राजावादीको प्रदर्शनः पर्यटन क्षेत्र झस्कियो
गत शुक्रबार राजावादी समूहले राजधानीमा गरेको हिंसात्मक प्रदर्शनका कारण पर्यटन क्षेत्रमा चिन्ता सुरु भएको छ। काठमाडौंमा भएको उक्त घटनाका कारण नेपाल आउने तयारीमा रहेका कतिपय विदेशी पर्यटकले चाँसो देखाएको व्यावसायीले बताएका छन्। कतिपय पर्यटकले घटनाक्रम र त्यसको प्रभाव, घुमघाममा असर पर्ने वा नपर्ने बारे सोधपुछ समेत थालेका छन्।