१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हवाई कारबाहीमा परी सिरियामा २१ सर्वसाधारण मारिए

बेरुत – सिरियाको उत्तरपश्चिमी प्रान्त इडबिलमा विद्रोहीहरूको अखडालाई लक्षित गरी गरिएको हवाई कारबाहीमा परी कम्तीमा २१ सर्वसाधारणको मृत्यु भएको छ । आक्रमणमा आठजना बालबालिकासमेत मारिएका मानवअधिकारवादी समूहले जनाएको छ । 

दक्षिणपूर्वी प्रान्तको शहर सिन्जारमा रुससँग आबद्ध हवाई कारबाहीमा मारिएक ती व्यक्तिहरू आठ बालबालिका र ११ जना भने एकै परिवारका सदस्य रहेका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ । 

सिरियाली सरकार र रुससँग आबद्ध हवाई आक्रमण इडबिलका कैयौँ स्थानमा जारी रहेको बेलायतसँग आबद्ध मानवअधिकारवादी संस्था अब्जरभेटरीका प्रमुृख अब्देल रहमानले बताए । 

सिरियामा सन् २०११ को मार्च महिनाबाट शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो र सो गृहयुद्धमा आतङ्ककारी समूह अल कायदा र आइएस हाबी हुँदै अएको छ । 

यस कारबाहीमा परी सो समयदेखि हालसम्म चार लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने हजारौँ सर्वसाधारण र सुरक्षाकर्मीसमेत घाइते भएका छन् । 

यो गृहयुद्धका कारण यहाँका लाखौँ नागरिक देशभित्र र छिमेकी देशहरूमा विस्थापित भएर शरणार्थीका रूपमा जीवन बिताउन बाध्य भएका छन् ।     (रासस/एएफपी)

प्रकाशित: २४ पुस २०७४ १०:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App