१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारदेखि

नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ । गत हप्ता आइतबार उद्घाटन भएको महाधिवेशनमा ११ जिल्लाका प्रतिनिधि विवादले नेतृत्व चयनको काम अघि बढ्न सकेको थिएन । गत मङ्गलबार मध्यराति नेपाली काँग्रेसले गठन गरेको विवाद समाधान निर्देशक समितिले समस्या समाधान गरेप नि महाधिवेशन प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गर्न ढिलाइ हुँदै आएको छ ।

आइतबार सरकार विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये पाँच मन्त्रालयलाई दाहालले भोलि पूर्णता दिने भएका हुन्। शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिले सरकार विस्तारका विषयमा चासो राखेपछि प्रधानमन्त्री दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने जानकारी गराएका हुन्।

राजदूत सुनुवाइ प्रक्रिया आइतबारबाट सुरु हुने

संसदीय सुनुवाइ विशेष समितिले गत वैशाखमा सिफारिस भएका २२ देशका राजदूतको सुनुवाइ प्रक्रिया अगाडि बढाउने भएको छ। सरकार परिवर्तनसँगै अन्योल बढिरहेका बेला समितिले आइतबारबाट सुनुवाइ सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको हो।

एघार न्यायाधीशको सुनुवाइ सकियो, अनुमोदन निर्णय आइतबार मात्रै

सर्वोच्च अदालतको स्थायी न्यायाधीश सिफारिस भएका ११ जनाको संसदीय सुनुवाइ सकिएको छ। संसदीय सुनुवाइ विशेष समितिले दुई दिन लगाएर न्यायाधीशको नाममा सुनुवाइ सम्पन्न गरे पनि अनुमोदनसम्बन्धी निर्णय भने आइतबार मात्रै गर्ने जनाएको छ। समितिले बुधबार ६ न्यायाधीशको सुनुवाइ गरेको थियो भने बिहीबार ५ जनाको नाममा सुनुवाइ गरेको हो।

आइतबार सेयर कारोबार भएन

अत्यन्त प्रतिकूल अवस्थामा पनि नरोकिएको सेयर बजार कारोबार आइतबार रोकिएको छ। प्राविधिक कारण सेयर कारोबार हुन नसकेको नेप्सेले जनाए पनि लगानीकर्ता भने असन्तुष्ट छन्। लगानीकर्ताले नेप्से र सेयर दलाल व्यवसायीबीचको खिचातानीले एक दिनको कारोबार घाटा भएको जनाएका छन्

अविश्वास खेलको फाइनल आइतबार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारविरुद्ध अविश्वास प्रस्तावमाथि आइतबार संसद्मा मतदान हुने भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत सांसदको समर्थनमा कांग्रेस–माओवादी गठबन्धनले पेस गरेको प्रधानमन्त्री ओलीविरुद्धको अविश्वास प्रस्तावबारे आइतबारै प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची तोकिएको छ।

न्यायाधीश सुनुवाइ आइतबार

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको न्यायाधीश सिफारिस ११ नाममाथि आइतबार सुनुवाइ थाल्ने भएको छ। पाँच महिनाअघि सिफारिस भएका उनीहरूविरुद्ध परेका उजुरी हेरेपछि बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले यस्तो निर्णय गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्