अफगानिस्तानमा कारबाहीमा परी २६ लडाकू मारिए
अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् ।
अफगानिस्तानको सरकारी सुरक्षा निकायले देशभरका विभिन्न ठाउँमा गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा २६ आतङ्ककारी मारिएका छन् ।
सिरियाको उत्तरपश्चिमी प्रान्त इडबिलमा विद्रोहीहरूको अखडालाई लक्षित गरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठजना बालबालिकासमेत मारिएका मानवअधिकारवादी समूहले जनाएको छ ।
चीनमा गत वर्ष सन् २०१७ भरीमा एक लाख ५९ हजार १०० जनालाई भ्रष्टाचार विरुद्धको कारबाही भएको छ। उनीहरूलाई पार्टीको आचारसंहिता उलंघन गरेको र भ्रष्टाचार गरेको अभियोगमा कारबाही गरिएको चिनियाँ कम्युनिष्ट पार्टीको भ्रष्टाचार विरुद्धको केन्द्रीय निकायले जनाएको छ।
गुणस्तर मापदण्ड पूरा नगर्ने दुई ग्यास प्लान्ट (उद्योग)लाई नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको छ । अनुगमनमा गएको विभागको टोलीले शुक्रबार काभ्रेका दुई उद्योगलाई कारबाहीस्वरुप उत्पादन बन्द गरेको हो ।
गुणस्तर मापदण्ड पूरा नगर्ने ५३ वटा ग्यास प्लान्ट (उद्योग) माथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले पटक–पटक नेपाल गुणस्तर चिह्न (एनएस) लिन पत्राचार गरे पनि ग्यास उद्योगले अटेर गरेपछि कारबाहीस्वरुप पिडिओ (प्रोडक्ट डेलिभरी अर्डर) नदिन नेपाल आयल निगमलाई निर्देशन दिएको हो । निगमले ग्यास उद्योगीलाई इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ग्यास आयात गर्न अनुमति दिने पत्रलाई पिडिओ भनिन्छ ।
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा असहयोग गर्ने ८७ कर्मचारी कारबाही सिफारिसमा परेका छन्।
खेल भावनाविपरित गतिविधि गरेको भन्दै एभरेस्ट प्रिमियर लिग (इपिएल) ले भैरहवा ग्लाडियटर्सका आरिफ शेखलाई अनुशासनको कारबाही गरेको छ ।
काठमाडौंको वायुप्रदूषण गराउने प्रमुख कारक बनेको फोहोर बाल्ने कार्य नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सक्रियता देखाएको छ ।
काठमाडौ- महान्यायाधीवक्ता बसन्तराम भण्डारीले सर्वोच्च अदालतको आदेश बमोजिम एमालेको तर्फबाट हालै प्रतिनिधि सभा सदस्यमा विजयी नवराज सिलवालमाथि अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन्।
अफगानिस्तानको गजनी प्रान्तमा अफगानिस्ताको हवाई सेनाले बुधबार गरेको हवाई कारबाहीमा परी स्थानीय आइएस समूहका एकजना कमाण्डरसहित सात जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ।
सर्वोच्च अदालतले नेकपा एमालेका नव निर्वाचित सांसद एवं तत्कालिन प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले बढुवाका लागि प्रस्तुत गरेको कार्य सम्पादन मुल्याङ्कन गलत रहेको ठहर गर्दै कारवाही गर्न आदेश गरेको छ।
नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्याएको भन्दै मंगलबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।
नेपाली काँग्रेस तनहुँले पूर्व गृहमन्त्री एवं नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ । निर्वाचनमा विपक्षीलाई सहयोग पुर्याएको भन्दै मंगलबार बसेको काँग्रेस जिल्ला कार्यसमितिको बैठकले जोशीलाई कारबाही गर्न केन्द्रमा सिफारिस गरेको छ ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार गरेको हवाई कारबाहीमा कम्तीमा १७ जना आइएस आतङ्ककारी मारिएका छन्। अफगान गृह मन्त्रालयले बिहीबार सो जानकारी दिएको छ।
अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अफगान सुरक्षा बलले बुधबार बिहान गरेको कारबाहीको क्रममा नौ जना सशस्त्र आतङ्ककारी मारिएका छन्। यस कारबाहीको क्रममा नौ जना इस्लामिक स्टे्टस्का आतङ्ककारीहरु मारिएका प्रान्तीय सरकारका प्रवक्ताले बुधबार एक विज्ञप्ति प्रकाशन गरी जानकारी दिएका छन्।