाप्रसाद कोइराला फाउन्डेसनको युवा तथा खेलकुद विभागको संयोजकमा मनोनीत भएकी छन्।

ज्ञानेन्द्र उपाध्यक्षमा मनोनीत

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ललाई उपाध्यक्षमा मनोनयन गरेको छ।

सुबि ‘हल्ट प्राइज २०२३’ द्वारा मनोनीत

सुबी काफ्ले प्रतिष्ठित हल्ट प्राइज-२०२३ द्वारा मनोनित भएकी छिन्। भक्तपुरको सूर्यविनायक अंग्रेजी माध्यमिक विद्यालयबाट विद्यालय शिक्षा लिएकी उनले ब्रिटिस कलेज काठमाडौंबाट ए लेभल गरेकी छिन्।

प्रेस युनियनको सल्लाहकारमा दाहाल र झा मनोनीत

लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको सल्लाहकारमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र धर्मेन्द्र झा मनोनीत भएका छन।

राप्रपा केन्द्रीय सदस्यमा रेखा थापासहित १४ जना मनोनीत (नामावलीसहित)

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनयन गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

गौतमलाई बाटो खुल्यो

‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा वामदेव गौतमलाई मन्त्री नबनाउन सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको छ।

गच्छदारनिकट ११ जना केन्द्रीय सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका ११ नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन्।

राप्रपाको २० विभागका प्रमुख मनोनीत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को विभिन्न विभाग तथा समितिको प्रमुखहरु मनोनीत भएका छन्। अध्यक्ष कमल थापाले विहीबार पार्टीको विधानअनुसार २० वटा विभाग तथा समितिको प्रमुख मनोनीत गरेका हुन्।

काँग्रेस केन्द्रीय सदस्यमा घर्ती, हुमागार्इं र खड्का मनोनीत

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागार्इं (काभ्रे) र शीला शर्मा खड्का (दाङ) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका छन्।

पदाधिकारी मनोनीत गर्न कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक वैशाख ७ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय समिति बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा डाँकिएकोे जानकारी दिए।

राष्ट्रियसभामा मनोनीत तीनजनाको टुंगो लागेन

संघीय संसद्मा शपथ लिन नपाएका तीनजना सदस्यका विषयमा सर्वोच्चमा चलेको मुद्दाको आइतबार टुंगो लाग्न सकेन।  न्यायाधीशहरु हरिकृष्ण कार्की र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आइतबार बोलाइएको दुवै पक्षको छलफलमा बहस चलिरहेका बेला रोकिएपछि मनोनीत सासदका विषय टुंगो लाग्न नसकेको हो।

उदयपुरबाट काँग्रेसमा दुई महिला सांसद मनोनीत

हालै निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभाको बन्दसूचीमा रहेको प्रतिनिधिसभाका लागि समानुपातिक सदस्यको नामावलीमा उदयपुर जिल्लाबाट नेपाली काँग्रेसको तर्फबाट मात्र दुईजना महिला सांसद मनोनीत भएका छन्।

सिएनएन सुपर हिरोमा बस्नेत मनोनीत

अभिभावकसँग कारागार जीवन बिताउन बाध्य बालबालिकालाई त्यहाँबाट छुटाई आश्रय दिएर उदाहरणीय काम गर्नुभएकी पुष्पा बस्नेत सिएनएन सुपर हिरोमा मनोनीत भएकी छन्। कारागारका बालबालिकालाई काठमाडौँको बूढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेको जनाउँदै सिएनएनले बस्नेतलाई सन् २०१२ को ‘सिएनएन हिरो’ उपाधिले सम्मान गरेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्