४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

पर्वतमा बस दुर्घटना हुँदा १६ घाइते

पर्वतमा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । शुक्रबार पोखरा–कुश्मा सडक अन्तर्गत कुश्मा नगरपालिका वडा नम्बर ८ दोबिल्लामा ना ३ ख ७७४० नम्बरको बस खस्दा १६ यात्रु घाइते भएका हुन।

पर्वतमा विद्युतीय भुक्तानी सुरु

पर्वतमा सार्वजनिक खर्चलाई विद्युतीय प्रक्रियामार्फत भुक्तानी दिन सुरु गरिएको छ। बुधबार प्रमुख जिल्ला अधिकार राजेश पन्थीले कोष तथा लेखा नियन्त्रण कार्यालयमा आयोजित कार्यक्रममा बिद्युतिय भुक्तानी (ई–पेमेन्ट) सेवाको शुभारम्भ गरे। गाउँपालिका र नगरपालिकाबाहेकका सबै सरकारी कार्यालयको खर्च बुधबारैदेखि बिद्युतिय प्रणालीमार्फत हुने भएको छ।

पर्वतमा खडेरीका कारण हिउँदे खेती प्रभावित

झण्डै ४ महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ। गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए।

जिल्ला अस्पताल पर्वतमा शल्यक्रिया सेवा ठप्प

दक्ष जनशक्तिको अभावमा जिल्ला अस्पताल पर्वतमा विगत एक महिनादेखि शल्यक्रिया सेवा ठप्प भएको छ।

तेस्रो पाेखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरू

पोखरा फिल्म सोसाइटीको आयोजनामा पोखरा बिहीबारदेखि तेस्रो पाेखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव सुरू भएकाे छ । तीन दिनसम्म चल्ने महोत्सवमा स्वदेशी र विदेशी गरी ४३ वटा फिल्महरू प्रदर्शन हुने जानकारी महोत्सवका संयोजक सरोज सापकोटाले जानकारी दिए ।

पर्वतमा बामगठबन्धन अगाडि

बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बामगठबन्धन अगाडि देखिएको छ। एक प्रतिनिधिसभा र दुई प्रदेशसभा क्षेत्र रहेको पर्वतमा तीन वटै क्षेत्रमा बामगठबन्धनको अग्रता छ।

हिमपातको सम्भावना, पर्वतारोहीलाई सतर्क रहन अपिल

मौसम पूवार्नुमान महाशाखाले दक्षिणपूर्वी अरब सागरमा देखापरेको शक्तिशाली चक्रवातका कारण नेपालका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको भन्दै पर्वतारोहीलाई सतर्क रहन अपिल गरेको छ । महाशाखाले सोमबार जारी गरेको विज्ञप्तिमा पर्वतारोहीलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

पर्वतको पञ्चासेमा बस दुर्घटनामा, एक यात्रुको मृत्यु, ३० बढी घाईते (अपडेट)

सतबिज छरेर फर्किंदै गरेका यात्रु चढेको बस दुर्घटनामा परेको छ। पञ्चासेमा आज सतबिज छरेर फर्केका यात्रु बोकेको ध१ख ८७ नम्बरको बस दुर्घटनामा परेको जनाएको छ।

पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुँदै

हिमाली क्षेत्रका भौगलिक संरचना सहित विभिन्न गतिविधिबारे जानकारी दिने उद्देश्यले अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) ले पोखरास्थित पर्वतीय संग्रहालय परिसरमा चौथोपटक पर्वतीय महोत्सव गर्न लागेको हो ।

पर्वतमा पाँच सयको नक्कली नोट भेटियो

पर्वतमा नक्कली नोट फेला परेको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको कुश्मा शाखा कार्यालयमा पाँच सयको नक्कली नोट फेला परेको हो । हेर्दा उस्तै भएपनि सक्कली नोटसँग नमिल्ने नेष्डो नेपाल कुश्मा शाखाका ब्यवस्थापक उत्तमप्रसाद अधिकारीले बताए।

जिल्ला समन्वय समिति पर्वतमा एमाले बिजयी

जिल्ला समन्वय समिति पर्वतको प्रमुखमा नेकपा एमालेका मनोहर बिश्वकर्मा पौडेल बिजयी भएका छन्। मंगलबार यहाँ भएको निर्वाचनमा दुई मतले उनले जितेका हुन। काँग्रेसका पुरीले छ मत ल्याउदा पौडेलले आठ मत प्राप्त गरे।

पर्वतको विहादी गाउँपालिकामा एमालेका भुसाल विजयी

पर्वतको विहादी गाउँपालिकामा नेकपा एमालेका कमल प्रसाद भुसाल २४ सय २० मतका साथ विजयी भएका छन्।

पर्वतको फलेवासमा एमाले बिजयी

पर्वतको फलेवास नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ। एमालेका पदमपाणी शर्माले छ हजार एक सय तीन मत प्राप्त गरी प्रमुख (मेयर)मा जितेका हुन।

पर्वतको महाशिला गाउँपालिकामा एमाले विजयी

पर्वतको महाशिला गाउँपालिकामा एमालेका राजु पौडेल अध्यक्ष र हीरादेवी थापा उपाध्यक्षमा विजयी भएका छन्।

पर्वतको पैंयूँमा काँग्रेस विजयी

पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। मंगलबार सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारी नौ सय ७७ मत अन्तरले बिजयी भएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्