२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

मदन भण्डारी स्पोर्ट्सको क्रिकेट एकेडेमी

नवौं स्थापना दिवसको अवसर पारेर मदन भण्डारी स्पोटर्स एकेडेमीले सोमबार काठमाडौं क्रिकेट एकेडेमी सञ्चालनमा ल्याएको छ । बानेश्वरस्थित ओमकारेश्वर चोकमा स्थापना गरिएको एकेडेमीको उद्घाटन पूर्वसभामुख सुवासचन्द नेम्वाङले गरेका थिए ।

पाकिस्तानसँग क्रिकेट खेल्न भारतको यस्तो शर्त

भारतले सीमापार आतंकवाद र गोलाबारी नरोकिएसम्म पाकिस्तानसँग क्रिकेट नखेल्ने घोषणा गरेको छ।

खुकुरी च्यालेन्ज कप क्रिकेट माघमा

खुकुरी च्यालेन्ज कप टि–ट्वन्टी क्रिकेट प्रतियोगिता आगामी माघमा हुने भएको छ।  खुकुरी इएनटीले आयोजना गर्ने उक्त प्रतियोगिता माघ १० देखि फागुन १० गतेसम्म सञ्चालन हुनेछ। बीस क्लबले प्रतिष्पर्धा गर्ने उक्त प्रतियोगिताका खेल मूलपानी क्रिकेट मैदान र कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजकले जनाएको छ।

भारतद्वारा श्रीलंकासँगको टी-२० क्रिकेट प्रतियोगिता कब्जा

भारतले श्रीलंकासँगको टी–२० क्रिकेट प्रतियोगिता जितेको छ । शुक्रवार श्रीलंकामा भएको दोस्रो खेलमा भारत ८८ रनको फराकिलो अन्तरले विजयी भएको हो । भारलले दिएको २ सय ६१ रनको बिशाल लक्ष्य पछ्याएको श्रीलंका १७.२ ओभरमा १ सय ७२ रनमा अलआउट भयो ।

नेपाल ह्विलचेयर क्रिकेट च्यााम्पियन

दिगम चेमजोङ लिम्बुको अविजित ७९ रनप्रेरित नेपालले शनिबार बंगलादेशलाई ५४ रनले हराउँदै प्रथम अन्तर्राष्ट्रिय ह्विलचियर क्रिकेट च्याम्पियनसिपको उपाधि जितेको छ

ह्विलचेयर क्रिकेटमा नेपालको जित

विपिन पौड्यालको चार विकेट तथा दिगम चेमजोङ लिम्बुको अविजित ३५ रनप्रेरित नेपालले बिहीबार प्रथम अन्तर्राष्ट्रिय ह्विलचेयर त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट प्रतियोगितामा बंगलादेशलाई ९ विकेटले पराजित गरेको छ ।

एभरेष्ट प्रिमियम लिग क्रिकेटका लागि टोली छनोट

ललितपुर प्याट्रियट्स टिमले आगामी पुस ३ गतेदेखि काठमाडौँमा हुने एभरेष्ट प्रिमियम लिग क्रिकेट प्रतियोगिताका लागि आफ्नो टोलीको छनोट गरेको छ ।

विश्व क्रिकेट लिगका लागि नेपाली टोलीको घोषणा

विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध दुई खेलका लाागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ ।

आइसिसी वर्ल्ड क्रिकेट लिगका लागि नेपाली खेलाडी छनौट

आइसिसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसीप खेल्न नेपाली टोलीको छनौट गरिएको छ। बुधबार छनौट भएका २० खेलाडीमा राम्रो ब्याटिङ फर्ममा रहेका नेपाल यु-१९ टोलीका अनिलकुमार शाहसमेत परेका छन्।

सफलताको क्रिकेट स्वाद

क्रिकेटमा नेपालको प्रवेश निकै ढिला भएको हो । भारत, पाकिस्तान, अस्ट्रेलिया, बेलायतजस्ता मुलुकको तुलनामा हाम्रा खेलाडीहरूले देखाउँदै आएको दक्षता आफैंमा अनुपम छ । त्यसमा पनि भारतजस्तो क्रिकेटको विश्वमहारथिलाई पराजित गर्न सक्नुलाई कम्तीमान्न सकिन्न । यसले आमनागरिकमा समेत खेलप्रति उत्सुकता जगाएको छ ।

माथिल्लो क्रिकेट मैदान तयार

वर्षअघिदेखि निर्माण सुरु गरिएको माथिल्लो मूलपानी क्रिकेट मैदान खेल्नका लागि तयार भएको छ । विनयराज पाण्डे नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष भएको बेला मूलपानीमा क्रिकेट मैदानको निमार्ण कार्य सुरु गरिएको थियो । तर विविध कारणले मैदानमा निर्माणमा ढिलाइ हुँदै आएको थियो ।

यु–१९ क्रिकेट टोली मलेसियातर्फ

एसिसी यु–१९ युथ एसिया कपका लागि नेपाली युवा टोली मंगलबार राति मलेसिया प्रस्थान गरेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको नेपाली टोलीले मलेसिया जानुअघि बंगलादेशमा तीन अभ्यास खेल खेलेको थियो ।  बंगलादेश भ्रमणमा गएको नेपाली टोली कात्तिक १६ गतेको पहिलो अभ्यास खेलमा ३ विकेटले पराजित भएको थियो भने १८ गतेको दोस्रो खेलमा १ सय २३ रनले हारेको थियो । १९ गतेको अन्तिम अभ्यास खेलमा नेपाल ६ विकेटले विकेटले विजयी भएको थियो।

टि–ट्वान्टी विश्वकप छनोट: नेपाली महिला क्रिकेट खेलाडी छनोट

आइसिसी महिला टि–ट्वेन्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया क्षेत्रको छनोटका लागि १७ सदस्यीय नेपाली महिला क्रिकेट टोलीको घोषणा भएको छ ।

पाकिस्तानमा अन्तर्राष्ट्रिय क्रिकेटको पुनरागमन

आठ वर्षको लामो अन्तरालपछि देशमा अन्तर्राष्ट्रिय क्रिकेट फर्काउँदा पुनरागमनलाई सुखद पार्ने क्रममा पाकिस्तानले आइतबार श्रीलंकामाथि ३६ रनको जित हासिल गर्दै तीन ट्वान्टी–२० खेलको शृंखला ३–० ले ‘क्लिन स्विप’ गरेको छ । सन् २००९ मा श्रीलंकाली क्रिकेट टोली चढेको बसमाथि लाहोरमा भएको आतंककारी हमलापछि अन्तर्राष्ट्रिय क्रिकेटका शीर्ष टोलीले पाकिस्तान भ्रमण गरेका थिएनन् । त्यसैले पाकिस्तानले बडो मुस्किलका साथे श्रीलंकालाई मनाउँदै लाहोर फर्काएको थियो । पाकिस्तानले श्रीलंकाविरुद्धको खेललाई आफ्नो राष्ट्रमा अन्तर्राष्ट्रिय क्रिकेट पुनरागमनको पहिलो कदमको रुपमा लिएको थियो ।

नेत्रहिन क्रिकेटलाई साहसको साथ

नेत्रहिन क्रिकेट संघ (क्याब) ले नेपाली खेलपोशाक उत्पादक कम्पनी साहस स्पोर्टससँग सोमबार तीन वर्षे प्रायोजन सम्झौता गरेको छ। सम्झौतापत्रमा क्याबका अध्यक्ष पवन घिमिरे र साहस स्पोर्टसका प्रवन्ध निर्देशक जनक न्यौपानेले हस्ताक्षर गरे। सम्झौताअनुसार साहस स्पोर्टसले तीन वर्षसम्म नेत्रहिन क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदा अभ्यास तथा खेलका लागि पोशाक उपलब्ध गराउनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्