१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

मृतकका आफन्तले पाए दुई करोड क्षतिपूर्ति

स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन्।

तनहुँ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका– १ गिरौनचोरस्थित भित्री सडक खण्डमा आज बिहान जन्ती बोकेको जिप दुर्घटनाको मृतककाे पहिचान खुलेको छ।

कपिलवस्तु दुर्घटनाका ३ मृतकको सनाखत, ३० जना उपचाररत (घाइतेको विवरणसहित)

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनाका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। यीमध्ये तीन जनाको मात्र सनाखत भएको छ।

राप्ती बस दुर्घटना : मृतक सबैको सनाखत

गए राति साढे १० बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती नदीमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भएको प्रहरीको भनाइ छ।

बोराभित्र फेला परेका दुई शवको पहिचान डेढ महिना पछि भयाे

चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोक स्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको पहिचान खुलेको छ।

कामका लागि विदेसिएका १३ हजार नेपालीले गुमाए ज्यान

वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका अनुसार आर्थिक वर्ष २०६५ को कात्तिकदेखि चालु आव २०८०/८१ को मंसिर २६ गतेसम्म १२ हजार ७ सय ३० जना कामदारको वैदेशिक रोजगारको क्रममा मृत्यु भएको छ।

शवको पहिचान नभएपछि प्रहरीले सार्वजनिक गर्‍यो मृतकको स्केच

चितवनको भरतपुर महानगरपालिका– १२ मिलनचोक स्थित पूर्वपश्चिम राजमार्गको कल्भर्टमा मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ।

एउटा यस्तो अस्पताल जहाँ बिरामीको मृत्यु ‘विवादास्पद’ बन्छ

मिलापत्रको बेला जिल्ला प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत इन्स्पेक्टर विनयकुमार सिंह उपस्थित थिए। तर, धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले यसलाई अस्वीकार गर्छन्।

कोल्बुङ बस दुर्घटना: मृतकको सङ्ख्या ३ पुग्यो, ३३ घाइते

मेची राजमार्गको रोङ गाउँपालिका(३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारको क्रममा मृत्यु भएको छ।

जाजरकोट भूकम्पमा मृतकको संख्या ७३ पुग्यो

जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर शनिबार विहानसम्म ७३ जनाले ज्यान गुमाएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी भिम ढकालका अनुसार भूकम्पमा परेर १०८ जना घाइते भएका छन्।

धान खेतमा मृत फेला परेको युवकको पहिचान खुल्यो

मृतक युवक जनकपुरधाम उपमहानगरपालिका–२४ सोनापारा गाउँका अन्दाजी २२ वर्षीय रुपेश महरा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

पाल्पा दुर्घटना: मृतक छ जनाको सनाखत,चालक गम्भीर घाइते

पाल्पाको रानिमहलबाट सदरमुकाम तानसेन जाँदै गरेको कार रानिमहल सडकखण्डको बैकुण्ठेमा दुर्घटना हुँदा छ जनाको घटना स्थलमै मृत्यु भएको छ।

इजरायल घटनाका मृतकको शव आफन्तलाई बुझाइयो

इजरायलमा भएको हिंसात्मक घटनामा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार युवाको शव धनगढी विमानस्थलमा आज मृतकका आफन्तलाई बुझाइएको छ।

पाल्पा दुर्घटनाका मृतकको पहिचान खुल्यो

स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ ।

प्रधानमन्त्रीद्वारा बस दुर्घटनाको मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्