खुला आकाशमुनि पढ्न बाध्य विद्यार्थीले पाए पक्की भवन
भूकम्पपछि खुला आकाशमुनि पढ्न बाध्यदक्षिणी धादिङका विद्यार्थीले नयाँ भवन पाएका छन्। दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं. १, चिम्माङस्थित महादेवस्थान आधारभूत विद्यालय र वडा नं २ मा रहेको सीतामाई आधारभूत विद्यालयका विद्यार्थी नयाँ भवनमा सरेका हुन्। घामपानी सहँदै खुला ठाउँमा पढ्दै आइरहेका विद्यार्थीनयाँ भवनमा सर्न पाएपछि उत्साहित भएका छन्।