५ मंसिर २०८१ बुधबार
image/svg+xml

मजदुर बोकेको बस दुर्घटना, दुईको घटनास्थलमै मृत्यु, ८ जना गम्भीर घाइते

दोलखामा मजदुर बोकेको बस दुर्घटनामा परेको छ। बिगु गाउँपलिका–१ माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा कार्यरत मजदुरहरुलाई कार्यस्थल तर्फ लैजाने क्रममा उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा परी २ जनाकाे घटनास्थलमै मृत्यु भएको छ भने ८ जना गम्भीर घाइते भएका छन्।

जन्ती बसले किच्दा भारतीय युवकको मृत्यु

जन्ती बसले किच्दा विहिबार एक भारतीय युवकको मृत्यु भएको छ । भारतको सितामाढीबाट सदरमुकाम मलंगवा जन्ती आएका सितामढी मोहनपुर निवासी २३ वर्षीय अमरनाथ रायको मृत्यु भएको हो।

तीर्थयात्री सवार बस दुर्घटनामा हुँदा २ जनाको मृत्यु, १० घाइते

उदयपुरबाट तीर्थयात्री बोकेर जनकपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २ जनाको मृत्यृ भएको छ भने १० जना घाइते भएका छन्। जिल्लाको बेलका नगरपालिकाबाट जनकपुरतर्फ जाँदै गरेको तीर्थयात्री बोकेको को १ ख ४९३४ नं. को यात्रुबाहक बसले बुधबार विपरित दिसाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको उदयपुर प्रहरीले जनाएको छ।

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

सल्यानमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रा १ त ११५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा जिल्लाको शारदा नगरपालिका १३ चिसापानी का २३ वर्षीय चालक कृष्ण डाँगी र उनका साथमा रहेका चैबाङ्गज्युला घर भएका १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जन्ती बस दुर्घटनामा २ को मृत्यु, २२ घाईते

कान्तिलोकपथको हेटौंडा–काठमाडौं अन्तरगत मकवानपुर गढी गाउँपालिका २ धरमपानीमा जन्ती बोकेको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन्। भक्तपुरबाट २८ जना जन्ती बोकेर हेटौंडातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस सडकको घुमाउरो मोडबाट भीरमा खस्दा दुर्घटना भएको हो।

बोइङ ७३७ म्याक्सको सुरक्षामाथि प्रश्न चिह्न

छ महिनाभित्रै दोस्रो पटक बोइङ ७३७ म्याक्स विमान उड्नासाथ दुर्घटना भएसँगै यसको सुरक्षामाथि प्रश्न चिह्न उब्जिएको छ।

उखु बोकेका साधनले सवारी आगमनमा समस्या

उखु बोकेका सवारी साधनको चापका कारण राजमार्गमा दुर्घटना बढ्ने, राजमार्ग जामहुने लगायत समस्याबढेको छ।उखु बोकेका ट्याक्टरको ट्रेलर, टायरगाढामा पछाडि टल्कने वस्तु वाब्याकलाइट नहुने भएका कारण राती पछाडिबाट आउने अन्य सवारी साधन ठोकिने गर्दा दुर्घटनाको समस्या बढेको छ।

मिजासिली एकताको सम्झना झलझली

इथियोपियन विमान दुर्घटनामा ज्यान गुमाएकी एकता अधिकारीले साथीसँग विवाहका बारेमा कुरा गर्दै जिस्किएकी थिइन्। घटना हुनु दुई दिनअघि भएको म्यासेन्जर कुराकानी सम्झँदै उनकि ति साथीले भनिन् ‘तैंले बिहे गर्नुपर्छ, तेरो बिहेमा यस्तो गर्छु, उस्तो गर्छु भन्दै ऊ मसँग जिस्किएकी थिई। मैले पनि उसलाई त्यसरी नै जिस्क्याएकी थिएँ।’

इथियोपिया विमान दुर्घटनामा एक नेपालीको पनि मृत्यु

आइतबार इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको लागि उडेको विमानमा परी एक नेपाली, आठ चालक दलका सदस्यसहित ३० राष्ट्रभन्दा बढी मुलुकका १५७ जनाको मृत्यु भएको छ। प्राप्त पछिल्लो जानकारी अनुसार विमानमा यात्रारत ३२ जना केन्याली, १८ जना क्यानडाली, नौ जना इथियोपियाली नागरिकको मृत्यु भएको इथियोपियाली अधिकारीले बताएका छन्।

केन्यामा विमान दुर्घटना, १५७ जनाकाे मृत्यु

अबाबा- इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटनामा हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन्।

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना : एकै दिनमा फर्कियो जाँचबुझ टोली

गएको फागुन १५ गते ताप्लेजुङको सिस्नेखोला स्थित तारेभीरमा भएको हेलिकोप्टर दुर्घटना जाँचबुझका लागि सरकारले गठन गरेको समिति एकैदिनमा काठमाडौं फर्किएको छ।

दुर्घटना जाँचबुझ समिति पाथीभरा मन्दिर पुग्यो

हेलिकोप्टर दुर्घटनाको विषयमा छानबिन गर्न गठित जाँचबुझ टोली ताप्लेजुङको पाथीभरा मन्दिर पुगेको छ। यही फागुन १५ गते पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना सवार हेलिकोप्टर दुर्घटना भएपछि सरकारले जाँचबुझ समिति गठन गरेको थियो।

स्कुटर चालकको मृत्यु

सूर्यविनायक नगरपालिका–६, घलाते चोकमा शनिबार बिहान स्कुटर पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

जन्ती बस दुर्घटना हुँदा १ को मृत्यु, ११ घाइते

जन्ती लिएर माडी जाँदै गरेको बस शनिबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। ना ७ ख २२८ नम्बरको बस दुर्घटना हुँदा माडी नगरपालिका वडा नम्बर २ का २४ वर्षीय मिथुन चौधरीको मृत्यु भएको हो।

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

जिल्लास्थित बाग्मती नगरपालिकामा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। बाग्मती नगरपालिका–१२ स्थित क्षेत्रीय सडकमा लु २ त ३३४३ नम्बरको ट्याक्टर पल्टिँदा चालक यज्ञबहादुर बुढाथोकीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्