७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

थिमिबासीले यसरी मनाए सिन्दुर जात्रा (फोटो/भिडियो )

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले हर्षोल्लासका साथ् सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्। मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा बोकेर सिन्दुर खेल्दै पूजाआजा गरि यो जात्रा मनाईएको हो।

सिन्दुरले रंगियो मध्यपुर थिमि

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले आज विहानैदेखि हर्षोल्लासका सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन्। विहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाईएको हो।

बिस्काःभित्रका गुमनाम जात्रा

बिस्का: (बिस्केट) जात्रा भन्नेबित्तिकै धेरैले सम्झने गर्छन्– लिंगो उठाउने, ढाल्ने अनि रथ तान्ने। तर, नौ दिन आठ रात लामो जात्राको आकर्षण यतिमा मात्रै सीमित छैन। बरु योभन्दा धेरै जात्रापर्व यहाँ चल्छन्, जुन प्रचारप्रसारमा आउन सकेको छैन।

ढालियो बिस्केटको लिंगो

बिस्केट जात्राको क्रममा भक्तपुरको ल्योसिंखेलमा शनिबार उठाइएको ५५ हात लामो लिंगो आइतबार साँझ ढालिएको छ। प्रत्येक वर्ष बिस्केट जात्राका क्रममा चैत मसान्तमा उठाएर वैशाख १ गते ढाल्ने परम्पराअनुसार लिंगो ढालिएको हो। चैत मसान्तमा उठाएर वैशाख १ गते ढाल्ने भएकाले लिंगो एक वर्ष उठेको भन्ने भनाइ छ।

उठ्यो बिस्केटको लिंगो

सानो क्षेत्रफलमा रहेका कारण घरका झयालझ्यालहरुसम्म डोरी लगेर झ्यालझयालबाट डोरी तानेर लिंगो उठाइएको हो। प्रत्येक वर्ष यहाँं यसरी नै लिंगो उठाउने चलन छ।

जात्रा सधैं रमाइलो

भक्तपुर, मंगलाक्षेका ७८ वर्षीय जगतलाल जाकीबन्जारका लागि बिस्काः (बिस्केट) जात्रा नौलो होइन। उनले हरेक वर्ष चैत अन्तिम साता भैरवको रथ तानातान गरेको, भेलुखेलमा लिंगो ठडाएको र ढलाएको हेरिरहेका छन्। जात्रामा रथ फेरियो, लिंगो फेरियो, जात्रालुको पोशाक फेरियो। तर, यसबाट मिल्ने खुसी भने हरेक वर्ष उस्तै रहेको उनले सुनाए। ‘जात्रा सधैं रमाइलो,’ विगत र अहिलेको जात्रामा कुन रमाइलो भन्ने प्रश्न खस्न नपाउँदै उनले भने, ‘यसले हामीलाई अर्को वर्ष बाँच्ने आशा जगाउँछ।’

यसरी मनाइन्छ भक्तपुरको बिस्केट जात्रा

भक्तपुर यतिखेर बिस्केट जात्रामय भएको छ। बुधबारदेखि सुरु भएको जात्रा वैशाख ५ गतेसम्म धुमधामका साथ मनाइन्छ। भक्तपुर नगरपालिका वडा नं ५ पाँचतले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ तानेर सुरु हुने जात्रा त्यही रथ तान्ने क्रमको समाप्तिसँगै सम्पन्न हुने परम्परा छ।

आजदेखि भक्तपुरमा बिस्केट जात्रा

भक्तपुरको बिस्केट जात्रा बुधबार सुरु हुँंदैछ। भक्तपुर नगरपालिका वडा नं. ५ टौमढीस्थित पाँचतले मन्दिरअगाडि बनाइएको भैरवनाथको रथ बुधबार दिउँसो तान्ने क्रमसँगै यहाँको बिस्केट जात्रा सुरु हुनेछ। प्रत्येक वर्ष यो जात्रा नौ दिन आठ रातसम्म धुमधामका साथ मनाइन्छ। प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिनअघिदेखि पाँचतले मन्दिरअगाडि राखेर प्यागोडा शैलीमा काठैकाठबाट तीनतले रथ बनाइन्छ। उक्त रथ तान्न सुरु गरेसँगै जात्रा प्रारम्भ हुने प्रचलन छ।

तार व्यवस्थित गरिने

भक्तपुरको प्रसिद्ध बिस्काः जात्रा (बिस्केट जात्रा)को क्रममा भइरहेको रथ तान्ने रुट, लिङ्गो उठाउने क्षेत्र र स्थानीयजात्रा सञ्चालन हुने क्षेत्रमा अव्यस्थित रुपमा राखिएका टेलिफोन, विद्युत्, केबुल र इन्टरनेटका तार यही चैत २५ गते सम्बन्धित निकाय आफैले व्यवस्थापन गर्ने र अनावश्यक तारहरू हटाउने भएको छ।

मध्यराति बिस्केट जात्रामा ढुंगा हान्ने १३ पक्राउ

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् विहीबार बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ।

टोखामा आजदेखि बिस्केट जात्रा शुरु

काठमाडौँको उत्तरी भेगस्थित टोखामा आजदेखि बिस्केट जात्रा शुरु भएको छ।प्रत्येक वर्ष वैशाख १ गतेदेखि ४ गतेसम्म गरिने जात्रामा स्थानीय कुमारी र गणेशलाई खटमा राखेर नगर परिक्रमा गराउने गरिन्छ।

बिस्केट जात्राको रौनक

इतिहासकार एवम् संस्कृतिविद् जगदीशशम्शेर राणाको ‘नाचगानको राजधानी : भक्तपुर’ यतिबेला रसरङ्गमा आल्हादित छ। युग फेरियो, तर सयौँ वर्षदेखि मनाइँदै आएको पर्वको सार फेरिएको छैन, महत्व घटेको छैन।

बिस्केट जात्राभित्रका जात्राहरू

नव वर्षको आगमनसँगै आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइने भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको मुख्य आकर्षण भैरवनाथ र भद्रकालीको रथ तान्ने र भेलुखेलस्थित यसिँख्यःमा ५५ हात लामो यसीँ (लिंगो) उठाउनु हो । भैरवनाथको रथ तान्ने प्रचलन शुरु हुनुभन्दा अघि भद्रकालीको मात्र रथ तान्ने परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन्।

यस्तो देखियो बिस्केट जात्राकाे राैनक (फाेटो र भिडियो)

नयाँ वर्षको आगमनसंँगै भक्तपुरमा आठ रात र नौ दिनसम्म मनाइने बिस्केट जात्रामा मंगलबार पहिलो दिन तौमढीबाट भैरवको रथ तानेर शुरु भएको छ। तौमढी अर्थात पाँचतले मन्दिर अगाडिबाट साँझबाट भैरवको रथ तानेर जात्रा शुरु भएको हो।

‘बिस्केट जात्राः नागनागिनीको कथा भ्रम मात्र’

सांस्कृतिक एवं ऐतिहासिक महत्वको बिस्का (बिस्केट) जात्रा आजदेखि शुरु हुँदैछ। नौ दिन आठ रातसम्म मनाइने बिस्केट जात्रा आज साँझ टौमढीस्थित पाँचतले मन्दिर अगाडिबाट भैरवनाथको रथ तानातान गर्दै शुरुआत गरिन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्