४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

झापामा हात्तीपाइलेको औषधी खाएपछि एक वृद्धाको मृत्यु

जिल्लाको भद्रपुर नगरपालिका-१ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियाे। बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

यी ७ जिल्लामा आज हात्तिपाइले रोगविरुद्धको औषधि खुवाइँदै

झापासहित सात जिल्लाका ५१ लाख जनालाई आज हात्तीपाइले रोग नियन्त्रणका लागि औषधि खुवाइँदै छ।

हात्तीपाइले रोगविरुद्धकाे औषधि आइतबारदेखि

सरकारले वैशाख १६ गते (आइतबार) देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ।

रसुवासहित तराईका सात जिल्लामा हात्तीपाइले परजीवी

पछिल्लो समयमा तराईका ६ र एक पहाडी जिल्ला गरी सातवटा जिल्लामा सर्वेक्षण गर्दा समुदायमै हात्तीपाइलेको परजीवि धेरै संख्यामा भेटिएपछि पुनः औषधि सेवन अभियान गर्न लागिएको हो।

आठ लाखभन्दा बढीलाई हात्तीपाइलेबिरुद्धको औषधि खुवाइने

सर्लाहीमा आठ लाखभन्दा बढीलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने भएको छ।

पन्ध्रौं चरण औषधी खुवाउँदा पनि हात्तीपाइलेको जोखिम उस्तै

पन्ध्रौं चरणको अभियान सञ्चालनपछि गरिएको हात्तीपाइले रोगको नुमना परीक्षण गर्दा कपिलवस्तुमा यसको जोखिम उस्तै देखिएको छ।

उष्णप्रदेशीय रोगको भार: सीमान्तकृत र विपन्न नागरिक मारमा

जलवायु परिवर्तन तथा विश्व तापमानमा आएको परिवर्तनसँगै बढ्दै गएको ट्रपिकल रोगको भार नेपाल जस्तो उष्णप्रदेशीय हावापानी भएको देशमा पनि थपिँदै गएको विज्ञहरूले औंल्याएका छन्।

फागुन ११ देखि हात्तीपाइले औषधि खुवाइने

शुक्रबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो।

मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

मोरङमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ। यही फागुन ११ गतेदेखि उक्त औषधि खुवाउने तयारी छ।

मोरङमा फागुन ११ गते देखि हात्तीपाइले विरुद्धको अभियान

जिल्ला जनस्वास्थ्य कार्यालय मोरङले मंगलबार पत्रकार सम्मेलन गरी मोरङमा १२ औं पटक हात्ती पाइले विरुद्धको औषधि खुवाउने अभियान फागुन ११ गते देखि सञ्चालन गर्न लागिएको जानकारी दिएको हो।

इलाममा हात्तीपाइले रोगको अवस्था अध्ययन गरिने

देशका विभिन्न जिल्लामा हात्तीपाइले रोगको अवस्था अध्ययन गरिने भएको छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रले इलामले विभिन्न जिल्लामा यसको अध्ययन गर्ने भएको हो।

कपिलवस्तुमा हात्तीपाइले रोगीको अवस्था पत्ता लगाउन फेरि सर्वे हुने

कपिलवस्तुमा विगत १२ वर्षदेखि खारेजी रहेको हात्तीपाइले रोग निवारणको अभियान असफल भए पछि सो रोगको अवस्था पत्ता लगाउन फेरी सर्वे गरिने भएको छ।

कोभिड खोपले धकेल्यो हात्तीपाइले अभियान

कोभिड–१९ विरुद्धको खोप अभियानका कारण हात्तिपाइलेविरुद्धको औषधि अभियान सरेको छ। हरेक वर्ष फागुन २९ देखि गर्दै आएको हात्तीपाइले अभियान यसपालि चैत २० देखि मसान्तभित्र सुरु गर्ने निर्णय सरकारले गरेपछि सो अभियान करिब एक महिना पछाडि धकेलिएको हो।

बागलुङमा फेरि भेटियो हात्तीपाइलेको जीवाणु

बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ। बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ। जीवाणु भेटिएसँगै छ वर्षमा निवारण भएको हात्तीपाइले बागलुङमा १२ वर्षमा समेत निवारण नहुने पक्का भएको छ।

सबैले औषधि नखाँदा निवारणमा चुनौती

सात दिनभित्रका सुत्केरी, गर्भवती, दुई वर्षभित्रका बालबालिका, मुटु, मिर्गौला, कलेजो, फोक्सोलगायत दीर्घरोगी र सिकिस्त बिरामीले औषधि सेवन गर्नुहुँदैन। अन्यले औषधि सेवन गर्दा केही खाना खाएर मात्र गर्न चिकित्सकको सुझाव छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्