४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पर्वतको मोदीमा मतगणना स्थगित

पर्वतको मोदी गाउँपालिका २ को मतपरिणाममा विवाद भएपछि मतगणना स्थगित गरिएको छ । काँग्रेसले जितेको एक वडा सदस्य भएपनि सबै एमालेले जितेको घोषणा गरिएको भन्दै काँग्रेसको बिरोधपछि मतगणना रोकिएको निर्वाचन अधिकृत कृष्णप्रसाद शर्माले जानकारी दिए ।

पर्वतमा मतगणना सुरु

पर्वतका सात वटै स्थानीय तहमा मतगणना सुरु भएको छ । पैंयूमा बिहान ९ बजेदेखि नै गणना सुरु गरिएपनि नतिजा सार्वजनिक गरिएको छैन । पैयूँको १, २, ३ र ४ वडाको छुट्टाछुट्टै गणना सुरु गरिएको छ ।

पर्वतका दुवै नगरपालिकामा काँग्रेस एमालेकै प्रतिष्पर्धा

पर्वतका दुई वटै नगरपालिकामा काँग्रेस र एमालेकै उम्मेदवारबीच प्रतिष्पर्धा देखिएको छ। २०६४ सालको संविधानसभा निर्वाचनमा क्षेत्र नम्बर १ मा एक हजार दुई सयले पराजित र क्षेत्र नम्बर २ जितेको माओवादी केन्द्र मत सुरक्षित राख्नेमै सीमित देखिएको छ।

पर्वतमा उम्मेदवार छनोट अझै टुंगिएन, प्रमुख दलमा घम्साघम्सी

आकांक्षीको घम्साघम्सीले प्रमुख दलले यहाँ अझै उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा एकले अर्कोलाई स्वीकार नगर्दा सर्बसम्मतको प्रयास सफल नभएको ती दलका नेताले बताएका छन्।

पर्वतमा खानेपानीको हाहाकार

लामो समयको खडेरीका कारण वर्षात्मा घैँटामा सङ्कलन गरिएको पानी सुकेपछि पर्वतको एक विकट गाउँमा खानेपानीको हाहाकार परेको छ ।

पर्वत समाज युएईमा पौडेल

पर्वत सेवा समाज युएईको अध्यक्षमा पर्शुराम पौडेल निर्वाचित भएका छन्। युएईको वरदुबईमा भएको संस्थाको अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।

पर्वतमा बेहुला बेहुली मण्डपबाटै पक्राउ

बाजा गाजा र भोज भतेरसहित तामझामका साथ विवाह गर्न लागेका एक जोडी विवाह मण्डपबाटै पक्राउ परेका छन्। उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिङ्गारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो।

पत्रकार महासंघ पर्वतमा तिवारी

नेपाल पत्रकार महासंघ पर्वतको अध्यक्षमा नागरिककर्मी छविलाल तिवारी निर्वाचित भएका छन्। मंगलबार राती सम्पन्न शाखाको पाँचौ अधिवेशनबाट तिवारी सर्बसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन।

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलद्वारा शैक्षिक सामाग्री सहयोग

मातृभुमीका लागि पर्वत सेवा समाज इजरायलले पर्वतको एक विद्यालयलाई सहयोग गरेको छ। समाजले भंगरालिमी निमाबिमा अध्यानरत ७० विद्यार्थीलाई शैक्षिक सामाग्री सहित विद्यालयलाई खेलकुद सामाग्री प्रदान गरेको छ।

तरकारी उत्पादनमा पर्वत आत्मनिर्भर

तरकारी उत्पादनमा पर्वत जिल्ला आत्मनिर्भर बन्दै गएका छन्। पछिल्ला केही वर्षयता व्यावसायिक तरकारीखेतीमा लाग्ने कृषकको सङ्ख्या ह्वात्तै बढेपछि जिल्लामा उत्पादित तरकारीले आयात प्रतिस्थापन गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ।

अबैधरुपमा ड्रोन उडाउने तीन अमेरिकी पर्वतमा पक्राउ

यहाँ सोमबार तीन जना अमेरिकी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिना अनुमति ड्रोन क्यामेरा उडाएको आरोपमा उनीहरुलाई सोमबार दिउसो सदरमुकाम कुश्माबाट नियन्त्रणमा लिएको हो।

‘लम्फू’को छायांकन पर्वतमा

पर्वत- रोजगार बिहिन युवाहरुको बिषयबस्तुमा केन्द्रीत भएर निर्माण हुन लागेको चलचित्र ‘लम्फू’को ७० प्रतिशत छायांकन पर्वतमा हुने भएको छ। निर्देशक गोपालचन्द्र लामिछानेले गृहजिल्लाका महत्वपुर्ण पर्यटकीयक्षेत्रमा चलचित्रको ७० प्रतिशत छायांकन गर्ने तयारी गरेका हुन्।

पर्वतको धाइरिङमा जीप दुर्घटना, तीनको मृत्यु

पर्वतको धाइरिङ–३ सल्यानमा शनिबार जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। ग१ज ५१०२ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

दक्षिणी पर्वतमा सेवाकेन्द्र स्थापना

पर्वत- जिल्लाको दक्षिण क्षेत्रलाई समेट्ने गरी हुवासमा सेवाकेन्द्र स्थापना भएको छ। हुवासमा सेवाकेन्द्र स्थापना भएसँगै नागरिकताको प्रमाणपत्र लिन हजारौ रुपैयाँ खर्च गरेर सदरमुकाम कुश्मा आउनु पर्ने बाध्यताको अन्त्य भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्