२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml

भरतपुर अस्पतालको मागप्रति गम्भीर : दाहाल

प्रधानमन्त्री दाहालले वार्षिकोत्सव उद्घाटन गर्दै भरतपुर केन्द्रीय अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न पहल विषय दोहाेर्‍याएका छन्।

त्रिविले बनाएको ८९ वटा कानुनमाथि संसदीय समितिको चासो

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा टेकेर ५ नियम,३४ विनियम,३४ कार्यविधि,१६ निर्देशिका गरी ८९ वटा कानुन बनाइएको प्रति संसदीय समितिले चासो देखाएको छ।

मुक्त कमैयालाई जग्गा दिने आश्वासन

लुम्बिनी प्रदेशका मुख्य मन्त्री डिल्ली थारुले मुक्त कमैया दिवसकाे अवसरमा अर्को वर्षको बजेटमा मुक्त कमैयाले जग्गा पाउने आश्वासन दिएका छन्।

प्रदेश बजेट २०७८/०७९ मा खेल क्षेत्र: मागेको आधा मात्रै आश्वासन

बजेट माग १ अर्ब हो । तर ५० करोड छुट्ट्याउने आश्वासन छ। आश्वासनअनुसार नै खेलकुद क्षेत्रलाई छुट्टिन्छ,’ स्रोतले भन्यो, ‘यो वर्षको बजेटमा गत वर्षको केही शीर्षकलाई भने हटाइएको छ।’

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन् । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत जिल्ला अदालतको आदेशमा सोमबार पुर्पक्षका लागि थुनामा परेका हुन् ।

दशक बित्यो, पूरा भएन आश्वासन

यो वर्षको दसैं नयाँ घरमा मनाउने भनेका थिए, हामी पनि पुख्र्यौंली थलो छाड्न राजी भएका थियौं तर भनेअनुसार भएन, हामीलाई भुक्काइयो, आशामात्रै देखाइयो। – सोमीलाल चेपाङ

पीडितलाई आश्वासन मात्रै

माडी नगरपालिका–८ कान्तिपुरस्थित बाह्रघरेका ३९ वर्षीय राजु प्रजा बाँदरमुढे घटनाका पीडित हुन्। घटनामा उनले बुबा सुनबहादुर र बहिनी मीनालाई गुमाए। बहिनीको हातको खिल जँचाउन र आफ्नो नागरिकता बनाउन भन्दै उनी बुवासँग बिहानै घरबाट हिँडेका थिए। बसमा भीडभाड भएपछि उनी छतमा चढे। बस बम विस्फोटमा पर्दा उनी हुत्तिएर पर पुगे। बहिनी र बुबाको घटनास्थलमै मृत्यु भयो। उनको ढाडमा चोट लाग्यो। घटनापछि अति डराएका उनी राम्रोसँग उपचारै नगरी घर आए। ढाडको चोटलाई सामान्य ठाने। ऐलानी जग्गामा बसोबास गर्दै आएको परिवारको जीविकोपार्जन गर्ने जिम्मेवारी उनकै काँधमा थियो। अरू उपाय नभएपछि बिदेसिन बाध्य भए। घटनाको चार महिनामै बिदेसिएका उनी ढाडको चोटका कारण एक वर्षभन्दा बढी टिक्न सकेनन्।

‘आफ्ना नेता’ले बाँडेका आश्वासन अपूरै

स्थानीय तह निर्वाचन भएको दुई वर्ष पुगेको छ। लामो समयपछि स्थानीय तहको निर्वाचनमार्फत पोखरा महानगरले कुर्सीमा मेयर मानबहादुर जिसीलगायत पदाधिकारी पाउँदा त्यो बेला नगरवासीमा निकै उत्साह छाएको थियो।

आश्वासन बढी, काम शून्य

अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए। उनले कागजमा केही योजना पनि ल्याए। तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन्। २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैंले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रूपमा देखा परेको छैन। विगतका निर्वाचनमा विकासमा चासो नराखेको आरोप खेप्ने ओलीले यसपटक भने सबैलाई चकित पार्ने योजना ल्याएका छन्। त्यसमाथि उनकै गृहनगर दमकमा योजना थुप्रिएका छन्। दमकबाहेक अन्यत्र दीर्घकालीन महत्व राख्ने योजना छैनन्।

‘नयाँ केही छैन, आश्वासनमात्र’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम आश्वासनको मात्रै भएको आरोप लगाएका छन्।

सरकारको एक वर्ष : मधेसलाई आस मात्रै

संविधान संशोधनको माग गर्दै आएका मधेसकेन्द्रित दुई राजनीतिक दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले सरकारसँगको एक वर्षे सहयात्रामा आश्वासन मात्रै पाएको गुनासो गर्न थालेका छन्।

तीन लाखको आश्वासन, निकासा शून्य

गत साउनको अविरल वर्षका कारण घरबार गुमाएका ४१ हजार पीडितलाई सरकारले तीन लाख रुपैयाँ अनुदानको घोषणा गरे पनि अहिलेसम्म सुको दिएको छैन।

‘आकांक्षी र आश्वासनमुखी’

वाम गठबन्धन सरकारका अर्थमन्त्री युवराज खतिवडाले मंगलबार पेस गरेको बजेटप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, विज्ञ र निजी क्षेत्रले फरकफरक प्रतिक्रिया दिएका छन्।

विहेको आश्वासन दिएर जनप्रतिनिधिले महिलालार्इ गर्भवती बनाएपछि...

रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

चुनावी आश्वासन कार्यान्वयनमा अलमल

रतिनिधि तथा प्रदेशसभा निर्वाचनताका एमाले अध्यक्ष केपी शर्मा ओलीले दाङमा चुनावी सभामा भनेका थिए, ‘हामीलाई भोट दिनुस्, तपाईंहरूले काम गर्नु पर्दैन, सुतिसुति खाने दिन आउनेछन्।’ सयौंको भीड गलल्ल हाँस्दा झनै उत्साहित ओलीले थपे, ‘तपाईंहरूले खाका पकाउनु पनि पर्दैन, पाकेको भात घरमै पुग्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्