५ आश्विन २०८१ शनिबार
image/svg+xml

बेलायती मन्त्रीद्वारा नेपाली सेनाको प्रशंसा

बेलायती रक्षा राज्यमन्त्री मार्क लङ्कास्टरले नेपाली सेनाको प्रशंसा गर्दै नेपाल र ब्रिटेन विश्वकै दुई महान मुलुकहरु भएको बताएका छन्।

अर्थमन्त्रीको भ्रमण उपलब्धिमूलक

अर्थमन्त्री युवराज खतिवडाको बेलायत भ्रमण उपलब्धिमूलक भएको अर्थ मन्त्रालयले जनाएको छ। बेलायतमा आयोजित तीनदिने लगानी सम्मेलन पूर्वको कार्यक्रम सम्पन्न गरी उनी आइतबार स्वदेश फर्किएका हुन्।

बेलायत भ्रमणमा लगानी भित्र्याउन के के गरे अर्थमन्त्रीले ?

अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो बेलायत भ्रमणको समयमा एक दर्जन भन्दा बढी भेटघाट गरे। उनले वैदेशिक लगानी भित्र्याउन भेटघाट गरेका थिए। उनको बेलायती अन्तर्राष्ट्रिय आर्थिक सहायता राज्यमन्त्री तथा हाउस अफ लडर्सका सदस्य लर्ड बेट्ससंग बेलायतको हाउस अफ कमन्समा भेटघाट भयो ।

सन्तोषजनक भएन अर्थमन्त्रीको बेलायत भ्रमण

दुई सरकारी अधिकारी सहित संयुक्त अधिराज्य बेलायतको ३ तीन दिने भ्रमणमा आएका अर्थमन्त्री डा. युवराज खतिवडा शनिवार  साँझ नेपाल फर्किएका छन्। तर उनको बेलायत बसाइ भने उद्देश्यअनुरुप सन्तोषजक देखिएन।

नेपाल उपर्युक्त गन्तव्य हो, लगानी गर्न आउनुस् : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले दुई दर्जनभन्दा बढी बेलायती कम्पनीका व्यवसायी तथा लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन्। ब्रिटिस एक्सपर्टिज इन्टरनेसनल (बीईआई) ले आयोजना गरेकोे कार्यक्रममा मन्त्री खतिवडाले नेपालमा लगानीको लागि उपयुक्त गन्तव्य भएको भन्दै लगानी गर्दाका सापेक्षित लाभबारे बेलायतस्थित नेपाली लगानीकर्तालाई जानकारी गराए।

नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२०

प्रजातन्त्र दिवसको अवसर पारेर नर्दन आयरल्याण्डमा नेपाल भ्रमण बर्ष २०२० को शुरुवात गरिएको छ।  वेलफास्टमा मंगलबार आयोजित ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, डियुपी नेतृ फोष्टर, नर्दन आयरल्यण्डमा सभामुख रोबीन न्युटन, स्थानीय सिनफिन पार्टीका सांसद कोहीमी आर्चीबाल्ट लगायतले नेपाल भ्रमण बर्ष २०२० ब्यानर संयुक्त रुपमा उद्घाटन गरे।

नेपाली महिलालाई ब्रिटिस सेनामा जान किन रोक लगाउन खोजिँदैछ ?

यो निर्णयमा सम्बन्धित निकायहरूसँग बसेर छलफल गर्नुपर्ने परराष्ट्रविद् डा. खड्ग केसी बताउँछन् । भन्छन, ‘मुलुकको स्वाधिनताको लागि सरकारले गरेको निर्णय स्वागत योग्य रहेको छ।’

बेलायती रक्षा राज्यमन्त्री नेपाल आउँदै

बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणका लागि बुधबार नेपाल आउँदै छन्।

संसदीय समिति भन्छ : नेपाली महिलालाई बेलायती सैनिकमा नपठाऊ, गएकालाई पनि फिर्ता ल्याऊ

संघीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बेलायती सेनामा कार्यरत महिलालाई फिर्ता पठाउन निर्देशन दिएको छ। भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका मागको समस्या समाधान गर्न यो निर्देशन दिइएको समितिले जनाएको छ।

मेले गरिन् प्रतिपक्षी नेतासँग वार्ता प्रस्ताव

बेलायतको युरोपेली संघ (इयू) बाट हुने बहिर्गमन (ब्रेक्जिट)लाई लिएर सरकारले ‘कस्टम युनियन’बारेको आफ्नो अडानलाई केही खुकुलो पार्ने अनुमान भइरहेका बेला प्रधानमन्त्री थेरेसा मेले प्रतिपक्षी दलका नेता जेरेमी कर्बिनसँग छलफल गर्ने भएका छन्।

सम्झौता विनाको ब्रेजिक्टले ६ लाख रोजगारी गुम्न सक्ने

युरोपेली संघबाट कुनै सम्झौता बिना बेलायत बाहिरिने निर्णय भएमा लाखौँ रोजगारी गुम्न सक्ने एक अध्ययनले देखाएको छ। अध्ययन प्रतिवेदनका अनुसार विश्वभरीबाट झण्डै छ लाख रोजगारी सङ्कटमा पर्नसक्ने देखिएको छ।

ब्रेक्जिट : मे र जन्करबीचको वार्ता सकारात्मक

युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)बारे यसअघि भएको सम्झौतालाई परिवर्तन गर्नेबारे बेलायती प्रधानमन्त्री थेरेसा मे र युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करबीच भएको वार्ता सकारात्मक भएको बताइएको छ।

आयरल्यान्डसँगको सीमामा कडाइ गर्ने घोषणा

बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेतालाई सम्बोधन गर्दै युरोपेली संघ (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताएकी छन्।

प्रधानसेनापति थापा र बेलायती मेजर जनरलबीच भेटवार्ता

प्रधानसेनापति पूर्णचन्द्र थापासँग बेलायती सेनाका मेजर जनरल डंकन क्याप्सले भेटवार्ता गरेका छन्। बुधवार जंगी अड्डामा भएको भेटमा उनीहरुबीच द्विपक्षीय हित र पारस्परिक चासोका विविध विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

‘कम्युनिष्ट सरकारविरुद्ध लण्डनमा पनि विरोध’

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारविरुद्ध नेपालमा देशव्यापी प्रदर्शन गरेकै दिन बेलायतमा समेत सरकारको विरोध गरिएको छ । वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिले सोमवार लण्डनस्थित नेपाली दूतावास भवनमा जम्मा भएर सरकारको विरोध गर्दै सरकारबिरुद्ध ज्ञापनपत्र बुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्