४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

बागेश्वरीमा प्रजापतिले छेडे १५ औँ पटक जिब्रो

रामनवमी पर्वको अवसरमा हिन्दू धर्मावलम्बीहरुले जिब्रो छेडेर नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन्।

दोस्रो पटक छेडाए सुजनले जिब्रो

विस्काः जात्रा तथा बोडेको जिब्रो छेड्ने जात्रामा यसपटक स्थानीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन्। उनले जिब्रो छेडेको यो दोस्रोपटक हो।

जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन

जिब्रो छेड्न तयार भएका २८ वर्षीय सुजन वाग श्रेष्ठ बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आइपुगे।

भक्तपुरको जिब्रो छेड्ने जात्रा आज

जात्राको क्रममा जिब्रो छेड्ने स्थान मध्यपुर थिमि नगरपालिका ५ दिगु टोलस्थित दिगुभैरव मन्दिरअगाडिको डबली रहेको छ । बिस्केट जात्रामा दिउँसो जिब्रो छेड्ने गरिए पनि यहाँ भने राति मात्र हुने गर्दछ।

सुजनले छेडाए पहिलो पटक जिब्रो

मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक वर्षको बैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यसवर्ष पहिलो पटक बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर बोडेको टोल टोल घुमेका छन।

जिब्रो छेड्ने जात्रा दिउँसो १२ बजेदेखि

भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेमा प्रत्येक वर्ष वैशाख २ मा हुने जिब्रो छेड्ने जात्रा यो वर्ष शनिबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ।

थिमिमा हात नभएको लिङ्गो उठाइयो

आज मध्यपुरथिमिको बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाइएको छ। मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतको उपस्थितिमा स्थानीयले मन्दिर अगाडि लिङ्गो उठाएका हुन्।

बिस्काः जात्रा : सुजनले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिने

मध्यपुरथिमिको बोडेको जात्रामा यस वर्ष २७ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेड्ने भएका छन्।

आज राति मध्यपुरथिमिमा मनाइँदै 'जिब्रो छेड्ने जात्रा'

आज राति ८ बजेपछि मध्यपुरथिमि–५ का वीरेन्द्रभक्त गजुँ श्रेष्ठ दोस्रोपटक जिब्रो छेड्ने भएपछि यसको सबै तयारी पूरा गरेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउँछन् । धेरै वर्षसम्म अर्थाभावका कारण पटक–पटक रोकिँदै आएको यो जात्रा विसं २०५३, २०५९ र २०६३ मा पनि सञ्चालन भएको थियो । त्यसपछि रोकिएको जात्रा २०७४ मा स्थानीय तहका निर्वाचन जनप्रतिनिधिले बजेट व्यवस्थापन गर्दै जात्रा पुनःसञ्चालनमा ल्याएको थियो ।

आठौंपटक जिब्रो छेडाए बुद्धकृष्णले

जिब्रो छेडाउनुअघि उनी विशेष पहिरनका साथ बोडे पुगेका थिए। उनलाई लिन बाजागाजासहितको टोली घर पुगेको थियो। जिब्रो छेड्ने ब्यक्तिको सम्मानस्वरूप बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ। जिब्रो छेडाइसकेपछि उनले परम्पार अनुसार चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गरेका थिए।

जिब्रो छेड्ने मान्छे नभेटिएपछि जात्रानै अन्यौलमा

मध्यपुरथिमि नगरपालिकाको तीन लाख ५० हजार रुपैयाँ सहयोग र नपुग रकम स्थानीयवासी चन्दादाताबाट सङ्कलन गरी गत वर्ष सञ्चालन भएको यो जात्रा यस वर्षबाट भने फेरि अनिश्चित बनेको छ।

सातौंपटक जिब्रो छेड्दै बुद्धकृष्ण

संस्कृति बचाउन जिब्रो छेडेको उनी सुनाउँछन्। ‘नयाँ पुस्ता कोही पनि जिब्रो छेड्न मान्दैनन्, त्यसैले यस वर्ष पनि म नै जिब्रो छेड्दै छु,’ उनले सुनाए। जात्रामा बोडेका स्थानीयले मात्र जिब्रो छेड्न पाउने उनले बताए।

त्याे जंग–जिब्रो अनि याे पुष्पकमल–जिब्रो

महाकालीले लामो जिब्रो निकालेको मूर्ति नेपाल तथा भारतका देवस्थलहरूमा देख्न पाइन्छ।  भक्तपुरको बोडेमा इन्द्रजात्राको भोलिपल्ट जिब्रो छेड्ने जात्रा हुन्छ।  त्यसको पनि रोचक कथा छ।  बोडे गाउँमा हजाराैँ वर्ष पहिले राक्षसले सताएपछि किसानहरूले राक्षसलाई पक्रिएर जिब्रो छेडिदिएछन्।  गलत काम–कुरा गरेर समाज भाँड्ने र दुनियाँलाई दुःख दिनेहरूको जिब्रो सुरक्षित राख्नै हुँदैन भन्ने कुरा हाम्रा पुर्खाले बुझेका रहेछन्।  ‘नचाहिँदो बोलिस् भने तेरो जिब्रो थुतिदिन्छु” भन्ने चलन अहिले पनि छ।

भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा (फोटो फिचर)

बिस्केट जात्रामा मनाइने थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रामा आइतबार थिमी बोडे ८ का ४६ वर्षीय बुद्धकृष्ण वागश्रेष्ठले जिब्रो छेडेका छन्।

बोडेका बुद्धकृष्णले छेडे जिब्रो

हजारौं जात्रालुको वाहवाहीबीच भक्तपुरको मध्यपुर थिमि बोडेमा शनिबार बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेडेका छन्। मध्यपुर थिमि बोडेकै बासिन्दा बुद्धकृष्णले बोडे उच्च माविसँंगैको बोडे लायकु चोकमा जिब्रो छेडाएका हुन्। प्रत्येक वर्ष वैशाख २ गते यही ठाउँंमा जिब्रो छेड्ने जात्रा हुने चलन छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्