२२ असार २०८१ शनिबार
image/svg+xml

आज चैते दसैँ, दुर्गा भवानीको पूजाआजा गरी मनाइँदै

हिन्दू धर्मावलम्बीहरूले आज आफ्नो घरको कुल देवता तथा शक्तिपीठहरूमा गएर दुर्गा भवानीको पूजाआजा गरी चैते दसैँ मनाइरहेका छन्।

पाथीभरामा केबुलकारसँगै ताप्लेजुङको समृद्धि

ताप्लेजुङमा यी सबै पूर्वाधारकै आधारमा अर्काे एउटा ‘गेम चेन्जर प्रोजेक्ट’ सुरु भएको छ पाथीभरा केबुलकार।

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन्।

राष्ट्रपति पौडलद्धारा विभिन्न शक्तिपीठको दर्शन

बडादसैँ अन्तर्गत महाअष्टमी पर्वका अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन् ।

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम

दुर्गा पक्षको आठौँ दिन अर्थात् नवरात्रको महाअष्टमी पर्वका अवसरमा देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ।

जनैपूर्णिमामा म्याग्दीका शक्तिपीठमा चहलपहल

जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ। मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो। जनैपूर्णिमा पर्वमा मात्रै विशेष पूजा हुने म्याग्दीको रिखार, खयरभारनी, नौली बराह, नाँगी बराही, पेरी भारानीलगायतका शक्तिपीठमा पूजाआजा गर्नका लागि हजारौँ भक्तजन पुगेका छन्।

के तपाई प्रकृतिमा रमाउन खोजिरहनुभएको छ? आउनुहोस् ताप्लेजुङ

विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल, करिब चार सय वर्ष पुरानो दिकीछ्योलिङ गुम्बा, अलौकिक शक्तिपीठ पाथीभरा मन्दिर, फु्ङफुङे झरना, तिम्बुङ पोखरी, सोदु पोखरीलगायतका थुप्रै पर्यटकीय गन्तव्य भएकाले पनि यो जिल्ला धेरैजसोको रोजाइमा पर्ने गरेको हो। यतिबेला यहाँका पर्यटकीय गन्तव्यको यात्रा जो कोहीका लागि पनि सहज र स्मरणीय बन्नेछ।

काभ्रेका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

बडादशैँ शुभारम्भ दिन आज काभ्रेपालञ्चोकका विभिन्न शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको छ। विशेषगरी पाँचखालको पलाञ्चोक भवगती मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिरमा दर्शनार्थी घुइँचो लागेको हो।

विश्व शान्तिको कामना गर्दै मन्दिरमा पूजा

हिमाली जिल्ला डोल्पाका महिलाले विश्व शान्तिको कामना गर्दै प्रसिद्ध शक्तिपीठ त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गरेका छन्। नववर्ष शुरुआतसँगै त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय महिलाले सोमबार सामूहिकरुपमा मन्दिरमा भेला भई नवदुर्गादेवीको पूजाआजा गर्दै विश्व शान्तिको कामना गरेका हुन्।

देशभरका शक्तिपीठ र राममन्दिरमा भक्तजनको भीड

चैतेदशैँ र रामनवमी पर्वका अवसरमा विहीवार बिहानैदेखि देशभरका शक्तिपीठ एवं राममन्दिरमा भक्तजनको भीड लागेको छ। उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा भक्तजनको भीड लागेको हो।

ब्रह्मायणी शक्तिपीठमा भक्तजनको घुइँचो

बडादशैँका दिन आज भक्तपुरको प्रसिद्ध ब्रह्मायणी मन्दिरमा ठूलो मेला लागेको छ। धार्मिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण मानिने ब्रह्मायणीको दर्शन र पूजाका लागि प्रत्येक वर्ष आजका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ।

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा रौतहटको शक्तिपीठमा पूजा

पूर्व राजा ज्ञानेन्द्र शाहले रौतहटको दुर्गा मन्दिरमा शुक्रवार पूजापाठ गरेका छन्। दुर्गा भगवती गाउँपालिका ३ मत्सरीस्थित प्रसिद्ध दुर्गा मन्दिरमा बैदिक मन्त्रोउच्चारणका साथ पूर्वा राजा ज्ञानेन्द्रले पूजा पाठ गरेका हुन्।

शक्तिपीठमा बली  दिएर महाअष्टमी पर्व मनाइँदै

नेपाली हिन्दु धर्मालम्बीको महान पर्व दसैंको आठौं दिन आज देशभरका शक्तिपीठका साथै घरघरमा महाअष्टमी पर्व मनाइँदैछ । आज महाकाली, महालक्ष्मी र सरस्वतीको विशेष पूजाआजा गरेर दुर्गा सप्तशती, श्रीमद्देवीभागवत् र देवी स्तोत्र पाठ  गरी दसैं घर र कोतलगायत विभिन्न शक्तिपीठमा पशु बलि दिईन्छ ।

महाअष्टमी पर्व, शक्तिपीठमा बली दिएर मनाइँदै

शक्तिस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्रि गर्ने प्रचलन रहेको यस दिन नेपालीहरुको घरघर, शक्तिपीठ र देवी मन्दिरशरुमा नवदुर्गा भवानीको पूजा गरेर मनाइएको छ । आज विहानै देखि शक्तिका प्रतिक मानिने महाकाली र देवी भगवतीका मन्दिरमा भक्तजनहरुको भीड लागेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्