१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मृतकका आफन्तले पाए दुई करोड क्षतिपूर्ति

स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन्।

वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ।

वालिङ नगरपालिकाले खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने

स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ।

राष्ट्रिय वाणिज्य बैंक वालिङ शाखाको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका ८ स्थित शाखा कार्यालय वालिङको उद्घाटन गरेको छ।

वालिङमा रक्त सञ्चार केन्द्र स्थापना

स्याङ्जाको वालिङमा रक्त सञ्चार केन्द्र स्थापना गरिएको छ। रगतको अभावका कारण अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा उक्त केन्द्र स्थापना गरिएको हो।

फोहोर व्यवस्थापनको वालिङ उपाय

मुलुकको संघीय राजधानीसमेत रहेको काठमाडौँ उपत्यकामा प्रत्येक दिन फोहोर उत्पादन बढ्दो छ। जसलाई विसर्जन गर्न वा व्यवस्थापन गर्न महानगरपालिका लगायत सरोकारवाला सरकारी निकायलाई धौ धौ पर्ने गरेको छ।

नवौँ राष्ट्रिय महिला फुटबलमा सशस्त्र र गण्डकी विजयी

दोस्रो खेलमा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३–० गोलले पराजित गरेको छ। गण्डकी प्रदेशका लागि प्रतियोगिताको ३३औँ मिनेटमा शान्ता नेपालीले पहिलो गोल गर्दै अग्रता दिलाएकी हुन्। उदया थापाले दुई गोल गरिन्।

वालिङमा सिसी क्यामेरा जडान

वालिङ नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख इञ्जीनियर प्रकाश अर्यालका अनुसार नगरपालिकामार्फत डिभाइस खरिद गरिएको हो भने कालिका नेटले फाइबरमार्फत सिसी क्यामेरा जडान गरेको हो। नगरपालिका मुख्य–मुख्य चोक तथा नागरिकको बढी भीडभाड हुने ठाउँलाई लक्षित गरी ११ सिसी क्यामेरा जडान गर्ने कार्य जारी छ।

स्याङ्जा दुर्घटना अपडेटः मृत्यु भएका १४ जनाको सनाखत

स्याङ्जाको वालिङ १४ अर्खलबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।

रोल्वालिङ आयोजनाको काम हिउँदबाट थालिने

अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परिपूरकका रूपमा रहेको रोल्वालिङ जलविद्युत् आयोजनाको काम हिउँददेखि सुरु गर्ने तयारीमा रहेको बताए।

सडकको अनाम मृत्यु

सडक पूर्वाधारको विकासमा ध्यान दिए पनि यसको गुणस्तरमा ध्यान दिएको देखिँदैन।यसै कारण दुर्घटना बढ्ने गरेको छ। सडकलाई व्यवस्थित बनाउने र पूर्ण सुरक्षित नभइ त्यहाँ सवारी चलाउन अनुमति नदिने हो भने पनि धेरैको जीवन रक्षा हुन्छ सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्