५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

सशस्त्र प्रहरीको गोदामको आगो निभाउन ४५ मिनेटपछि दमकल !

आगलागी सुरु भएदेखि करिब ४५ मिनेटसम्म बिना रोकटोक आगो दन्किरहेको थियो। यति बेलासम्म त्यो आगो नियन्त्रणको प्रयास कतैबाट हुनै सकेन। आगोले स्टोर बनाएको पुरै घर जल्यो। आगलागीबाट भएको क्षतिको विवरण भने मंगलबार साँझसम्म पनि आइसकेको छैन।

इम्बोस्ड प्लेटमा दुई ‘राज’ को रजगज

सर्वसाधारणले इम्बोस्ड नम्बर प्लेट जडान नगरे कारबाही गर्ने चेतावनी दिएको यातायात व्यवस्था विभागले मागभन्दा बढी लाखौं नम्बर प्लेट खरिद गरी थन्काएको पाइएको छ।

आगलागी अपडेटः घाइते ४ जनालाई सेनाको एयर एम्बुलेन्समा काठमाडौँ पठाइयो

विराटनगरको एक कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ। घाइते ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको हो।

चितवनमा कुखुराको दाना गोदाममा आगलागी हुँदा साढे एक करोडको क्षति

चितवनमा कुखुराको दाना उद्योगमा आगलागी भएको छ। गएराति साढे एक बजेको समयमा राप्ती नगरपालिका तीन स्थित किरण वलिको मञ्जुश्री दाना उद्योगको कुखुराको दाना गोदाममा आगो लागेको हो।

एक दर्जन खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा छापा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोग्य मिति सकिएका खाद्य सामग्रीमा नयाँ मिति राख्ने गोदाममा सिलबन्दी गरेको छ।

तस्करको गोदाममा प्रहरीको छापा, १३ लाख बराबरको सामान बरामद

शनिबार विहान लहान प्रहरीले सीमावर्ती भगवानपुर गाउँपालिका–४ ठाढीबाट भारी परिमाणमा तस्करीको सामान बरामद गरेको छ।

सरकारले छापेको पुस्तक गोदाममा, स्कुलमा निजीका पुस्तक

त्रिपुरेश्वरमा रहेको विश्व निकेतन स्कुलमा अध्ययनरत कक्षा १ का विद्यार्थीले किताबको लागि ६ सय अतिरिक्त शुल्क तिरे। सरकारले कक्षा १ को अनिवार्य विषय नेपाली, समाजिक, विज्ञान, स्वास्थ्य, गणित र अंग्रेजी गरी ५ थान अनिवार्य किताबको लागि २ सय ३८ रुपियाँ दिन्छ। सरकारले छाप्ने नेपाली माध्यमको अनिवार्य किताबको लागि उपलब्ध गराएको रकममा थप ६ सय थपेर कुल ८ सय ३८ रुपियाँमा अभिभावकहरुले विश्व निकेतन स्कुलका लागि सम्पूर्ण किताब अंग्रेजी माध्यमकका किने।

कबाडी गोदाममा अखाद्य तेलको कारोबार

राजेश चौरासियाको कवाडी कारोबार गर्ने गोदाममा अखाद्य तथा गुणस्तरहीन तेल जर्किनमा राखेर बिक्री गरिरहेको अवस्थामा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । चावहिलस्थित भत्केको पुलमा चौरासियाको कवाडी गोदाममा ब्रान्ड नखुलेको तेल जर्किनमा लुकाएर बिक्री वितरण गर्ने गरीएको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो ।

अक्सफामको गोदाममा म्याद गुज्रिएका राहत सामग्री

भूकम्पपीडितलाई राहत वितरण र जीविकोपार्जनमा सहयोग पुर्‍याउन नुवाकोटमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था अक्सफामको गोदाममा रहेका राहत सामग्रीको म्याद गुज्रिएको छ।

दुगडको गोदाममा आगलागी

केएल दुगडको नेपालगन्ज, भुजईगाउँस्थित तेल तथा खाद्यान्न गोदाममा आगलागी भएको छ । आज (शनिबार) दिउँसो ४ः१५ बजे लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन । बाँकेका प्रहरीप्रमुख एसपी टेकप्रसाद राईले आगो कसरी लाग्यो भन्नेबारे नखुलेको बताए ।

सयौं क्विन्टल गोदाममा, केही बारीमै

मेची पहाडको मुख्य उत्पादनमध्ये एक अदुवा केही दिनभित्रै निकासी नखुले गोदाम या बारीमै सड्दै छ। साउन र भदौ अदुवाको माउ निकालेर बेच्ने मुख्य सिजन हो। पूर्वी पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा मुख्य उत्पादन हुने अदुवा खन्ने र बेच्ने चटारोमा रहेका किसानलाई भारतले एक्कासि आयात रोकेर संकटमा पारिदिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्