१ आश्विन २०८१ मंगलबार
image/svg+xml

विगतमा पूर्वाधारमा ध्यान नदिँदा वर्तमान अत्यासपूर्ण

व्यक्तिको जीवनमा सबैभन्दा अपरिहार्य मानिएको स्वास्थ्य सेवाका न्यूनतम आधार बनाउन विगतका सरकार चुुकेको देखिन्छ।

प्रतिष्ठानमा कोरोना उपचार मात्रै, अन्य सेवा बन्द

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य मन्त्रालयको निर्देशन भन्दै कोरोना बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ। प्रतिष्ठानले एक सूचना जारी गर्दै अस्पतालमा कोरोनाका बिरामी राखेर उपचार गर्नुपर्ने भएकाले अन्य बिरामीहरुलाइृ स्वास्थ्य सेवा दिन नसकिने जनाएको हो।

बराहताल ‘कोरियन ग्रुपद्वारा’ पार्वतीको उपचारमा सहयोग

गोरुले हानेर घाइते भएकी बराहताल गाउँपालिका–५ बड्डीचौरकी ६९ वर्षीया पर्वती श्रेष्ठको उपचारका लागि बराहताल कोरियन ग्रुपले आर्थिक सहयोग गरेको छ ।

कोरोना उपचारमा आयुर्वेद

विश्व मानव समुदायमा आयुर्वेदप्रति विश्वास छ । तर यसप्रति सरकारलगायत सरोकारवाला पक्षले ध्यान दिएको पाइन्न ।

समीक्षाको उपचार खर्च एन्फाले व्यहोर्ने

विराटनगरमा उपचार गराइरहेकी महिला फुटबलर समीक्षा मगरको सम्पूर्ण उपचार खर्च अखिल नेपाल फुटबल संघ (एन्फा)ले व्यहोर्ने भएको छ । उदयपुर बेलका नगरपालिका–५ की १६ वर्षीया मगरको वैशाख १२ गते घरमा काम गर्ने क्रममा दाहिने आँखामा चोट लागेको थियो ।

यूएईमा कोरोना संक्रमित खोटाङ्गे युवाले उपचार पाएनन्

यूएईमा कोरोना भाइरसबाट संक्रमित भएका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका दुई युवा उपचारबाट बञ्चित भएका छन् । बैदेशिक रोजगारीका सिलसिलामा यूएई पुगेको अवस्थामा कोरोना भाइरसबाट संक्रमण भएको पुष्टी भए पनि आवश्यक उपचारबाट बञ्चित भएका हुन् । एक युवालाई कोरोनाको संक्रमण भएको पुष्टी भएको सात दिन बितिसक्दा समेत उपचारमा नलगेको जानकारी आएको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले बताए ।

नागरिककर्मी मल्लको कर्णाली अस्पतालले निःशूल्क उपचार गर्ने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले मुगु जिल्लाका नेपाल पत्रकार महासंघका पुर्वअध्यक्ष तथा नागरिकर्मी सुमन मल्लको निःशुल्क उपचार गर्ने भएको छ ।

कोरोना उपचार कोषमा गाउँपालिकाको ५० लाख

तनहुँको ऋषिङ गाउँपालिकाले कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि खडा गरेको कोषमा ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

महाकालीमा बगेकी एक महिलाको जीवितै उद्धार

महाकाली नदीमा बगेकी एक महिलालाई प्रहरीले जीवितै उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत कोहलपुर पठाएको छ।

अमेरिकन फौजी किराको प्रकोप, बाली उपचार सुरु

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानमा फैलिएको अमेरिकन फौजी किरा (फल आर्मी वर्म)को प्रकोप नियन्त्रणका लागि विषादि छर्कन थालिएको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका विभिन्न स्थानमा लगाइएको मकैमा फैलिएको अमेरिकन फौजी किरा नियन्त्रणका लागि विषादि हालेर बाली उपचार सुरु गरिएको हो ।

कोरोना जितेर घर फर्केका युवा भन्छन्, ‘आत्मबल नै मुख्य औषधि रहेछ’

कोरोना भाईरस (कोभीड १९) को संक्रमित धनगढी उपमहानगरपालिका वानं ५ का अमृत शाही निको भएर घर फर्केका छन। उनी सुदूरपश्चिममा पहिलो र नेपालको चौथो संक्रमित हुन। उनको नमुना जाँच गर्दा नेगेटिभ आएपछि उनी २९ दिनमा अस्पतालवाट घर फर्केका हुन।

हिमा गाउँपालिको आफ्नै एम्बुलेन्स

जिल्लाको हिमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। यहाँका दुःखी बिरामीलाई अस्पताल सम्म आउजाउ गर्न निकै समस्या भइरहेको बेला हिमा गाउँपालिकाले एम्बुलेन्स खरिद गरेर सेवा सञ्चालनमा ल्याएको हो।  गाउँपालिकाले यहाँका स्थानीय बासी विरामी हुदा संस्था संस्थामा उपचार गर्न लैजानका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा बताउँछन्। उनका अनुसार आफ्नै एम्बुलेन्स आइपुगेपछि आकस्मिक सेवा प्रवाह गर्नका निकै सहज भएको हो। कोराना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण बिरामीको आवतजावत गर्न निकै कठिन भएको अवस्थामा यो सेवा सञ्चालनले निकै राहत मिलेको गाउँपालिका अध्यक्ष रजबहादुर शाही बताउँछन्।

कोभिड–१९ उपचार उपकरणको आकस्मिकता

केही समयअगाडि अर्बाै खर्चिएर मान्यतै नपाएको अविश्वसनीय उपकरण  ल्याइसकेपछि बल्ल सरकारलाई थाहा हुन्छ– २४ वटा पिसिआर टेस्टिङ मसिन देशभित्रै छन् ।

प्रदेश सरकारको कोरोना उपचार कोषमा जिल्ला समन्वय समितिको सहयोग

जिल्ला समन्वय समिति खोटाङका प्रमुख, उपप्रमुख एबं सदस्यले आफ्नो सेवा सुविधा वापतको रकम ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरेका छन्। जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, उपप्रमुख गोमादेबी खत्री र अन्य सात सदस्यले आफ्नो सेवा सुविधा वापतको १ लाख ५ हजार रकम १ नम्बर प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा जम्मा गरिदिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्