भारतीय मजदुरको मृत्यु
जिल्लाको सदरमुकाम जलेश्वर बजारमा बिहीबार साँझ प्लाइले किचिएर एक भारतीय मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको बिहार राज्यको सीतामढी जिल्लाअन्तर्गत भिट्ठा गाउँपञ्चायत बस्ने ४५ वर्षीय महेश साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए।