२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml

गाउँमै सेवा, सदरमुकाममा सन्नाटा

संघीयताको कार्यान्वयनपछि सरकारी सेवा स्थानीय तहमै उपलब्ध हुन थालेपछि जुम्लाको सदरमुकाम खलंगा बजार सुनसान देखिन थालेको छ।

क्यान महासंघले पायो पहिलो महिला अध्यक्ष, पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिति चयन

क्यान महासंघले आफ्नो इतिहासमा पहिलो महिला अध्यक्ष पाएको छ । पाण्डेले यसअघि क्यान महासंघमा लामो समय विभिन्न भूमिकामा रहेर कार्यसम्पादन गरेकी थिइन् ।

श्रीलंकाका लागि प्रस्तावित राजदूत नेपालीको सुनुवाइ आइतबार हुने

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले यसअघिको कार्यतालिका परिमार्जन गर्दै सुनुवाइका लागि नेपालीलाई१४ गते बोलाउने निर्णय गरेको समितिको सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

बाढीले क्षतिग्रस्त पुलमा जोखिमपूर्ण यात्रा गर्दै विद्यार्थी

पुछिघाट र चैनपुर जोड्ने गरि सुनकोशी नदीमाथि रहेको झोलुङ्गे पुल गत असोजको बाढीले क्षतिग्रस्त बनाएपछि उनी जोखिम मोलेरै आवातजावत गर्न बाध्य छन् । बाढीले बगाएर बाँकी रहेको पुलको लठ्ठामा बाँधेर राखिएको पाइपमा झुण्डिएर उनी नदी पार गर्दै थिए ।

फोक्सिन्टारको पुल बगेपछि लम्बियो खोटाङवासीको यात्रा

फोक्सिन्टारको पक्कीसँगै बीचबीचका आधादर्जन झोलुङ्गे पुलहरु पनि बाढीले बगाएका कारण काठमाडौंँ आउजाउ गर्ने घुर्मी नाका एक मात्र विकल्प बाँकी रहेको खोटाङ यातायात प्रालिले जनाएको छ ।

मनसुनी विपद्‍बाट मृत्यु हुने १४९ पुगे, ५९ जना अझै बेपत्ता

मृत्यु हुनेमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै ७४ जना छन् । काठमाडौंमा ४७, ललितपुरमा २२ र भक्तपुरमा ५ जनाको मृत्यु भएको हो ।

ख्वप विश्वविद्यालयले माग्यो सल्लाघारीमा रहेको १०८ रोपनी जग्गा

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसहितको टोलीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई भेटेर विश्वविद्यालय सञ्चालनका लागि उक्त जग्गा उपलब्ध गराउन माग गरेको हो ।

अहिलेसम्म विपद्बाट दुई सय ११ को मृत्यु, बागमती र गण्डकीमा बढी क्षति

नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्बाट दुई सय ११ जनाको मृत्यु भएको छ।

‘मनसुन’ मा पर्यटक कसरि भित्र्याउने?

पर्यटन व्यावसायीका अनुसार पर्यटकीय हिसाबले यो बेला ‘अफसिजन’ हो। मनसुनको यो बेला विदेशी पाहुना कम हुनुलाई व्यावसायीले स्वभाविक पनि मान्छन्। तर, उनै व्यावसायीले ‘पोखरा सबै मौसमका लागि’ भन्दै पाहुनालाई घुम्न पनि बोलाउँछन्।

गण्डकीमा मनसुनको मारः १५ दिनमा ३९ जनाको ज्यान गयो

पछिल्लो १५ दिनमा गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी पहिरोमा परेर ३९ जनाको ज्यान गएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी मानवीय क्षति कास्कीमा भएको छ। प्रदेशभित्रका गोरखा तथा हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक प्रदेशका अरु सबै जिल्लामा बाढीपहिरोले मानवीय क्षति भएको प्रहरीले बताएको छ। कास्कीका ११ जनाको विहीबार रातीको अविरल वर्षापछिको पहिरोले घर पुरिँदा ज्यान गएको थियो।

पर्यटनमा मनसुनको असरः चारैतिरको पहिरोले पोखरा ‘लक’ भयो, पाहुना रोकिए

मनसुनसँगै पर्यटकीय क्षेत्र लेकसाइड पनि सुस्ताएको छ। पर्यटन व्यावसायीका अनुसार केहीदिन अघिसम्म आन्तरिकसँगै भारतीय पर्यटकको भीडभाड रहेको पोखरामा अहिले पाहुना निकै नै कम रहेको पर्यटन व्यावसायीले बताएका छन्। होटलका पाहुना घटेसँगै अकुपेन्सी कम भएको व्यावसायीले बताएका छन्।

तनहुँ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो।

गण्डकीमा मनसुन कहर: चार दिनमा ११ जनाले ज्यान गुमाए

अविरल वर्षापछिको शुक्रबार राती आएको पहिरोले घर पुरिँदा पुरिएर स्याङजा र बागलुङमा गरि चारजनाको ज्यान गएको छ। मृतक मध्ये एकजना बालिका, दुइजना महिला र एकजना पुरुष रहेको प्रहरीले बताएको छ। गण्डकी प्रदेश प्रहरीका कार्यालयका अनुसार बाढी पहिरोमा परेर गण्डकी प्रदेशमा चारदिन अवधिमा ११ जनाको ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्