४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

एमालेले बोलायो सचिवालय बैठक

नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको हो।

जनमत एमालेको पक्षमा आउने वातावरण बनाउन ओलीको निर्देशन

‘यस निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा, भयरहित परिस्थितिमा, भयरहित वातावरणमा हामीले सम्पन्न गर्नुपर्नेछ। यस निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष बनाउन हामीले प्रभावकारी भुमिका खेल्नुपर्दछ। यसका निम्ति हाम्रो सरकारसँग वार्ता, कुराकानी र दवाब। र त्यसै गरेर राज्यका निर्वाचनसँग सम्बन्धित विभिन्न अंग र निकायहरुसँग हामीले सम्वाद पनि गर्नुपर्दछ। र बेठिक कुरा गर्नबाट उनीहरुलाई रोक्नु पनि पर्दछ।'

आज एमाले केन्द्रीय कमिटी बैठक बस्दै

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्