९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

वर्ष दिनपछि ढालियो बिस्काको लिंगो

२०८० को अन्तिम दिन चैत ३० गते शुक्रबार साँझ उठाइएको भक्तपुरको बिस्का जात्राको यसिंद्य (लिंगो) २९८१ शनिबार साँझ ढालिएको छ।

जात्राले घेरिएको उपत्यका

काठमाडौंको इन्द्रजात्रा, ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा भनेजस्तै भक्तपुर अहिले बिस्का जात्रामा रमाइरहेको छ।

भक्तपुरको बिस्का जात्रा : यसिंद्य ढालिंदै आज

आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको ५५ हात लामो यसिंद्य (लिंगो) आज साँंझ ५ बजे ढालिँदै छ।

बिस्का जात्रा दोस्रो दिन पनि जारी

प्रत्येक वर्ष नयाँ वर्षको चार दिनअगाडि सुरुवात गरिने आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्रा दोस्रो दिन पनि जारी रहेको छ।

भक्तपुरमा बिस्का जात्रा सुरु

भक्तपुरको बिस्का जात्रा मंगलबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका– ५ तःमारी (टौमढी पाँचतले मन्दिर) अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँगै आठ रात नौ दिन लामो यहाँको जात्रा सुरु भएको हो।

उभियो भक्तपुरको बिस्का जात्राको लिंगो

आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको प्रमुख आकर्षण ५५ हात लामा लिंगो उठाउने कार्य बिहीबार राति सम्पन्न भएको छ। प्रत्येक वर्षजस्तै भक्तपुर नगरपालिका–५ स्थित ल्योसिंखेलमा ५५ हात लामो लिंगो राति पौने आठ बजे उभ्याइएको थियो। साँझ पाँच बजेदेखि सयौं युवाको सक्रियताले लिंगो उठाउन सफल भएको थियो।

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

तान्त्रिक विधिबाट आठ रात, नौ दिन मनाइने भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक महत्व रहेको बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढङ्गले मनाउने सन्देश प्रवाह गर्दै आज भक्तपुरमा सद्भाव र्‍याली आयोजना गरिएको छ।

भक्तपुरको बिस्का जात्रा: ढालियो ल्योसिंद्य

वर्षको अन्तिम दिन उठाउने ल्योसिंद्य वर्षको पहिलो दिन अर्थात् वर्षको पहिलो दिन नै ढाल्नुपर्ने परम्परा अनुसार बिहीबार ढालिएको हो।

उठाइयो भक्तपुर बिस्का जात्राको ल्योसिंद्यो

बुधबार राति नै उठाइ सक्नुपर्ने भक्तपुरको बिस्का जात्राको ल्योसिंद्यो (लिङ्गो) बिहीबार उठाउन सफल भएको छ। ल्योसिंद्य बिहीबार दिउँंसो साढे तीन बजे मात्रै उठाउन सफल भएको हो।

बिस्का जात्राको ल्योसिंद्यो आज दिनभर उभ्याउने प्रयास

रातभरको निरन्तरको प्रयासपछि पनि बुधबार भक्तपुरको बिस्का जात्राको ल्योसिंद्य (लिङ्गो) उभ्याउने प्रयास विफल भएको छ।

आज बिस्का जात्राको मुख्य दिनः ल्योसिंखेलमा ५५ हात लामो लिंगो उभ्याइने

प्रत्येक वर्ष चैतको अन्तिम दिन साँंझ यहाँं यसरी नै लिंगो उभ्याउने गरिन्छ। उभ्याइएको लिंगो वैशाख १ गते ढाल्ने गरिन्छ। चैतको मसान्तमा उभ्याइने र वैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उभेको बुझाइ छ।

बिस्का जात्रा शान्तिपूर्ण रुपमा मनाउन सद्भाव र्‍याली

भक्तपुरको ऐतिहासिक एवम् सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै आइतबार यहाँं सद्भाव र्‍याली तथा जनचेतना कार्यक्रम गरिएको छ।

रोपाइँ छोडेर एन्टिजेन परीक्षण

एन्टिजेन परीक्षणका लागि योसिंखेलमा आएकी उनले स्वास्थ्यको हाल बुझेर मात्र खेतको हालचाल बुझ्ने बताइन्।

आज बिस्का जात्राको मुख्य दिन, ५५ हात लामो लिंगो ठड्याइँदै

बिस्का जात्रा मनाउने क्रममा हरेक वर्षको अन्तिम दिन यस ठाउँमा लिंगो ठड्याइन्छ। लिंगो ठड्याउने कार्य साँझ सुरु हुन्छ। तर त्यो लिंगो कति समयमा ठडिन्छ त्यसको कुनै टुंगो हुन्न। सयौं मानिसको संगठित भीडले एकसाथ डोरी तानेर ठड्याउनुपर्ने भएकाले लिंगो ठडिने समय निश्चित नभएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्