५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

बेरुजु असुल्न पोखरा महानगरलाई सार्वजनिक लेखा समितिको निर्देशन

पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले महानगरको बेरुजु असुलउपर गर्न कार्यपालिकालाई निर्देशन दिएको छ।

प्राईम सहकारीमा बचतकर्ताको डेढ अर्ब हिनामिना

पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बचतकर्ताको डेढअर्ब रुपैयाँ हिनामिना भएको पुष्टि भएको छ।

पानी स्रोतको खोजी

लामो समयको खडेरीका कारण पानीको स्रोत कम हुँदै गएपछि पोखरा महानगरपालिका ३३ भरतपोखरीस्थित खुर्वादी हुडिकोट लिफ्टिङ खानेपानी योजनाका लागि स्थानीयले वैकल्पिक स्रोत खोजेका छन्।

खोइ फेवाताल ? तुवाँलोले ढाक्यो

शनिबार पोखराको मौसम यतिसम्म प्रदूषित थियो की फेवातालको वारि किनारबाट पारिपट्टिको गाउँ देखिएको थिएन। फेवाको किनारबाट हेर्दा तालको बीचभागका सयर गरिरहेका डुंगा पनि प्रदूषित तुवाँलोमा लुकिरहेका थिए।

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३ पक्की पुल निर्माण सम्पन्न भएको छ।

बिहीबार खुलेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान शुक्रबार पुनः रोकियो

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडानमा पुन: अवरोध आएको छ। बाक्लो तुवाँलोका कारण बिगत एक सातादेखि विमानस्थलबाट हुने हवाई उडान र अवतरणमा अवरोध आइरहेको थियो। अघिल्लो शुक्रबारदेखि रोकिएको उडान हिजो विहीबार खुलेपनि शुक्रबार पुन अवरुद्ध भएको विमानस्थलले बताएको छ।

पोखरा महानगरका इन्जिनियर बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका इन्जिनियर शिव प्रसाद बरालसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनदेखि रोकिएका उडान आजदेखि नियमित

बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ।

मादी नदीमा धमाधम पुल निर्माण हुँदै

मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ।

अनिश्चित बन्दै पोखराको हवाई उडान

वायु प्रदूषणले भिजिविलिटी अपुग हुँदा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हवाई सेवा अझै अवरुद्ध छ। पोखराको वायुमण्डलमा रहेको बाक्लो तुवाँलो तत्काल हट्ने अवस्था नदेखिँदा हवाई उडान अझै अनिश्चित बन्दै गएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भनाई छ। पछिल्लो पाँचदिन अवधिमा गत आइतबार मात्र मध्यान्हपछि विमानस्थल खुलेर केही उडान भएपनि त्यसपछि पनि विमानस्थल खुल्न सकेको छैन। सोमबार र मंगलबार पनि विमानस्थल खुल्न सकेन

पोखरा स्पोर्टस् अवार्डः चार विधामा नोमिनेसन सार्वजनिक

वर्ष २०८० को पोखरा स्पोर्टस अवार्ड को नोमिनेसन सार्वजनिक गरिएको छ। खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले यहि वैशाख २८ गते पोखरा सभागृहमा आयोजना गर्ने पोखरा स्पोर्टस अवार्ड–२०८० को चार विधाका नोमिनेसन सार्वजनिक गरिएको हो।

वायु प्रदूषण बढेकोले अत्यावश्यक काममा बाहेक घरबाहिर नहिड्न चिकित्सकको सुझाव

पछिल्लो एकसातादेखि पोखरा धुम्मिएको छ। दिउँसो घाम लागेपनि पोखरा खुलेको छैन। घामको तातोसँगै तुवाँलोमा लुक्दा निसास्सिएको अनुभव पोखरेलीले गरेका छन्। आसपासका डाँडाकाँडा कतै केही देखिन्न। अहिलेको वायु प्रदूषणले तत्काल र दीर्घकालिन रुपमा स्वास्थ्यमा समस्या पार्न सक्ने भन्दै अत्यावश्यक काम बाहेकले घर बाहिर ननिस्कन चिकित्सकले अनुरोध गरेका छन।

तीनदिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तीनदिनपछि संचालनमा आएको छ। शुक्रबारदेखि खुल्न नसकेको विमानस्थल आइतबार दिउँसो १ बजेदेखि बल्ल खुलेको हो।

पोखरामा तुवाँलोको प्रभाव: ‘कनेक्टिङ फ्लाइट’ भेट्न रात्रीबसमै फर्किए विदेशी पाहुना

बाक्लो तुँवालोले घेरिएको पोखरामा हवाई उडानमा अवरोध आउँदा घुम्न आएका र आउन थालेका विदेशी पाहुनाले पाएको व्यावसायीले बताएका छन। पछिल्लो समय पोखरालाई बाक्लो तुँवालोले ढाकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्