७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

बन्दुकराज!

मुलुकमा लोकतन्त्र छ। लोकतन्त्रमा सबैले सुरक्षितरूपमा बाँच्ने अधिकार छ। मानव अधिकारको विश्वव्यापी घोषणापत्रले समेत सुरुमै यो अधिकार सुनिश्चित गरेर विश्वभरका मानवको बाँच्न पाउने हकलाई प्राथमिकता दिएको छ।

बालकुमारी गोली काण्ड: ‘अभिभावक बन्नुपर्ने राज्य हत्यारा’

ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवकका आफन्तले शनिबार शव बुझ्न अस्वीकार गरेका छन्। राज्यले हत्या गरेको आरोप लगाउँदै पूर्ण न्याय महसुस नहुँदासम्म शव नउठाउने अडान आफन्तले लिएका हुन्।

परिवारै गुमाएका ६ बालबालिका, कोही नभएपछि वडाध्यक्ष र आफन्तको संरक्षणमा

कार्तिक १७ गते राती जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले ६ जना बालबालिका अभिभावकविहीन भएका छन्।

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका संस्थापक एवं सञ्चालक समितिका अध्यक्ष विष्णुकृष्ण श्रेष्ठको निधन भएको छ। ९४ वर्षको उमेरमा मेडिसिटी अस्तालमा उपचारकै क्रममा श्रेष्ठको निधन भएको हो।

इजरायल द्वन्द्वः अभिभावकलाई सन्तानको सुर्ता

कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय अन्तर्गत कास्कीको पुरुन्चौरस्थित प्राकृतिक श्रोत व्यवस्थापन कलेजमा सुरज भण्डारी अध्ययनरत थिए। एघार महिने अवधिको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तरगत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न भण्डारी जस्ता विद्यार्थी पुगेका थिए। सरकारले यो कार्यक्रम अन्तर्गत अहिले इजरायलमा २ सय ६५ जना नेपाली विद्यार्थी रहेको जानकारी दिईसकेको छ। उनै विद्यार्थी अहिले त्यहाँको द्वन्द्वमा परिरहँदा घरमा रहेका परिवारका सदस्यमा चिन्ता थपिएको छ।

‘जोडी अभिभावकले हुर्काएका सन्तान समृद्ध’

एकल अभिभावकले हुर्काएका भन्दा दुई अभिभावकले हुर्काएका सन्तानले तुलनात्मक रूपमा सुविधाजनक जीवन बाँच्ने गरेको एक अध्ययनले देखाएको छ ।

अभिभावकविहीन बालबालिकाका लागि बालगृह

तमानखोला गाउँपालिकाले बालगृह सञ्चालनमा ल्याएर अभिभावकविहीन बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गरेको छ।

अभिभावकका पीडा सुनाउँछन् विद्यार्थी

म्याग्दी सामुदायिक पुस्तकालयमा आयोजित एक कार्यक्रममा बेनी सामुदायिक माविकी एक विद्यार्थीले आफ्ना अभिभावकले वैदेशिक रोजगारीका क्रममा भोगेको पीडा सुनाइन्।

'हाम्रो मियो ढल्यो, अभिभावक गुमायौं'- एमाले सचेतक बर्तौला

नेम्वाङको निधनबाट एमालेको मियो ढलेको बताउँदै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज हाम्रो मियो ढल्यो । अभिभावक गुमायौं । कहिल्यै बिर्सने छैनौं । आदरणीय नेता सुवास नेम्वाङ ज्यु ।’

निजामती सेवामा सुधारका सवाल

समग्र राज्य सञ्चालन तथा सार्वजनिक प्रशासनको वृत्तले निजामती सेवाबाट कार्यमूलक र नतिजा ल्याउन सक्ने भूमिका देख्न चाहेका हुन्छन्।

बदलियो बदनाम इचोक गाउँको परिचय

सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो। छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरू घरघर पुगेर छोरीचेली फकाईफुल्याई आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे।

अभिभावकको ढाड सेक्ने शिक्षा

सरकारी विद्यालयमा सुधार र निजी विद्यालयमा नियमन गरेर सरकारले शिक्षालाई गुणस्तरीय र विभेदरहित बनाउँदै लैजानुपर्नेमा पछिल्ला दिनमा सरकारी विद्यालय मर्ज हुँदै जाने विडम्बनाले गुणस्तरीय शिक्षाका लागि बालबालिकालाई निजी विद्यालयतर्फ घचेटेको छ।

सामुदायिक विद्यालयमा अब्बल बन्दै ‘रामतुलसी’

हुनेखाने परिवारका अभिभावकले भरसक गाउँका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकालाई पढाउन चाहँदैनन्।

राष्ट्रका अभिभावक रामचन्द्र

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन्।

प्रधानाध्यापकलाई पूर्वविद्यार्थीको एक लाख पुरस्कार

विद्यालयका पूर्व विद्यार्थीको पहलमा मल्कबाङ समाज युकेले आलमलाई एक लाख रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्