२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पाठेघर: सृष्टिको मुहान कि पीडाको खानी ?

सिद्धान्ततः पाठेघर सृष्टिको मुहान हो। हरेक मानवको पहिलो घर पाठेघर नै हो। पाठेघर नहुँदो हो त यो सृष्टि नै हुँदैनथ्यो होला। तर दुर्भाग्य अहिले धेरै महिला यो पाठेघरकै कारण पीडा भोग्न बाध्य छन्।

घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित

घरेलु हिंसाका उजुरी गाउँमै मिलापत्र हुने गरेको पाइएको छ। प्रहरी कार्यालय कालिकोटको महिला तथा बालबालिका सेलका अुनसार कालिकोटमा अधिकांश घरेलु हिंसाका मुद्दा मिलापत्रमै समाधान गर्ने गरिएको जनाएको छ।

बहुविवाहका फरार प्रतिवादी पक्राउ

बहुविवाह मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्। डुडुवा गाउँपालिका–३ का ३५ वर्षीय कमरुद्दीन खाँ र २६ वर्षीया रेश्मा पक्राउ परेका हुन्।

बहुविवाहका फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय जुम्लाले १ जना बहुविवाहका फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ। सोमबार दिउँसो साढे १ बजेतिर नियन्त्रणमा लिइएको डिएसपी नरेन्द्र चन्दले बताए।

बहुविवाह मुद्धाका प्रतिवादी सात वर्षपछि पक्राउ

बहुबिवाह मुद्धामा गोरखा जिल्ला अदालतबाट सजाय तोकिएर फरार एक पुरुषलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ। बारपाक सुलिकोट गाउँपालिका २ बस्ने ५० वर्षिय तुलबहादुर तामाङलाई पक्राउ गरी गोरखा जिल्ला अदालत बुझाइएको डिएसपी बासुदेव खतिवडाले बताए। जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा बसिरहेका बेला पक्राउ गरेको हो।

बहुविवाह मुद्दाका २ जना ताप्लेजुङ कारागार चलान

बहुविवाह, बालविवाह र जवरजस्ती करणीका १ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान हुँदा बहुविवाह मुद्दामा अदालतबाट सजाय घोषित भएका अर्का १ जना भने जेल चलान भएका छन् ।

फरार दुई अभियुक्त पक्राउ

लागुऔषध र बहुविवाह आरोपमा दोषी सावित भए पनि वर्षौंदेखि फरार रहेका दुई अभियुक्तलाई उदयपुर प्रहरीले पक्राउ गरेको छ ।

इन्सेक वर्ष पुस्तक भन्छ, 'घटनामध्ये ८० प्रतिशत महिला पीडित'

नेपालमा सरकारी तथा गैरसरकारी संस्थाले महिलामाथि हुने हिंसा घटाउने नाममा अनेक कार्यक्रम गरे पनि मानवअधिकार उल्लंघन र ज्यादती बढ्दा घटनामध्ये ८० प्रतिशत महिला पीडित भएका छन्। घटनाबाट सबैभन्दा बढी गृहिणी, कृषकजस्ता महिला पीडित छन्। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बुधवार सार्वजनिक गरेको २८औं वर्ष पुस्तकमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा महिला पीडित भएको उल्लेख छ।

शिल्पालाई तारेखमा बस्न आदेश

फिल्म निर्माता छविराज ओझासँग बहुविवाह गरेको उजुरी परेकी अभिनेत्री शिल्पा पोखरेललाई साधारण तारेखमा बस्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। शुक्रबार जिल्ला न्यायाधीश मुकेश उपाध्यायको इजलासले अभिनेत्री पोखरेललाई तारेखमा बस्न आदेश गरेको थियो।

शिल्पालाई पक्राउ गर्ने बाटो खुल्यो

भिनेत्री शिल्पा पोखरेलले आफूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने जिल्ला अदालत काठमाडौंको निर्णयविरुद्ध दिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको छ।

बहुविवाह मुद्दामा जेल चलान

महोत्तरी जिल्लामा बहुविवाह मुद्दामा एक पतिपत्नी जेल चलान भएका छन्। जेल चलान हुनेमा जिल्लाको महोत्तरी गाउँपालिका–६ बस्ने पति राधारमण झा र उनकी कान्छी पत्नी पूजा प्रतिहस्त रहेका छन्।

बहुविवाह र बालविवाह गर्नेलाई १४ वर्ष कैद फैसला

जिल्ला अदालतले पहिलो पटक बहुविवाह, बालविवाह, जबरजस्तिकरणी सम्बन्धि एक जनालाई १४ वर्ष कैद राख्ने फैसला र एक जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

बालविवाहले बढ्यो कर्णालीमा बहुविवाह

कानुनले बहुविवाह सम्बन्धी ऐन कडा रुपमा लागू गरे पनि व्यवहारमा कार्यान्वयन नहुँदा कर्णाली प्रदेशमा बाहुविवाह गर्नेकाे संख्या ह्वात्तै बढेको छ। कर्णाली प्रदेशको अधिकांश जिल्लामा बहुविवाहको संख्या बढेको हो। दोस्रो बिहे गर्ने पुरुषको सङ्ख्या बढ्दै गएपछि कर्णालीका महिला विभिन्न समस्या खेप्न बाध्य छन्। सरकारले बहुविवाह न्यूनीकरणका लागि सचेतना कार्यक्रममार्फत वर्षेनि लाखौँ रुपैयाँ खर्च भएपनि उपलब्धि शून्य नै छ।

श्रीमतीले बहुविवाहको उजुरी दिएपछि प्रेमिकासँग मृत फेला परे श्रीमान

श्रीमती हुँंदाहुँंदै अर्कैसँंग प्रेम गरेर बसेपछि भक्तपुरमा दुई जनाको अकालमा ज्यान गएको छ। श्रीमतीले श्रीमानविरुद्ध प्रहरीमा बहुविवाहको उजुरी दर्ता गरेपछि प्रेमिकासँंगै मंगलबार एकै ठाउँमा झुण्डिएर आत्महत्या गरेका अवस्थामा जोडी भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्