२६ आश्विन २०८१ शनिबार
image/svg+xml

काश्मिरमा भारतीय सैनिकमाथि फेरि आक्रमण, ७ जनाकाे मृत्यु

भारत अधिनस्थ काश्मिरमा पृथकतावादी विद्रोहीसँग भएको भीषण गोली हानाहानमा आइतबार कम्तीमा सात सैनिकको मृत्यु भएको छ।  काश्मिरको पुल्वामा चार दिनअघि पनि विद्रोहीको आत्मघाती आक्रमणबाट ४१ जना अर्धसैनिकको मृत्यु भएको थियो।

कश्मीर घटनापछि भारतले पाकिस्तानविरूद्ध गर्‍यो थप निर्णय

भारतले काश्मीरको पुलवामामा भएको आत्मघाती बम विस्फोटपछि पाकिस्तानबाट आयात हुने सबै सामानमाथि शनिवार दुई सय प्रतिशत भन्सार शुल्क बढाएको छ।

मोबाइलले खोल्यो सुनकाे पोल

मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए। उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल लगेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ। त्यसपछि प्रहरीले लक्ष्मण तिरुवासहित सो गाडीको खोजतलासी गर्न थाल्यो।

काश्मिर आक्रमणको ठूलो मूल्य चुकाउनु पर्छ : भारतीय प्रम माेदी

भारत प्रशासित काश्मिरमा बिहीबार भएको भीषण आक्रमणमा संलग्न आतङ्ककारीलाई इस्लामावादले आश्रय दिएको दाबीपछि शुक्रबार भारत र पाकिस्तानबीचको सम्बन्धले नयाँ मोड लिएको छ। भारत प्रशासित काश्मिरमा भारतीय सुरक्षा अधिकारीहरु लक्षित भीषण आक्रमण तीन दशक यताकै ठूलो रक्तपातपूर्ण भएको बताइएको छ।

काश्मिर आक्रमणमा ४० सैनिकको मृत्यु

भारत प्रशासित काश्मिरमा बिहीबार भारतीय सरकारी सुरक्षा बललक्षित आक्रमणमा परी कम्तीमा ४० जना सैनिकको मृत्यु भएको छ। भारतीय सरकारी सुरक्षा बललक्षित यो एक भीषण आक्रमण हो। श्रीनगर शहरको बाहिरी इलाकाबाट जैस–ए–मोहम्मद इस्लामिक समूहले यस आक्रमणको जिम्मेवारी लिएको छ। करिब २५ सय अर्धसैनिकहरु लिएर गइरेहको ७८ ओटा सवारी साधनलक्षित यो आक्रमण भएको थियो।

हिरो गोल्डकप : म्यानमारसँग भिड्दै नेपाल, इतिहास रच्ने अवसर

भारतमा जारी हिरो गोल्डकपको उपाधिका लागि शुक्रबार (आज) नेपाल र म्यानमार भिड्दै छन्। भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझ ६ बजे सुरु हुनेछ। नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नेछ।

भारतको पश्चिमी क्षेत्रमा रहस्यमयी प्रजातिको भ्यागुतो फेला

भारतीय अनुसन्धानकर्ताहरुले सडकनजिकै जमेको पानीमा नयाँ प्रजातिको भ्यागुतो फेला पारेका छन्।

भारतीय नागरिक सहनीविरुद्ध ३६ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले आदित्य ट्रेड सप्लायर्सका प्रोप्राइटर भारतीय नागरिक अमितकुमार सहनीविरुद्ध १६ करोड ९८ लाख रुपैयाँ राजस्व चुहावट गरेको आरोपसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। विभागले सहनीविरुद्ध ३६ करोड रुपैयाँ जरिवाना र कैद सजाय माग गर्दै बुधबार मुद्दा दर्ता गरेको हो।

हिरो गोल्डकपमा नेपाल इरानसँग भिड्दै

भारतको भुवनेश्वकरमा जारी हिरो गोल्डकपअन्तर्गत बुधबार लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ। खेल उडिसास्थित कालिङ्गा रङ्गशालामा दिउँसो ४ बजे शुरु हुनेछ।

तल्लो अरूण हाइड्रोपावर बनाउन भारतको प्रस्ताव

भारत सरकारले प्रस्तावित ४०० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत आयोजना निर्माण गर्ने प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग सोमबार नयाँ दिल्लीमा भएको भेटमा भारतीय विधुत राज्यमन्त्री राजकुमार सिंहले आयोजना कूल ९०० मेगावाट क्षमताको अरुण तेस्रोकै ढाँचामा निर्माण गर्न सकिने प्रस्ताव गरेका हुन्।

भारतमाथि नेपालको ऐतिहासिक जित

सावित्रा भण्डारीको दुई गोलप्रेरित नेपालले भारतमा जारी हिरो गोल्डकप फुटबलमा घरेलु टोलीमाथि २–१ को ऐतिहासिक जित निकाल्दै फाइनलमा पुग्ने सम्भावना कायमै राखेको छ।

अर्थ मन्त्रालयका कर्मचारीलाई भारतमा तालिम

भारत सरकारद्वारा आयोजित तालिममा नेपाली कर्मचारी सहभागी भएका छन्। सोमवारदेखि इन्स्टिच्युट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाइनान्समा सुरु भएको ‘ग्लोबल प्रस्पेक्टिभ अन पब्लिक फाइनान्सियल म्यानेजमेन्ट’ विषयक तालिममा अर्थ मन्त्रालयका २० कर्मचारी सहभागी भएका हुन्।

महिला फुटबलकाे महत्वपूर्ण खेलमा नेपाल भारतसँग भिड्दै

भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज (साेमबार) घरेलु टोली भारतसँग खेल्दैछ। म्यानमारसँग पहिलाे खेलमा पराजित भएपछि दबाबमा रहेकाे नेपाललाई अघिल्लाे चरणमा प्रवेश पाउन आजकाे खेल जित्नै पर्ने दबाब रहेकाे छ।

पश्चिम बंगालमा गोली हानी विधायकको हत्या

भारतको पश्चिम बंगाल राज्यमा अज्ञात व्यक्तिले गोली प्रहार गरेर एक विधायकको हत्या गरेका छन्। पश्चिम बंगालको सत्तारुढ दल त्रिणमुल कंग्रेस (टिएमसी)का तर्फबाट निर्वाचित ३८ वर्षीय सत्यजित विश्वासको हत्या भएको प्रहरीले जनाएको छ। विधायक विश्वासको कसले हत्या गरेको हो भन्ने बारेमा अहिलेसम्म एकिन हुन सकेको छैन। पश्चिम बंगाल राज्यको राजधानी कोलकातादेखि एक सय २२ किलोमिटर टाढा पर्ने नाडिआ जिल्लाको ग्रामीण क्षेत्रमा शनिबार उनको हत्या भएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

नेपाल–भारत वाणिज्य सन्धिमा जलमार्ग थपिँदै

नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धिमा जलमार्ग अर्थात् इनल्यान्ड वाटरवेज समावेश गर्न दुवै देशका अधिकारीबीच सैद्धान्तिक सहमति भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्