९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

श्रममा ‘सुगन्ध’

कुनैबेला वैदेशिक रोजगारीमा जान अनिवार्य मानिएको श्रम स्वीकृति लिनै तीन–चार दिन लाग्ने गरेकामा यतिबेला भने सबै प्रक्रिया पूरा गरेको छ भने करिब तीन मिनेटभित्रै यस्तो स्वीकृति पाइने भएको छ।

असम्भव नतिजाको आशामा पाकिस्तान

नेट रनरेटका आधारमा न्युजिल्यान्डलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाउन पाकिस्तानले समूहको अन्तिम खेलमा शनिबार डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई कम्तीमा २८७ रनले हराउनुपर्नेछ।

ओली र दाहालले नेकपा फुटाएको गौतमको आरोप

तत्कालिन नेकपा ब्युँताउन लागेका पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दैै पार्टी फुटाउने मामलामा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको भूमिका रहेको बताएका छन्।

खोपबिना व्यवसाय असम्भव: पर्यटन व्यवसायी

सरकारले खोप ल्याउन ढिलासुस्ती गर्नु पर्यटन क्षेत्रका लागि सबैभन्दा बढी चिन्ताको विषय रहेको उनीहरूको भनाइ छ। सरकारलाई खोप भित्र्याउन र व्यवसायीमैत्री नीति ल्याउन दबाब दिँदै पर्यटन व्यवसायीले सोमबार पोखरामा दबाबमूलक कार्यक्रम पनि गरे।

एमालेमा एकता ‘असम्भव’

नेपाल पक्षले वडा तहसम्म समानान्तर कमिटी गठन गरेर एमालेको ठूलो पंक्तिलाई आफ्नो पक्षमा संगठित गरिरहेको छ। नेपाल पक्षले संगठित गरिरहेको पंक्ति पार्टी फुटाउनकै लागि भएको र त्यसबाट बनेको नयाँ दल अन्ततः माओवादीमा गएर मिल्ने सम्भावना देखिएको भन्दै ओली पक्षले अब एकता असम्भव जस्तै भएको निष्कर्ष निकालेको हो। ‘

सुरुङमार्ग फिनिसिङमा ठेकेदारको ढिलाई, दसैँ उपहारमा मेलम्ची पानी ‘असम्भव’ बन्दै

ठेकेदारले मुख्य संरचना सुरुङमार्ग ‘फाइनल फिनिसिङ’ (ढलान) को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ।

तरलता अभाव कायमै रहे अाठ प्रतिशत आर्थिक वृद्धि असम्भव

लगानीयोग्य पुँजी (तरलता) को अभाव कायमै रहे आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न अम्भव नहुने सुझाव बैंकरले दिएका छन् ।बैंकमा लगानीयोग्य पुँजीको अभावले ऋण प्रवाह गर्न नसकिएको र त्यसले आर्थिक वृद्धिमा समेत असर पार्ने चेतावनी उनीहरुले दिए ।

‘जनप्रतिनिधिले धेरै सुविधा खोजे समृद्धि असम्भव’

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनप्रतिनिधीले धेरै सेवा सुविधा खोजे जनता अन्यायमा पर्ने बताएका छन्। जनप्रतिनिधीले धेरै सुविधाको सट्टा जनताको स्वयम् सेवकको रुपमा काम गरे मात्र ‘सुखी नेपाली समृद्ध नेपाल’ सम्भव रहेको बताए।

‘चुरे चर्चा नहुँदा कृषि विकास असम्भव’

आइतबार ५ नम्बर प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भयो। नीति तथा कार्यक्रममा प्रदेशको आर्थिक समृद्धिका लागि कृषि र पर्यटन विकासमा जोड दिइएको छ।

निजी क्षेत्रसँग साझेदारी नगरे द्रुत विकास असम्भव

नेपालले आउँने वर्षहरुमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य बनाएको छ । राष्ट्रिय योजना आयोगका सदस्य सुनिलबाबु श्रेष्ठ उक्त लक्ष्य हासिल गर्न २४ खर्ब रुपैयाँ लगानी गर्नुपर्ने बताउँछन् । ‘तर यत्रो रकम सरकारसँग छैन,’ सदस्य श्रेष्ठ भन्छन्, ‘हामीलाई चाहिने यो रकममा ५५ प्रतिशत निजी क्षेत्रबाट जुटाउनु पर्ने हुन्छ।’

राजाको नेतृत्व असम्भव

पूर्वराजा ज्ञानेन्द्रले भाइटीकाका दिन सन्देश दिँदै देशको दुरावस्थाप्रति आफू चिन्तित भएको कुरा त दोहो¥याए नै । (त्यसै कारण) देशको नेतृत्व लिन तयार रहेको मनको चाहनालाई पहिलोपटक स्पष्ट शब्दमा सार्वजनिकसमेत गरे । तर एकदमै धमाकेदार लाग्ने उनको यस्तो सन्देशले योभन्दा अघि जुन तरंग उत्पन्न हुने गथ्र्यो त्यो भने यसपाला भएन । पहिले पहिले भए उनका विवादरहितै वक्तव्य आउँदा पनि विरोधमा गणतन्त्रवादीहरूको स्याल हुइयाँ सुरु भइसक्थ्यो । सामग्रीको खडेरी परेका र दलीय झुकाव भएका सञ्चार माध्यम तिनमा षड्यन्त्रका छिद्र खोज्न थाल्थे । समाचारका विचारपृष्ठ र टेलिभिजनका टक शोमा आउनेहरूलाई उनलाई गाली गर्ने मसला मिल्थ्यो ।

राजधानीकै कारण असम्भव

उपत्यकाका काठमाडौं र ललितपुरमा आवश्यक सार्वजनिक शौचालय नबनेकाले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारी लक्ष्य पूरा नहुने भएको हो । सरकारले सन् २०१७ भित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणाको लक्ष्य राखेको छ ।

स्थानीय तह थपिए बर्खाअघि चुनाव 'असम्भव'

सर्वोच्चले स्थानीय तह थप्न रोक नलगाए तत्कालिन सरकारको निर्णय कार्यान्वयनमा आउने छ। र, निर्धारित मिति असार १४ मा चुनाव पनि संभव हुने छैन।

थपिएको संरचनाअनुसार जेठ ३१ मा चुनाब असम्भव : आयोग

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादबले सरकारले थपेका स्थानीय तहमा जेठ ३१ मै चुनाब हुने बताइरहँदा बिहीबार निर्वाचन आयोगले थपिएका स्थानीय तहको संरचनाअनुसार सो मितिमा निर्वाचन गर्न नसक्ने स्पष्ट पारेको छ। आयोगले जेठ २ गते थप गरिएका स्थानीय तहबाहेकका ४६१ स्थानीय तहमा निर्वाचन गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरेको छ।

'संविधान संशोधन नभएसम्म चुनाव असम्भव'

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा संघीय गठबन्धनका शीर्ष नेताले संविधान संशोधन नभएसम्म स्थानीय तह निर्वाचन बहिष्कार गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्