अाठ निजी कलेजकाे सम्बन्धन खारेज
चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयले ८ निजी कलेजलाई दिएको सम्बन्धनमा त्रुटि देखिएपछि सरकारले खारेजीको निर्णय गरेको छ।
चितवनको रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयले ८ निजी कलेजलाई दिएको सम्बन्धनमा त्रुटि देखिएपछि सरकारले खारेजीको निर्णय गरेको छ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले आठवटा निजी क्याम्पसलाई सम्बन्धन दिएको विरोधमा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।
प्रतिवेदनमा उपकुलपति तीर्थ खनियाँ, रजिस्ट्रार डिल्लीराम उप्रेती र रेक्टर सुधा त्रिपाठीलाई पदबाट हटाउन सिफारिस गरिएको छ । घट्टेकुलोस्थित काठमाडौं नेसनल कलेजलाई प्रदान गरिएको विवादित सम्बन्धनमा संलग्न कानुनी सल्लाहकारसहित अन्य पदाधिकारीलाई पनि कारबाही सिफारिस गरिएको छ।
कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयलाई नियमन र व्यवस्थित गर्न स्पष्ट नीति नदेखिएका स्थितिमा उच्चस्तरीय शिक्षा आयोगले यस्ता विद्यालयलाई क्रमशः बन्द गराउने प्रस्ताव गरेको छ।
वाम गठबन्धनका दुई शीर्ष नेता केपी शर्मा ओली र पुष्पकमल दाहालले आउँदो दुई महिनाभित्र झापाको बी एण्ड सी अस्पताललाई शिक्षण अस्पतालको हैसियतमा सम्बन्धन दिने घोषणा गरेका छन्। ‘चुनाव लगत्तै वाम गठबन्धनको सरकार बन्ने र उक्त सरकारले सम्बन्धन दिने’ बचन दुवै नेताले दिएका हुन्।
काठमाडौं नेशनल मेडिकल कलेजलाई दिइएको सम्बन्धन बदर गर्ने निर्णयमा जारी सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध सरकारले 'भ्याकेट' दर्ता गराएको छ। शिक्षा मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत् कार्तिक ८ मा जारी आदेश खारेजीको माग गर्दै मंगलबार भ्याकेट दर्ता गराएको हो।
नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटी) ले नियमविपरीत २३ वटा विवादित प्राविधिक कलेजलाई सम्बन्धन दिने निर्णय गरेको छ । आइतबार उप्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले ०५९–०६८ सम्म आवेदन परेका पुराना कलेजहरूको हकमा अर्को शैक्षिक वर्षदेखि विद्यार्थी भर्ना लिने गरी सम्बन्धन दिने निर्णय गरेको प्रवक्ता जिवनारायण काफ्लेले बताएका छन् ।
आफूलाई दबाबमा पारेर कागजात गराएको भन्दै सम्बन्धन खारेज नगर्न कलेजको कार्यकारी अध्यक्षबाट राजीनामा दिइसकेका लम्बोधर न्यौपालनेले अर्को पत्राचार गरेपछि विवाद चुलिएको छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिने विवादित निर्णय ४२ दिनपछि फिर्ता लिएको छ । परिषद्को बुधबारको बैठकले पुरानो निर्णय सच्याउँदै कलेजको शिक्षण अस्पतालले सञ्चालन अनुमति नै नलिएको पाइएको भन्दै सम्बन्धन खारेज गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयले अस्पताल सञ्चालन अनुमतिबिनै सम्बन्धन पाएको घट्टेकुलोस्थित काठमाडौं नेसनल मेडिकल कलेजको सम्बन्धन खारेज भएको छ। त्रिवि कार्यकारी परिषदले सम्बन्धन खारेजको निर्णय गरेको हो। गोविन्द केसीले अनसनमा उठाएको माग उल्लंघन गर्दै त्रिविले फर्जी प्रतिवेदनका अाधारमा सम्बन्धन दिएको थियो। सो कार्यको सर्वत्र विरोध भएपछि गत शनिबार एउटा कार्यकारी परिषदले एउटा छानवीन समिति बनाइएको थियो। त्यो छानवीन समितिले बुधबार मध्यान्ह प्रतिवेदन बुझाए लगत्तै कार्यकारी परिषद बैठक बसेको हो।
स्वास्थ्य मन्त्रालयको छानबिन समितिले अस्पताल सञ्चालन अनुमति नै नभएको प्रमाणित गरिसक्यो । यी सबै विषयले त्रिवि पदाधिकारीदेखि ‘फर्जी’ प्रतिवेदन तयार पार्नेहरूको कर्तुत छरपस्ट भइसकेको छ । यस्तो अवस्थामा त्रिवि पदाधिकारी भने लाजै नमानी आफैंले गरेको निर्णयमाथि छानबिनको नाटक रचिरहेका छन् ।
भौतिक पूर्वाधार नपुगेको विवादित काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन उपयुक्त हुने भन्दै फर्जी प्रतिवेदन दिनेलाई ‘उम्काउन चलखेल’ सुरु भएको छ ।
नेपाल चिकित्सक संघले काठमाडाैँ नेशनल मेडिकल कलेजलाई दिएको सम्बन्धन खारेजै गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ।
काठमाडौं नेसनल मेडिकल कलेजलाई त्रिविले दिएको सम्बन्धन खारेजीविरुद्ध चिकित्सकको साझा संस्था नेपाल चिकित्सक संघले देशव्यापी आन्दोलन घोषणा गरेको छ।