२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml

पोखरा–मुग्लिन राजमार्ग: पूर्वी खण्डको म्याद सकियो, काम आधा मात्रै

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८० किमि) सडक अहिले बिस्तार भइरहेको छ। निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार तीन वर्षभित्र राजमार्ग बिस्तार भइसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्विखण्ड झन्डै ५६ र पश्चिमखण्डको २० प्रतिशत मात्र काम सकिएको छ।

पोखरादेखि काठमाडौं पुग्न २० घण्टा !

पछिल्लो पटकको वर्षाले बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग यतिबेला हिलाम्य छ। राजमार्ग यतिसम्म जोखिमपूर्ण बनेको छ की कुनैपनि ठाउँमा गाडी चिप्लिने र भाँसिने त्रास छ। हिलोमा फस्ने पनि उत्तिकै समस्या छ। साँघुरा डाईभर्सनमा भारी सवारीलाई गुड्न झनै सकस छ। त्यसले गर्दा अहिले पोखरा आउजाउ गर्ने सवारीले राजमार्गमा सकस खेपेका छन । त्यसको मार यात्रुलाई छ।

पोखरा–मुग्लिन सडक: सर्वत्र दवावपछि बिस्तारले गति लिँदै

समय घर्किनै लाग्दा पनि सोचेजस्तो प्रगति नभएको भन्दै पोखरा–मुग्लिन सडक खण्डको बिस्तारमा भएको भौतिक प्रगतिप्रति अधिक आलोचना हुने गरेको छ। पर्यटकीय सहर पोखरा भित्रिने मुख्य राजमार्ग भएकोले पनि यो खण्डमा धेरैको ध्यान जाने गरेको छ। तर, सर्वत्र दवावमा पछिल्लो समय राजमार्ग बिस्तारले केही लिएको छ।

पोखरा–मुग्लिन राजमार्ग: बिस्तारको ढिलाइले स्वास्थ्यमा असर पर्न थालेको गुनासो

सडक खण्ड अन्तर्गत विभिन्न ठाउँमा बिस्तारको काम धिमे गतिमा छ। धिमे गतिमा गरिएको कामले आवतजावतमा कठिनाइ त भएको छ नै सर्वसाधारणले राजमार्गको मात्र नभई अरुखाले सास्ती पनि खेप्नुपरेको छ।

पोखरा–मुग्लिन राजमार्गः पूर्वि खण्डमा ३२ र पश्चिम खण्डमा ९ प्रतिशत मात्र काम

राजमार्ग बिस्तार थाल्नुअघि पोखरा–आबुखैरेनी सडक पार गर्न बढीमा ३ घण्टा लाग्नेमा अहिले त्यो समय झन्डै दोब्बर लाग्ने गरेको छ। दुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडेर यो सडक बिस्तार भईरहेको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार सम्झौता भएको दिनदेखि तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्वि खण्ड झन्डै ३२ र पश्चिम खण्डको ९ प्रतिशत मात्र काम सकिएको छ। पूर्वीखण्डका लागि अब आठमहिना र पश्चिम खण्डका लागि एकवर्ष मात्र समय बाँकी छ।

पोखरा–मुग्लिन राजमार्गकाे यात्रा सकसपूर्ण, हवाई यात्रा अनिश्चित

निरन्तरको वर्षाले पोखरा–काठमाडौं हवाइ सेवा यतिबेला अनिश्चित छ। वर्षाले भिजिविलिटी नपुग्दा विगत दुइदिनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने धेरै उडान रद्द समेत भएका छन्। उडान रद्द भएपछि अत्यावश्यक कामले राजधानी जानुपर्ने यात्रु स्थलमार्गबाट गए। तर, पृथ्वी राजमार्ग हुँदै हुने यो बेलाको यात्रा पनि अनिश्चित र सकसपूर्ण छ।

पोखरा–मुग्लिन राजमार्गः दुर्लभ चराको उठिवास

एशियाली विकास बैंकको ऋण सहयोगमा पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन अन्तर्गत पोखरादेखि आँबुखैरेनीसम्म (८२ किलोमिटर) खडक खण्ड चक्ल्याउने काम शुरु भईसकेको छ। त्यसका लागि राजमार्गको सडक खण्डभित्र पर्ने रुखविरुवा हटाई चक्ल्याउन थालिएको छ। अहिले बिस्तारको काम भईरहेको छ। सडक विस्तारको कामले चरा चुरुंगीको बासस्थान भने प्रभावित बनाएको छ।

पोखरा–मुग्लिन राजमार्गः पोखरादेखि विजयपुरसम्मको अतिक्रमण हटाउन थालियो

पृथ्वी राजमार्गको पोखरादेखि विजयपुरसम्मका सडक किनारका अतिक्रमित संरचना भत्काउन थालिएको छ। पोखरा महानगरपालिकाले राजमार्ग अतिक्रमण गरि बनाएका संरचना हटाउन सुरु गरेको हो।

पोखरा–मुग्लिन सडक बिस्तार सुस्त, आइतबार मन्त्री सहितको टिमले स्थलगत अनुगमन गर्ने

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८०किमि) सम्मको सडक अहिले बिस्तार भईरहेको छ। सडक बिस्तार भईरहे पनि कामको गति भने निकै नै सुस्त भएको गुनासो व्याप्त छ। अझ पर्यटन व्यावसायीले त बिस्तारको क्रममा रहेको राजमार्गको यात्रा झन्झटिलो हुँदा पर्यटक आउजाउमै असर परेको गुनासो गरिरहेका छन्। सडक बिस्तारको गति कछुवाशैलीमा भईरहेको व्यावसायीले बताईरहेका छन।

पोखरा–मुग्लिन राजमार्ग बिस्तारः २०२४ अगष्टसम्म सक्नुपर्ने, तर, दुईवर्षमा जम्मा १० प्रतिशत काम

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन खण्डको पोखरादेखि आँबुखैरनीसम्मको सडक अहिले बिस्तार भईरहेको छ। दुुईखण्ड (पूर्विखण्ड आँबुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँढेर यो सडक बिस्तार भईरहेको छ। निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार तीनवर्षभित्र राजमार्ग बिस्तार भईसक्नुपर्ने हुन्छ। सम्झौता अनुसार तीनवर्षमा सकिनुपर्ने भएपनि झन्डै दुइवर्ष पुरा हुनैलाग्दा सडक बिस्तारको काम अनुपातमा १० प्रतिशत मात्र सकिएको छ।

सडक बिस्तारले चराको बासै गुम्यो

पृथ्वी राजमार्ग अन्तरगत पोखरा–मुग्लिन खण्ड विस्तारको काम शुरु भईसकेको छ। राजमार्ग विस्तारकै क्रममा सडक किनारका अग्ला ठूला रुख कटान गरिएको छ। पोखरा–दमौलीसम्मको क्षेत्रको रुख कटान गरिदाँ त्यहाँका रुखमा आश्रित चराचुरुंगी बढी प्रभावित भएका छन्।

पोखरा–मुग्लिन राजमार्ग साना सवारीका लागि खुला

पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड एकतर्फी खुला भएको छ। अहिले चारपांग्रे साना र दुइपांग्रे सवारी मात्र पालैपालो वारपार गराएको प्रहरीले बताएको छ।

पोखरा–मुग्लिन राजमार्गमा धमाधम काम (फोटोफिचर)

पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन (९०किमि) मध्ये पोखरा–आँबुखैरेनी (८२ किलोमिटर) सडक खण्डमा अहिले धमाधम बिस्तार सुरु भएको छ। तनहुँ खण्डमा अहिले तिब्र रुपमा राजमार्ग बिस्तारको काम भईरहेको छ।

पोखरा–मुग्लिनः बैकल्पिक सडकलाई पुरै वेवास्ता

सामान्य अवस्थामा पोखरा–मुग्लिन तीनघण्टामा पार गर्न सकिने भएपनि बिस्तार सुरु भएपछि यो खण्डको यात्रामा ढिलाई हुन थालिसकेको छ। पृथ्वी राजमार्गको दमौली–मुग्लिन खण्डको विकल्पमा सहीद बुद्धसिंह मार्ग छ। तर, यो मार्ग बिस्तार र सुधार्नमा कहिल्यै चाँसो दिइएन। त्यसको परिणाम सडक बिस्तारको क्रममा दमौली–मुग्लिन खण्डमा यात्रा गर्दा यात्रुले झन्झट खेप्नुपर्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्