८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

छवि र शिल्पाबिरुद्ध पक्राउ पूर्जी जारी

जिल्ला अदालत काठमाडौंले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेललाई पक्राउ पूर्जी जारी गरेको छ। बहुविवाह सम्बन्धी मुद्दामा छवि र शिल्पालाई पक्राउ पूर्जी जारी गरेको हो।

छोरी उमेरकी शिल्पासँग बहुविवाह गरेको भन्दै छविकी जेठी श्रीमती प्रहरीमा

फिल्म निर्माता छविराज ओझाविरुद्ध बहुविवाह मुद्दामा उजुरी परेको छ। छविकी जेठी श्रीमती हेमा ओझाले आइतबार महानगरीय प्रहरी वृत्त गौशालामा छविविरुद्ध बहुविवाह मुद्दामा उजुरी दिएकी हुन्।

ओखलढुंगामा रोकिएन बहुविवाह

एक सय ६५ वर्ष पुरानो मुलुकी ऐन विस्थापित भई २०७५ भदौ १ बाट देवानी र फौजदारी नयाँ संहिता लागु भयो। जसमा फेरि पनि बहुविवाहलाई कडा अपराध मानिएको छ। उक्त अपराध संहिता ऐनको दफा (१७५) ले बहुविवाहलाई बर्जित गरेको छ। तर, बहुविवाहमा भने कमी आएको छैन।

बहुविवाह गर्ने कर्मचारी बर्खास्त नहुने

सरकारले संघीय निजामती सेवा ऐनको मस्यौदामा राखिएको बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्त गर्ने व्यवस्था सुटुक्क हटाएको छ। लोकसेवा आयोगमा सहमतिका लागि पठाइएको मस्यौदामा बहुविवाह गर्ने कर्मचारीलाई बर्खास्ती गर्ने व्यवस्था हटाइएको आयोग स्रोतले बतायो।

बहुविवाह मुद्दाका फरार अभियुक्त चार वर्षपछि जेलमा

बहुविवाह मुद्दाका फरार अभियुक्त चार वर्षपछि जेल चलान भएका छन्। बहुविवाह मुद्दामा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीका ३२ वर्षीय ज्ञानबहादुर तामाङ १ वर्षका लागि कारागार चलान भएका हुन्।

बहुविवाह तथा सम्बन्ध विच्छेदको घटना बढ्दो

जनचेतनाको अभाव ,वैदेशिक रोजगार र श्रीमान श्रीमतीबीच अविश्वास जस्ता कारणले गर्दा प्रदेश नम्बर २ मा बहुविवाह तथा सम्बन्ध विच्छेदका घटना बढ्दै गएको छ।

बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने

कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रावधान राख्दै सरकारले संघीय निजामती सेवा ऐन २०७५ को मस्यौदा गरेको छ। शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले तयार गरेको सो ऐनको मस्यौदामा संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले छलफल अघि बढाएको छ।

बहुविवाह गर्नेलाई जेल सजाय र जरिवाना

श्रीमति हुँदाहुँदै अर्की भित्र्याउने जिल्लाका एक पुरुषलाई जेल सजाय हुने भएको छ। सौता ल्याएको भन्दै जेठी शान्ता राईले उजुरी दिएपछि पक्राउ परेका चौदण्डीगढी नगरपालिका–३ शनिबारेका सन्नी राईलाई जिल्ला अदालत उदयपुरले १ वर्ष जेल र जरिवाना सजायको फैसला सुनाएको हो।

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । यहाँ एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानुनी व्यवस्था रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्