अन्नपूर्ण आधारशिविरमा हेलिकप्टरः उडानमा कडाई गरेपछि बल्ल सूचीकृत प्रक्रियामा
समुन्द्री सतहदेखि ४१३० मिटर उचाइको अन्नपूर्ण आधारशिविर (एबिसी) मा जथाभावि भईरहेको हेलिकप्टर उडानमा कास्कीको अन्नपूर्ण गाउँपालिकाले कडाई गर्न थालेको छ। गाउँपालिकामा सूचीकृत नभएका हेलिकप्टर कम्पनिलाई आधारशिविरमा उडान भर्न नदिनेगरि गाउँपालिकाले कडाई थालेको हो।