१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

संघीय संसदको दोस्रो अधिवेशन आइतबारदेखि सुरू

संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको अधिवेशन आह्वान गरेअनुरुप दुवै सदनको बैठक बस्न लागेको हो।

मौसमी गतिविधि शनिबार र आइतबार जारी रहने

तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको छ।

आइतबारदेखि पाँचथर गोल्डकप

सदरमुकाम फिदिममा आइतबारदेखि सुरु हुने दोश्रो पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ। खेलमैदान व्यवस्थापन, खेलाडी व्यवस्थन लगायतका सम्पूर्ण आन्तरिक तथा बाह्य तयारी पुरा भएको आयोजक पाँचथर क्लबले जानकारी दिएको छ।

रसुवागढी र साञ्जेनको आइपिओ बाँडफाँट आइतबार

रसुवागढी हाइड्रोपावर कम्पनी र साञ्जेन जलविद्युत् कम्पनीको सीमित साधारण शेयर (आइपिओ)को बाँडफाँट आइतबार हुने भएको छ।

महिला भलिबल आइतबारबाट

सशस्त्र प्रहरीको एपिएफ क्लबले पाँचौं राष्ट्रिय खुला महिला भलिबल, चौधौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुला ब्याडमिन्टन र दशौं सहवीर स्मृति खुला लन टेनिस प्रतियोगिता गर्ने भएको छ।

आइतबार मन्त्रीको टुंगो, सोमबार शपथ : अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सोमबार ३ बजे सबै मन्त्रीको शपथ ग्रहण हुने गरी भोलि मन्त्रीको टुंगो लगाइने बताएका छन्।

आइतबार मन्त्रीमण्डलले पूर्णता पाउँछ : गुरुङ

नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य देब गुरुङले आइतबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने बताएका छन्।

कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार

नेपाली काँग्रस केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १३ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यालय ललितपुरमा हुने भएको छ।

आइतबारदेखि प्रधान सेनापति भलिबल

त्रिभुवन आर्मी क्लबको आयोजनामा आइतबारबाट प्रधान सेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने

प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन् । प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ ।

आइतबारदेखि सबै मन्त्रालय सञ्चालनमा आउने

प्रदेश नं ४ का सबै मन्त्रालय आइतबारदेखि सञ्चालनमा आउने भएका छन्। सो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना, उद्योग पर्यटन वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार विकास र सामाजिक विकास मन्त्रालय स्थापना भइसकेको छ।

प्रदेश ७ को मुख्यमन्त्रीमा भट्ट सिफारिस, प्रदेशसभा बैठक आइतबार

नेकपा माओवादी केन्द्रले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ।

प्रदेशसभा सदस्यको शपथ आइतबार

नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराएलगत्तै निर्वाचन आयोगले उनीहरुलाई राष्ट्रपति कार्यालयमै प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजासहितको प्रतिवेदन बुझाएको छ।

आइतबारबाट महिला फुटबल

राखेप च्याम्पियनसिपअन्तर्गत आइतबारबाट १६औं महिला राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा १६ गतेदेखि २७ गतेसम्म चल्ने प्रतियोगितामा तीन विभागीय  र पाँच क्षेत्रीय गरी कुल आठ टोलीको सहभागिता रहनेछ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्