८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

अनुदानले खेती क्षेत्र र उत्पादन बर्सेनि बढ्दै

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चैते धानको उत्पादन क्षेत्र बर्सेनि वृद्धि हुँदै गएको पाइएको छ।

तीन भाले गैँडा स्थानान्तरण

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन वटा भाले गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। पश्चिममा गैँडाको सङ्ख्या बढी भएपछि पूर्वतर्फ स्थानान्तरण गरिएको हो।

नवलपरासीमा धान उत्पादन बढ्यो

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ। जिल्लामा धान खेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए।

अटो सञ्चालनले ‘अटोमेटिक’ भएको अनिता सारूको जीवन

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–६ की अनिता सारुलाई हरेक दिन सबेरै घरधन्दा सक्ने हतारो हुन्छ। उनले भनिन्, “जति सक्दो चाँडो घरको काम सक्यो, उति चाँडो अटो लिएर निस्कन पाइन्छ।”

मन ठूलो भएकी ‘पियारी आमा’

खरले छाएको सानो घर। घरछेउको खेतबारीमा धान हरियो छ। हरियो धान खेत देखाउँदै मसिनो स्वरमा पियारी गुरुङले भनिन्, ‘यो मेरै थियो, स्कुललाई दिएँ, मैले त पढ्न पाइनँ, अब अरूले पढ्न पाऊन।’

वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा एक वर्षमा वैदेशिक रोजगारमा गएका २८ जनाको मृत्यु भएको छ। चालु आर्थिक वर्षको हालसम्ममा जिल्लाबाट वैदेशिक रोजगारमा गएका उनीहरूले ज्यान गुमाएका हुन्।

वाल्मीकि आश्रम पुग्न पुल बन्यो, बाटो बनेन

नारायणी नदीमा बनेको यस पुललाई स्थानीयले लव–कुश झोलुङ्गे पुलको उपनाम दिएका छन्। यहाँ पुग्ने जोकोहीलाई यो पुलले आकर्षित गर्छ। पुल निर्माण सम्पन्न भएको करिब एक वर्ष भइसक्यो तर सञ्चालनमा आएको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्