६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सीप सिक्दै गोठी गाउँका महिला

गुठिचौरका महिला सीप सिकेर स्वरोजगार बन्न थालेका छन्। जुम्लाको गुठिचौर गाउँपालिका– २ गोठी गाउँका महिला गाउँमै आलु चिप्स बनाउने सीप सिकेर स्वरोजगार बन्न लागेका हुन्।

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका– २ का एक युवाले सावित गरिदिएका छन्।

‘समाजमा एकल महिलालाई सक्रिय भएर हिँड्ने अवस्था छैन’

बेनी नगरपालिका ९ घतानकी अमिता खत्रीले एकल महिलाले खुलेर समाजका गतिविधिमा सक्रिय हुन सक्ने अवस्था नरहेको गुनासो गरेकी छन्।

विदेशबाट फर्की स्वरोजगार बनेका सुमन

सीप मानिसको जिउन सक्ने पहिलो आधार हो। सीप भए केही न केही उद्यम गरेर जीवनयापन चलाउन सम्भव बन्छ। आफ्नो सीप तथा क्षमताले स्वदेश तथा विदेशमा राम्रो तलब लिएर काम गर्न सक्ने वातावरण पनि तयार हुन्छ।

खेलाडीहरु स्वरोजगार बन्न चाहे युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

उनले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोषमार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरेको बताए।

१५ वर्षमा कोषमार्फत ९५ हजार बढी स्वरोजगार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत हालसम्म ९५ हजार जना बढी स्वरोजगार भएका छन्।

काठमाडौँ महानगर अगाडि फुटपाथ व्ययवसायीको धर्ना (फोटोफिचर)

संघले यसअघि काठमाडौँका प्रमुख जिल्ला अधिकारीलाई ३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो। सो मागहरु १० दिनभित्र पूरा नगरिए आन्दोलनमा उत्रिने चेतावनी र त्यसबाट हुने क्षतिको जिम्मेवार स्वयं राज्य हुनुपर्ने चेतावनी महासंघले दिएको थियो।

‘काम गरी खान दे’ भन्दै राष्ट्रवादी स्वरोजगार व्यवसायी महासंघको बृहत् दबाब कार्यक्रम(फोटो फिचर)

राष्ट्रवादी स्वरोजगार व्यवसायी महासंघले शुक्रबार माइतीघरमा स्वरोजगार व्यवसायीमाथिको अन्याय बन्द गर,विना विकल्प विस्थापित गर्न पाइँदैन,काम गरी खान दे, स्वरोजगार व्यवासायको व्यवस्थापन गर भन्दै दबाबपूर्ण आन्दोलन गरेको छ।

महानगर कार्यालय अगाडि फुटपाथ व्यापारीको नाराबाजी

सडक किनारमा व्यवसाय गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाइ समुचित व्यवस्थापन राज्यले गनुपर्छ, बिना विकल्प विस्थापित गर्न पाइँदैन र राज्य प्रशासनका तर्फबाट भइरहेका अमानवीय गतिविधिहरु बन्द गरी स्वरोजगार श्रमिक र राज्यका बीचमा भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ।

‘बा-आमाको नामका ट्रष्टका लागि छुट्याएको रकम स्वरोजगार उत्पादनमा खर्च गरौँ’

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख, मुख्यमन्त्री पोखरेलकै पिताको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’बारे सम्भाव्यता अध्ययन गर्नका लागि भन्दै थप १० लाख, प्रदेशकै शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको माता स्व.धनकुमारी श्रेष्ठ र पीता पुननारायण श्रेष्ठको नाममा खोलिएको ट्रष्टको लागि र भवन निर्माणको लागि भनेर फरक-फरक दुई वटा शिर्षकमा ५०/५० लाख विनियोजन गरिएको छ।

अधिकारी नेपाल व्यवस्थापन संघको प्रबन्ध समितिमा मनोनित

सरकारको प्रतिनिधिको रुपमा नियुक्त अधिकारीसँग बैंकिङ क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ। अधिकारीले अन्नपूर्ण फाइनान्स, सिटी डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक र ओम डेभलपमेन्ट बैंकको उच्च तहमा रहेर काम गरेका छन्।

पोखरा महानगरमा १५ करोडको स्वरोजगार कोष

पोखरा महानगरपालिकाले १५ करोड रुपैयाँको स्वरोजगार कोष स्थापना गरेको छ। युवा स्वरोजगार कोष र मुक्तिनाथ विकास बैंकसँगको सहकार्यमा पोखरा महानगरपालिकाले सो रकमको स्वरोजगार कोष स्थापना गरेको हो। महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेटमै ५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ।

स्वरोजगार कोषद्वारा १ करोड व्याज अनुदान वितरण

कर्जा लगेर सिकर्मी, डकर्मी, रङरोगन, शिल्पकार, खुद्रा तथा किसाना पसल सञ्चालन गरेका छन्। कोषको सहयोगले स्वदेशमै श्रम, सीप, ज्ञान र सानो पुँजीबाट स्वरोजगार बन्न टेवा पुगेको छ।

स्वरोजगार कोषमार्फत ८३ हजार रोजगारी

२०६५ सालमा स्थापना भएको कोषले पुँजी अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्