इन्द्रजात्रा हेर्न पुगे राष्ट्रपतिसहित अन्य भिभिआइपीहरू (तस्बिरहरू)
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल लागायत अन्य भिभिआइपीहरू वसन्तपुर आइपुगेका छन्। उनीहरु न्युरोडबाटै हिँडेर इन्द्रजात्रा हेर्न पुगेका छन्।
इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल लागायत अन्य भिभिआइपीहरू वसन्तपुर आइपुगेका छन्। उनीहरु न्युरोडबाटै हिँडेर इन्द्रजात्रा हेर्न पुगेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन्।
जनतालाई दुःख दिने हिंस्रक जंगली जनावरका रुपमा देखाइएको बाघलाई मारेर सेलाएपछि पोखरामा मंगलबारदेखि शुरु भएको बाघ जात्रा बिहीबार सम्पन्न भएको हो।
पोखरामा झण्डै अढाई दशकपछि बाघजात्रा शुरु भएको छ। जात्रैजात्राको सहर भनेर चिनिने पोखरामा २३ वर्षपछि सोमबारदेखि बाघजात्रा शुरु भएको हो।
वर्षभर बौद्ध क्षेत्रबाट दिवङ्गत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा रोपाइँजात्रा मनाइएको छ।
परम्परागत रुपमा निकालिँदै आएको रोपाई जात्रा आज ताप्लेजुङमा सम्पन्न भएको छ । रोपाई जात्राको दिन आज बिहानैदेखि मौसम परिवर्तन भएर कहिले घाम र कहिले धुम्म भए पनि ताप्लेजुङ सदरमुकाम फुङलिङमा भने चहलपहल बढेको थियो ।‘
प्रत्येक वर्ष विराटनगरमा पनि गाईजात्रा निकाल्ने गरिन्छ। विराटनगरको झीःपुच बाट सुरु भएको गाईजात्रा मेनरोड हुँदै राधाकृष्ण मन्दिरमा पुगेर विसर्जन हुन्छ।
भक्तपुरमा साताव्यापी मनाइने गाईजात्रा पर्व आज बिहानैदेखि शुरु भएको छ। अघिल्लो दिन साँझ तौमढीस्थित भैरब मन्दिरबाट गुठी कार्यालयले घिन्ताङघिसी नाच निकालेर नगर परिक्रमा गरेपछि जात्रा शुरु भएको मानिन्छ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदै छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन्। नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, बिसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए।
आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर मनाइँदैछ।यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइदै आइएको छ। तिथि घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।
बडीमालिकाको जात्रामा गएका एक तीर्थयात्रीको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–१ का २३ वर्षीय भरत बुढा रहेका छन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ।
स्थानीय तह तथा विभिन्न सांस्कृतिक संस्थाले यस वर्षको रक्षाबन्धन, जनैपूर्णिमा एवं गाईजात्रा पर्व फरकफरक दिनमा मनाउने निर्णय सार्वजनिक गर्न थालेका छन्।
जिल्लाकै गौरवसंग गाँसिएको खेल सञ्चालन सुरु गर्न सर्वपक्षिय सहमति जुटेपछि तयारीको दुईसाताकै प्रतियोगिता सञ्चालन गर्ने निर्णय भएको हो। भदौ १४ देखि २० गते सम्म भानुजन मावि अम्बिटारको खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्ने सहमति बनेको लाखेजात्रा फुटलब खेल सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए।