२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

किसानलाई बालीनाली जोगाउन हम्मे

किसानको एउटै सपना हुन्छ। बालीनाली सप्रियोस्। त्यहि बालीनालीलाई राम्ररी घर भित्र्याउन पाउँ। जसले वर्षभरी खान र लाउन पुगोस्। तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानको हकमा त्यस विपरित छ।

कोसी टप्पु आरक्षमा फेरि एकजना मारिए

रैथाने जंगली हात्ती कोसी टप्पु वन्यजन्तु आरक्षमा डुलिरहन्छन्। हात्तीले आक्रमण गरेलगत्तै अनमोलसँगै गएका सत्सङ मुखिया र धर्मेन्द्र मुखियाले भने भागेर ज्यान बचाए। हात्तीको आक्रमणबाट मृतक अनमोलको परिवारलाई काजकिरिया खर्चबापत गाउँपालिकाले २५ हजार रुपैयाँ आर्थिक सहयोग दिने बताएको छ।

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको सुनसरी प्रहरी कार्यालयले जनाएको छ।स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए।

हात्तीपाइलेको संक्रमण बढ्यो

हात्तीपाइले रोगसम्बन्धी आम धारणा के छ भने ‘यो रोग गाउँमा हुन्छ, सहरमा हुँदैन’, ‘तराईमा मात्र हुन्छ’। आम बुझाईको सो धारणा विपरीत काठमाडौं उपत्यकामै ठूलो संख्यामा हात्तीपाइले रोगको संक्रमण बढिरहेको पाइएको छ।

सौराहाका हात्तीलाई सबैको माया

हात्तीले सौराहालाई विश्वसामु चिनाएको छ। सौराहाको पर्यापर्यटनमा हात्तीको महत्व धेरै छ। हात्ती चढेर गरिने घुमघाम (हात्ती सफारी) कै लागि हरेक वर्ष स्वदेशी तथा विदेशी पर्यटक अत्यधिक मात्रामा सौराहा आउँछन्।

रूपलाल हात्ती

मलाई घनघोर राष्ट्रिय निकुञ्जमा सबैले माया गरेर रूपु भन्छन्। म अब जवान हुन थालेँ। मैले एक दिन राष्ट्रिय निकुञ्जमा आएका केटाकेटीहरू देखेँ।

मत्ताको घाँटीमा रेडियो कलर, ढोईको खोजी जारी

राष्ट्रिय प्रकृति संरक्षण कोष काठमाडौं, चितवन राष्ट्रिय निकुञ्ज र पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जबाट खटिएको चिकित्सकसहितको हात्ती विशेषज्ञको टोलीले डाट विधिबाट बेहोस बनाएर घाँटीमा रेडियो कलर जडान गरेको हो।

सर्लाहीमा आतंक मच्चाइरहेको भाले हात्तीलाई बेहोस बनाएर रेडियो कलर जडान

सर्लाहीमा दुई सातादेखि आतंक मच्चाइरहेको एक जंगली हात्तीलाई बेहोस बनाएर रेडियो कलर जडान गरिएको छ। जिल्लाको पूर्वी क्षेत्र ईश्वरपुर नगरपालिका–१३ श्रीनगर स्थित लाहुरे टोल नजिक जंगलमा आईतबार बिहान एक भाले हात्तीलाई बेहोस बनाएर घाँटीमा रेडियो कलर झुण्ड्याईएको हो।

हात्तीको आक्रमणबाट एकको मृत्यु

पूर्वी चितवनमा जंगली हात्तीको आक्रमणमा परेर एकजनाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका–७ को बद्रहनी गाउँका ६२ वर्षीय कान्छा दराईलाई हात्तीले आक्रमण गरेको हो ।

गजेन्द्रमोक्ष कहिले बन्ला दुःखमोक्ष ?

गोहीको आक्रमणबाट हात्तीलाई विष्णुले उद्धार गरेको गजेन्द्रमोक्ष धाममा बर्सेनि हजारौं भक्तजन आउँछन्। तर, यसै क्षेत्रका बासिन्दाका लागि भने नारायणी नदी वर्षाैदेखि गोहीजस्तै बनेको छ। विगतको असमान गण्डक सम्झौताका कारण हरेक वर्ष नारायणीको भेलले त्रसित स्थानीय यो दुःखबाट उद्धारको प्रतीक्षामा छन्।

हात्ती आयो, फुस्सा...

अर्थशास्त्री एवं टेक्नोक्रयाट अर्थमन्त्री भएको बेलामा देश तथा त्यसभित्र रहेका विभिन्न समुदायले उनीहरूको समस्या सम्बोधन गर्लान् भन्ने अपेक्षा राख्नु स्वाभाविक हो । डा. युवराज खतिवडाको सन्दर्भमा कुरा गर्दा उनी दलितहरूका समस्याबारे राम्रो जानकार भएको कुरा उनले दलितका संघ÷संस्थाले आयोजना गर्ने कार्यक्रमहरूमा व्यक्त गरेका विचारबाट थाहा हुन्थ्यो । अतः गत साल र यो साल पनि हामी सबैले उनलाई विभिन्न ज्ञापनपत्रमार्फत दलितका समस्या सम्बोधन गर्नेगरी बजेट व्यवस्था होस् भनी अनुरोध गरेका थियौं ।

एकल महिला समूहको छहारी भवन

काठमाडौंको हात्तीगौंडामा एकल महिला समुहको चार तले छहारी भवन निर्माण सम्पन्न भएको छ। २०७२ सालमा सम्झौता भएको सो भवन चार वर्षमा निर्माण सम्पन्न भएको हो। संस्थाको २५ औं रजतजयन्ती तथा भवन उटघाटन कार्यक्रम एकै पटक सम्पन्न गर्ने तयारी भइरहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्