६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

नेप्सेमा १७ दशमलव ३० अङ्कको गिरावट

आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ३० अङ्कले घटेर दुई हजार १८ दशमलव ३३ को बिन्दुमा कायम भएको छ।

यो साता सुनको मूल्यमा गिरावट

नेपाली बजारमा यस साता सुनको मूल्य रु तीन हजार नौ सय १५ ले ओरालो लागेको छ।साताको पहिलो दिन आइतबार प्रति दस ग्राम रु ९६ हजार एक सय ९५ रहेको सुनको मूल्य साताको अन्तिम कारोबार भएको दिन आजसम्म आइपुग्दा ओरालो लागेको हो।आज प्रति दस ग्राम सुनको मूल्य रु ९३ हजार दुई सय ८० मा झरेको छ।

नेप्से परिसूचकमा १९ दशमलव ४२ अङ्कको गिरावट

सोमबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा कायम भएको हो।

आयात र निर्यात दुवैमा गिरावट

चालु आर्थिक वर्ष २०८०-८१ को पहिलो महिनामा साउनमा वस्तु आयात तथा निर्यात दुवैमा गिरावट आएको छ। गत आर्थिक वर्ष २०७९-८० को साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा आयात १.५६ प्रतिशत र निर्यातमा ८.६५ प्रतिशतले गिरावट आएको हो।

चितवनमा सुनको कारोबारमा ७५ प्रतिशत गिरावट, १० प्रतिशत पसल बन्द

चितवनमा सुनचाँदीको कारोबारमा मन्दी आएको व्यवसायीले बताएका छन्। अन्य क्षेत्रमा जस्तै सुनको व्यापार पनि ठप्प भएको व्यवसायीले बताएका हुन्।

नेप्से परिसूचकमा आज पनि उच्च अङ्कको गिरावट

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार र मङ्गलबार भने घटेको छ । सोमबार २६ अङ्कले घटेको नेप्से परिसूचक आज ३६ दशमलव १९ अङ्कले ओरालो लागेर दुई हजार एक सय ६४ दशमलव ३१ विन्दुमा सीमित भएको छ।

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ६२ अङ्कले ओरालो लागेर दुई हजार ४८ दशमलव ९३ मा सीमित भएको छ।

साढे ३ खर्ब कम राजस्व संकलन

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको असर राजस्व संकलनमा परेको छ। सरकारले चालु आर्थिक वर्षको नौ महिनामा लक्ष्यभन्दा करिब साढे ३ खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्